© २०२३
तुलसीपुर बजारलाई पुनः हर्न निषेधीत क्षेत्र घोषणा गरिएको छ । बिगत एक बर्ष अघि तुलसीपुर उप महानगरपालिका ५ ले हर्न निषेधीत क्षेत्र घोषणा गरेको थियो भने अहिले प्रदेश प्रहरी कार्यालय र तुलसीपुर उप महानगरपालिकाले हर्न निषेधीत क्षेत्र घोषणा गरेका हुन् । शनिबार तुलसीपुरमा एक कार्यक्रम गरि तुलसीपुर बजार क्षेत्रलाई हर्न निषेधीत क्षेत्र घोषणा गरिएको हो ।
आईतबार देखि तुलसीपुर बजार पूर्ण रूपमा हर्न निषेधीत हुने छ । आईतवार देखि तुलसीपुर बजारमा पुर्ण रूपमा हर्न बजाउन रोक लगाईएको छ । यदि अटेर गरि हर्न बजाएमा पाँचसय देखि एक हजार पाँच सय सम्म जरिवाना गरिने प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीले बताए । तुलसीपुर बजारको उत्तरमा शिवनगर टोल, दक्षिणमा गुम्राहचोक, पूर्वमा हात्तीखौवा र पश्चिममा दोघरे भित्र हर्न बजाउनेलाई कारबाही गरिने उनले बताए । तुलसीपुर उप महानगरपालीकाको ५ नं वडा कार्यालयले निर्णय गरेर कार्यान्वय गर्न नसकेको नो हर्नलाई कार्यान्वयनमा आउने विश्वास गरीएको छ । तुलसीपुर उप महानगरपालिका वडा नम्वर ५ को वडा कार्यालयले बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरेपनि लामो समयदेखी कार्यान्वयनमा आउन सकेको थिएन । उप महानगरपालीकाले मंसीर २ गते आईतवार देखी १५ गते सम्म विभिन्न स्थानमा चेतनामुलक होर्डिङ बोर्ड राख्ने, सुचना, पम्प्लेट र प्रचार प्रसारको माध्यमबाट सम्वन्धित सवैलाई जानकारी समेत गराएको छ । दुई हप्ता सम्म विभिन्न गतिविधि मार्फत जानकारी गराई सचेत गराउदा समेत अटेरी गरी जथाभावी हर्न बजाउने कुनै पनि सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गर्ने चेतावनी समेत दिईएको छ ।
बजार क्षेत्रलाई हर्न निशेधित क्षेत्र घोषणा गर्न ५ नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका डिएसपि पुष्पराज मल्ल, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विवेक शाह, तुलसीपुर ट्राफिक प्रहरी कार्यालयका प्रमुख चन्द्र केसी, तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष मिनराज वली, राप्ती अन्चल सयुक्त ट्रक व्यवसायी समितिका महासचिव उमेशचन्द्र मजगैयाँ, राप्ती सार्वजनिक यातायात बस व्यवसायी समितिका दिवाकर न्यौपाने लगाएतले सहमती समेत जनाएका छन् । बजारलाई कोलाहल र ध्वनी प्रदुषण मुक्त बनाउने योजनाका साथ २०७४ साउन १ गतेदेखी लागु हुनेगरी पहिलो पटक तुलसीपुर बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरेको भएपनि अहिले सम्म कार्यान्वयनमा आउन सकेको थिएन ।
स्थानीय तहको निर्वाचान लगत्तै जनमुखी कामको प्रभाव जमाउन वडा कार्यालयले गरेको निर्णय कार्यान्वयन नभएपछि स्थानीयहरू समेत रुष्ट भएका थिए । वडा कार्यालयले गरेको निर्णय जनप्रतिनिधि तथा स्थानीय निकायका कर्मचारीहरूले नै कार्यान्वयन नगरेको स्थानीयहरूले बताउदै आएका छन् । व्यापक जनगुनासो तुलसीपुर उप महानगरपालीकाले अहिले नो हर्नलाई कार्यान्वयनमा ल्याउन कडाई गर्न लागेको हो । त्यसो त जिल्ला ट्राफिक प्रहरी कार्यालयले पनि तुलसीपुर बजार क्षेत्रमा प्रेशर हर्न निशेध गरीसकेको छ । तुलसीपुर ट्राफिक प्रहरी कार्यालयका प्रमुख विवेक महराका अनुसार २०७४ साउन १ गतेदेखी तुलसीपुर बजारक्षेत्रमा प्रेशर हर्न बजाउन प्रतिबन्ध लगाएको हो ।