ट्रेंडिंग:

>> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार
फ्रन्टपेज

लुम्बिनीको जनसंख्या असन्तुलित

११ चैत्र २०७९, शनिबार
११ चैत्र २०७९, शनिबार

बुटवल, चैत ।
राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना २०७९ को अन्तिम नतिजा प्रकाशन गरेको छ । नेपालको जनसंख्या २,९१,६४,५७८ रहेको छ, जसमध्ये पुरुषको संख्या १,४२,५३,५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १,४९,११,०२७ (५१.०२ प्रतिशत) छ । लुम्बिनी प्रदेश नेपालमा तेश्रो धेरै जनसंख्या हुने प्रदेश बनेको छ । जनगणना अनुसार लुम्बिनी प्रदेशमा नेपालको १७.५६ प्रतिशत जनसंख्या रहेको छ । प्रदेशको जनसंख्या ५१२२०७८ पुगेको जनगणनाको नतिजाले देखाएको छ । लुम्बिनी प्रदेशमा एक दशकमा ६२२८०६ जनसंख्या थपिएको छ । वि.स. २०६८ मा प्रदेशमा बसोबास गर्ने परिवारसंख्या ८८५५०२ रहेकोमा वि.स. २०७८ मा ११४१९०२ पुगेको छ, जुन नेपालको परिवारसंख्याको १७.१ प्रतिशत हो ।

न्यून लैंगिक अनुपात
प्रदेशमा महिलाको जनसंख्या पुरुषको जनसंख्या भन्दा धेरै भएको छ । यस प्रदेशको जनसंख्याको लैंगिक अनुपात ९२.०१ रहेको छ, जुन नेपालका अन्य प्रदेशको तुलनामा पाचौ स्थान हो । तराईका जिल्लाहरुमा लैंगिक अनुपात राष्ट्रिय औषतकै हाराहारीमै भएपनि पहाडी जिल्लाहरुमा महिलाहरुको अनुपातमा पुरुषको जनसंख्या कम भएको जनगणना नतिजाले देखाएको छ । प्युठान जिल्लाको लैंगिक अनुपात प्रदेशमै सबैभन्दा कम ( ८१) रहेको छ । लैंगिक अनुपात ८५ भन्दा कम हुने जिल्लाहरुमा गुल्मी र अर्घाखाची रहेका छन् भने दांग बाहेक अन्य तराईका जिल्लाहरुको लैंगिक अनुपात ९५ भन्दा माथि रहेको छ । प्रदेशका पहाडी जिल्लाका पालिकाहरुमा अधिकांश पालिकाहरुको लैंगिक अनुपात ८५ भन्दा कम रहेको देखिन्छ । प्रदेशमै सबैभन्दा कम लैंगिक अनुपात हुने पालिकाहरुमा प्युठानको स्वर्गद्वारी नगरपालिका छ, यहाँ प्रति सय महिलामा पुरुषको अनुपार ७३ मात्र रहेको छ । जनगणनाले पहाडी वस्तीहरुमा पुरुषको संख्या निरन्तर घट्दै गएको प्रष्ट देखाएको छ । यसले भविस्यमा पहाडमा आर्थिक सामाजिक समस्या गम्भीर बन्ने प्रस्ट संकेत गरेको छ ।

उच्च प्रवासन
प्रदेशका ४ लाख २० हजार ९०६ परिवारबाट कम्तिमा एकजना विदेश गएका छन् । यहाँका ३६७६७० पुरुष र ५३२३६ महिला बिदेशमा छन् । यो संख्या विदेश गएका नेपालीको जनसंख्याको १९.२१ प्रतिशत हो । विदेशमा कम्तिमा एक सदस्यहरु रहेका परिवार भएका जिल्लाहरु मध्ये रुपन्देही जिल्ला पाचौ स्थानमा रहेको छ ।
जनसंख्या धेरै भएका जिल्लाहरुमा रुपन्देही जिल्ला नेपालमै तेश्रो स्थानमा पुगेको छ । यहाको जनसंख्या ११२१९५७ छ, जुन नेपालको कूल जनसंख्याको ३.८५ प्रतिशत हो । नेपालमै उच्च वार्षिक जनसंख्या वृद्धिदर हुने जिल्लामा रुपन्देही दोश्रो स्थानमा रहेको छ । यहाको वार्षिक जनसंख्या वृद्धिदर २.३३ प्रतिशत रहेको छ ।
लुम्बिनी प्रदेशको ५५.२ प्रतिशत जनसंख्या नगरपालिका र ४८.८ प्रतिशत जनसंख्या गाउपालिकामा रहेको छ । नेपालमै धेरै जनसंख्या गाउपालिकामा बसोबास गर्ने प्रदेशमा लुम्बिनी प्रदेश पहिलो स्थानमा रहेको छ ।

नेपालमै उच्च जनसंख्या वृद्धिदर
पछिल्लो दसकमा नेपालको वार्षिक जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेकोमा लुम्बिनी प्रदेशमा सबैभन्दा बढी १.२४ प्रतिशत रहेको छ । पछिल्लो दशकमा मात्र लुम्बिनी प्रदेशमा ६२२८०६ मानिस थपिएका छन् । जनसंख्या वृद्धिदर उच्च हुने जिल्लाहरु मध्ये रुपन्देही, बाँके , दांग र कपिलवस्तु क्रमश दोश्रो, चौथो, छैटौ र दशौ स्थानमा रहेका छन् । पालिकाहरु मध्ये जनसंख्या वृद्धिदर सबैभन्दा उच्च भएका नेपालका अघिल्ला ३ गाउपालिकाहरुमा रुपन्देहीको कन्चन, दाङ्गको राप्ति र बाँकेको बैजनाथ गाउपालिका रहेका छन् । यी पालिकाहरुको जनसंख्या वृद्धिदर क्रमश २.४१ प्रतिशत, २.३६ प्रतिशत र २.३४ प्रतिशत रहेको छ ।
पहाडमा घट्दो जनसंख्या
विगतमा गुल्मी, पाल्पा र अर्घाखाचीको जनसंख्या वृद्धिदर सुस्त भएपनि अहिले आईपुग्दा जनसंख्या वृद्धिदर ऋणात्मक नै भएको छ । जनसंख्या ऋणात्मक हुने नेपालका ३४ जिल्लाहरुमध्ये गुल्मी सातौ, अर्घाखाची दशौ र पाल्पा अठारौ जिल्ला बनेका छन् । लुम्बिनी प्रदेशका ३० वटा पालिकाहरुको जनसंख्या अघिल्लो जनगणनामा भन्दा घटेको छ । जनसंख्या ऋणात्मक हुने पालिकाहरु रोल्पाको एक, प्युठानका ३, अघाखाँचिका ५ , पाल्पाका ९ र गुल्मीका १२ वटा पालिकाहरु रहेका छन् । पछिल्लो दशकमा सबैभन्दा धेरै जनसंख्या गुल्मीको कालिगण्डकी गाउपालिका र पाल्पाको निस्दी गाउपालिकाले गुमाएका छन् । पहाडी क्षेत्रबाट निरन्तर तराईतर्फ भैरहेको बसाईसराईले गर्दा पहाडी क्षेत्रको जनसंख्या निरन्तर ओरालो लागिरहेको छ । सडक, विद्युत र बजार सुविधा भएका र विगतमा घना वस्ती भएका पालिकाहरुमा नै जनसंख्या घट्नु पहाडी जिल्लाकोलागि मात्र नभएर प्रदेशकै लागि अनिष्टकारी संकेत हो ।

उच्च जनघनत्व
नेपालको कूल जनघनत्व प्रति वर्ग किमी १९८ जना रहेकोमा लुम्बिनी प्रदेशको जनघनत्व २३० जना रहेको छ र यो प्रदेश उच्च जनघनत्व भएका प्रदेशहरु मध्ये तेश्रो स्थानमा रहेको छ । उच्च जनघनत्व भएका जिल्लाहरुमा रुपन्देही ( ८२५ जना) तेश्रो स्थानमा रहेको छ । लुम्बिनीका जिल्लाहरुमध्ये रुकुम पूर्वको जनघनत्व ३४ जना मात्र रहेको छ ।

तथ्यांकमा लुम्बिनी प्रदेश
परिवारसंख्याः ११४१९०२
जनसंख्याः ५१२२०७८
जनसंख्या वृद्धीदर १.२४%
लैंगिक अनुपातः ९२.०१
जनघनत्वः २३० जना
सबैभन्दा धेरै जनसंख्या भएको जिल्लाः रुपन्देही (११२१९५७)
सबैभन्दा कम जनसंख्या भएको जिल्लाः रुकुमपुर्व ( ५६७८६)
साक्षरताः ७८.१ प्रतिशत
आफ्नै घर भएका परिवार संख्याः ९०.८ प्रतिशत
खरको छानो भएका परिवार संख्याः ४.३ प्रतिशत
धाराको खानेपानी प्रयोग गर्ने परिवार ५७.४ प्रतिशत
खाना पकाउन दाउराको प्रयोग गर्ने परिवारः ५३.७ प्रतिशत
विजुलीको पहुँच पुगेको परिवार ः९३.७ प्रतिशत
चर्पी नभएका परिवारः ५.६ प्रतिशत
रेडियो सुविधा भएका परिवारः ३३.८ प्रतिशत
स्मार्ट फोन भएका परिवार ः७५.५ प्रतिशत

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?