ट्रेंडिंग:

>> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न
मुख्य खबर

जमिनमा विद्युतीकरण गर्न १६ करोडको डिपिआर

१२ चैत्र २०७९, आईतवार
१२ चैत्र २०७९, आईतवार

नवलपरासी(बुटवल टुडे), चैत – जिल्लाको सुस्ता गाउपालिकाले खेत ÷खेतमा सिचाईका लागि विद्युतिकरण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गराएको छ । सुस्ताका किसानले सहज सुलभ ढंगले सिचाई गर्न सकुन भनि खेतबारीमा कृषि मिटर जडान गरि सिचाई गर्ने उदेश्यले कृषि विद्युतिकरणका लािग सो डिपिआर गराएको हो ।
बलौटे जमिन भएको सुस्ताको अधिकाँश खेती योग्य जग्गामा सिचाई समस्याबारे स्थानिय किसानले माग गर्दै आएका थिए । गाउपालिका भरिका खेती योग्य जग्गा क्षेत्रमा विद्युतीकरण गराई बोरिगँ र विद्युत मिटर जडान गराउन सकुन भनेर सो डिपिआर गराइएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । गाउपालिकाका पाँच वटै वार्डका जग्गामा विद्युत विस्तारका लागि विद्युत पोल,तार र आवश्यक ट्र«ान्सफर्मर जडानका लागि सो डिपिआर गराइएको हो,प्रमुख प्रशासकिय अधिकृत पौडेलले भने,खेतसम्म विद्युत पुर्याउने कार्य गाउपालिकाले आफ्नो लगानीमा नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरेर विस्तार गराई दिन्छ । खेतमा किसानले आफ्नो सिचाई मिटर जडान गराई सिचाई सहज ढंगले गर्न पाउने छन् ।
बटौटे भुमि भएका कारण सिचाई जल अन्य माटो भन्दा बढि आवश्यक पर्छ,उनले थपे,त्यो भएर चाहिएको बेला सिचाई जल किसानले सहज ढंगले पाउन सकुन भनेर यस्तो डिपिआर गराइ काम अगाडी बढाउने योजना रहेको छ । उनका अनुसार ५ वटै वार्डमा विद्युत विस्तारका लागि १६ करोड भन्दा बढि लागत पर्ने डिपिआरले देखाएका छ । यसबारे यस क्षेत्रका प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यलाई पनि सो डिपिआर उपलब्ध गराई प्रदेश सरकार र संघ सरकारबाट आवश्यक बजेटका लागि पहल गर्न भनिएको छ । गाउपालिकाले पनि आफ्नो लागत सहभागिताका लागि आवश्यक बजेट विनियोजन गर्ने उनले सुनाए । अगामी आर्थिक बर्षको बजेट बनाउदा एक देखी डेढ करोड बजेट विनियोजन गर्न सकिन्छ,प्रमुख प्रशासकिय अधिकृत पौडेलले भने,बाकी बजेटका लागि प्रदेश साँसद र संघिय साँसदले अ आफ्नो स्थानबाट विद्युतीकरणका लागि बजेट पारी दिनु पर्यो ।
सुस्ताका किसान तिनै तहका सरकारका जनता हुन,उनले थपे,आवश्यकता पहिचान गर्ने,योजना बनाउन लगाउने कार्य र लागत सहभागिता उपलब्ध गराउने कार्य गाउपालिकाले गरे पछि यहाँका प्रदेश साँसद र संघिय साँसदले पनि अ आफ्नो सरकारबाट बाकी बजेटको ब्यवस्थापन गराउनका लागि स्थानिय नेता,कार्यकर्ता र अगुवा किसानहरु पनि लाग्नु पर्छ । एक बर्षमा पुरै गाउपालिकाको विद्युतीकरण गर्न सम्भव नहोला तर दुई तिन बर्षमा गाउपालिकाका पुरै खेती गर्ने भुमिमा विद्युत आपुर्ति हुने पुर्वाधार पुग्न सक्छ । गाउपालिका भित्र गण्डक सिचाई आयोजनाका पनि नहरहरु छन्,चुरे पहाडबाट बग्ने खोलाबाट सिचाई कुलो पनि केही भागमा सिचाई हुदै आएको छ । तर ति सिचाई जल किसानको नियन्त्रणमा छैन् । गण्डक नहरमा पानी प्रवाह गर्ने जिम्मेवारी भारतिय पक्षको हातमा छ । कुलोमा बाह्ै महिना पानी आउने अवस्था छैन् ।
पम्पिगँसेटले बोरिगँ सिचाई गर्दा डिजल र पेट्र«ोलको मुल्य वृद्धिले किसानको उत्पादन लागत बढने हुदा किसानलाई त्यसबाट लाभ हुन सक्दैन् । सिचाई मिटरमा डेमाण्ड चार्ज नलाग्ने र महशुल पनि थोरै हुने हुदा विद्युत सिचाई सहज हुने उनको भनाई थियो । गाउपालिकाले किसानका उत्पादन भण्डारणका लागि शितभण्डार समेत बनाइ सकेको छ,प्रमुख प्रशासकिय अधिकृत पौडेलले थपे,अब सिचाईको सहज प्रवन्ध मिलाई दिने कार्यमा गाउपालिका जुटेको छ । जैविक मल बनाउनका लागि पनि गाउपालिकाले योजना बनाउदै गरेको कुरा सुनाउदै उनले रासायनिक मल गाउपालिकाले आयात गर्ने अवस्था नभएका कारण रासायनिक मल बेलामै ल्याएर भण्डारण गर्न सक्ने खालको योजना संघ सरकार र वितरण गर्ने सहकारी संघसस्थाहरुले पनि बनाउनु पर्छ ।
त्यसका लागि गाउपालिका सहयोग गर्न तयार रहेको उनले बताए । गाउपालिकाले विगत भन्दा अहिले कृषक मुखी कार्यक्रम बनाउने गरेको स्थानिय केरा उत्पादक किसान संघका अध्यक्ष लख्खु यादवले भने,तर अझै प्रयाप्त मात्रामा किसानमुखी योजना बन्न सकेको अवस्था छैन् । तिनै तहका सरकारले किसानको सुविधासँगै किसानका उत्पादनका बजारी करणमा समेत सहयोग गर्न आवश्यक रहेको उनले औल्याएका थिए । सुस्ता गाउपालिकामा उखु,केरा,बदाम,गहुँ,मसुरो,धान र तरकारी खेती हुदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?