© २०२३
बुटवल ।
सहकारी संस्थासँग नजोडिएका पछिल्लो केही समय यता कोही पनि भेट्न सकिदैन । कुनै न कुनै सहकारीमा महिला पुरुष दुवैको बाक्लो उपस्थिति रहेको छ । आर्थिक काम गर्न सहज त्यसका साथै धेरै थौरै बचत गर्न सकिने सजिलो माध्यम बनेको छ सहकारी संस्था । गाउँगाउँमा खोलेका सहकारीले धेरैको जीवनस्तरलाई परिवर्तन समेत गरेका छन् । हाम्रो समाजमा सहकारीबाट श्रृण लिएर जीवन परिर्वतन गर्नेको संख्या नगण्य छ ।
आजभोली सहकारी संस्थाले बचत श्रृणको कारोवारसँगै आफ्ना सदस्यहरुको चौतर्फी विकास गर्ने योजनाहरु पनि ल्याईरहेका छन् । सदस्यहरु सचेत भए मात्र सहकारी संस्थाले फड्को मार्न सक्ने सहकारी अभियान्ताहरुको बुझाई छ । हाम्रो समाजमा पनि हामीले सहकारीबाट आर्थिक र सामाजिक रुपमा परिर्वतन भएका थुप्रै उदाहरणहरु देखेका छौ । त्यस्ता मानिस जसले सहकारीलाई टेकेर आफनो जीवनलाई सार्थक बनाएका छन् ।
सहकारीमा पुरुषसँगै महिलाहरुको पनि बाक्लो सहभागिता रहेको छ । सहकारीमा बचत गर्नेको संख्यादेखि क्रृण लिएर अनुशासित बन्ने सँगै केही वर्ष यता महिलाहरु आफै मिलेर सहकारी संस्था समेत सञ्चालन गरेका छन् । जुन सहकारीहरु अरु भन्दा अब्बल सहकारीका रुप अगाडि बढेको हामीले देखेका छौ । सहकारी मार्फत जीवनलाई उज्याला भरेका महिलाहरुको कथाले पनि सहकारी र महिला परिपुरक हुन भन्दा फरक पर्दैन जस्तो लाग्छ ।
हिजोका दिनमा अरुकोमा मेलापात गरेर जीवन निर्वाह गर्ने गरेका दिदी बहिनीहरु आजभोली आफैले आम्दानी गर्ने र आर्थिक र सामाजिक रुपमा पहिचान कायम गर्ने अवस्था सृजना गर्ने गरेको सहकारी अभियान्ता माधव पाठकको भनाई छ । त्यसमाथि महिला आफैले सञ्चालन गरेका सहकारीहरुमा त धेरैको सहभागिता मात्रै नभएर काम गर्ने तरिका पनि दरिलो भएको उनको बझाई छ ।
सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई कसरी सफल बनाउन सकिन्छ भन्ने मुख्य लक्ष्य लिन सके मात्र सहकारी सदस्यको अवस्था फेरिन सक्छ । होईन भने च्याउ जस्तै जताततै सञ्चालनमा आएका सहकारीहरुले बचत गर्ने र क्रृण लगानी गर्ने काम मात्र हुने कालिका कृषि सहकारी संस्थाका अध्यक्ष प्रकाश गौतमको भनाई छ । गौतमका अनुसार यस क्षेत्रमा रहेका धेरै सहकारीहरुले आफनो लक्ष्य एकातिर, काम उही, बचत र क्रृणको मात्र कारोबार गरेको बताए । आफुहरुले सदस्यको पैसा बचत गर्ने क्रृण लगानी गर्ने मात्र नभएर कसरी उनीहरुलाई आत्मनिर्भर बनाउन सकिन्छ भन्ने तर्फ लागेको बताउँछन् । त्यसका लागि सहकारी संस्थाले समूह बनाएर तरकारी खेती गर्ने गरेको उनले बताए । त्यसबाट धेरै सदस्यको जीवन स्तरमा परिवर्तन आएको उनको ठम्याई रहेको छ । लुम्बिनी प्रदेश अन्तर्गत अहिले सबै प्रकृतिका सहकारी संस्थाहरुको संख्या ३७ सय ५५ वटा रहेका छन् । छरिएर रहेको पँुजीलाई एकीकृत गरी बचत र क्रृणको कारोबार गरिरहेका सहकारी संस्थाहरु प्छिल्लो समयमा बलियो बन्दै गएका छन् त्यसका साथै सदस्यहरुलाई पनि आर्थिक रुपमा सबल बनाएका उदाहरण देख्न पाइएको छ ।
बैकहरुको पहुँच राम्रो नभएको ठाउँमा बिशोष गरी सहकारी संस्थाहरुले सदस्य संख्या बिस्तार गर्नु र उनीहरुलाई खर्च कटाएर थोरै भए पनि बचत गर्ने बानीको विकास गर्नुले पनि सहकारी प्रतिको झुकाव धेरै बढेको छ । बचतका साथै आवश्यक परेको बेलामा क्रृण निकालेर आफ्ना समस्या समाधान गर्न सहज हुनुले पनि सहकारी प्रतिको मोह दिनानु दिन बढेको सहकारी अभियान्ताहरुको भनाई छ ।
आफुले बचत गरेको पैसा सुरक्षित हुनुका साथै समस्याको गाँठो फुकाउन सहज हुने भएकाले पनि चोक चोकमा खुलेका सहकारीमा मानिसको कमी छैन । जति धेरै सहकारी भए पनि पैसा जम्मा गर्नेको कमी देखिदैन । त्यहाँ जम्मा गरेरको पैसा सुरक्षित हुन्छ भन्ने विश्वास छ । त्यसैले पनि सहकारी प्रतिको लगाव बढेको छ । बचत मात्र नभएर अरु प्रकृतिका सहकारीले महिला, किसानका समस्याहरुलाई पनि पहिचान गरेर समस्या समाधानमा भूमिका खेल्ने गरेका कारण पनि सहकारीप्रति मानिसको आकर्षण दिनदिनै बढेको छ । सदस्यहरुलाई चाहिएको समयमा क्रृण दिने, किस्तामा तिर्न पाईने जस्ता सहजताका साथै विभिन्न समयमा सदस्यहरुलाई उर्जा मिल्ने खालका कार्यक्रमहरुको आयोजना गर्न, सदस्यहरुका समस्या पहिचान गरेर उनीहरुलाई समस्या समाधानका लागि सहयोगीको भूमिका खेलेका कारण पनि सहकारी पछिल्ला दिनहरुमा लोकप्रिय बन्दै गएका छन् ।
सहकारीले बचत र क्रृण मात्र होईन यसले सदस्यका हरेक क्षेत्रलाई पछिल्लो समय समेट्ने प्रयासहरु गरेका छन् । सहकारीहरुको अगुवाईमा सामाजिक कामहरु जस्तै गाउँटोल सरसफाई, रक्तदान, सामूहिक खेती प्रयास जस्ता सामाजिक काम पनि भएका छन् । यसले पनि समाजमा सकारात्मक सन्देशहरु दिईरहेका छन् । यस्तै कामहरुले गर्दा पनि सहकारीप्रति सबैको रुची बढेको छ भन्दा फरक नपर्ला । सहकारी संस्थाको यति धेरै राम्रा पक्ष हुँदा पनि विभिन्न स्थानमा केही सहकारी संस्थाका सञ्चालकहरुले गरेको आर्थिक हिनामिनाका कारणले सहकारी प्रतिको विश्वास घट्न थालेको देखिएको छ । सहकारीमा गरेको बचतलाई निकाल्न खोज्नेहरुको संख्या पनि बढ्न थालेको छ । यसतर्फ सहकारी विज्ञहरुले बेलैमा सोचेर समस्या समाधान तर्फ लाग्न जरुरी छ ।