© २०२३
अर्घाखाँची – अर्घाखाँचीका अधिकांश टोलसम्म सडक सञ्जाल पुगेको कच्ची सडकमा २०७० सालदेखि नै गाउ“–गाउ“मा ट्याक्सी सुविधा छ । २०७४ बैशाखमा अर्घाका कमल भुसाल दुबईबाट चार महिने छुट्टीमा स्वदेश आए ।
अर्घाखा“चीमा टोलैपिच्छे निर्माण भएका कच्ची सडकमा छिटफुट ट्याक्सी गुडेको देखे । त्यसपछि उनको मन बदलियो । केही दिनमै एउटा टयाक्सी किनिहाले । भरिभराउ यात्रु पाएपछि दुबइमा १३ वर्षदेखि रोजगारी गर्दै आएको आफ्नो कम्पनी म्यानेजरलाई आफु नफर्कने जानकारी गराई भिसा च्यातिदिए ।
अहिले उनलाई पहाडका अग्ला गाउ“का बस्ती देखि काठमाडौ, बुटवल, पोखरा, दाङ लगायत ठुला शहर र छिमेकी जिल्लामा सरर ट्याक्सी दौडाउन भ्याइनभ्याई छ । ‘१३ वर्ष म दुबइमा रोजगारी गरें, त्यहा“ भन्दा बेग्लै आनन्द र रमाइलो यहीँ नै लाग्यो,’ उनले भने, ‘सरर डा“डाका“डा, ठुला शहरमा यात्रु बोकेर घुम्न पाइएको छ । म हा“सेरै मिठो बोलिदिन्छु, एकपटक बोकेका यात्रुले फेरी सम्पर्क गर्छन्, सबैले कमल भाई÷दाई भनेर माया गर्छन् ।’ उनले सन्धिखर्क अस्पताल नजिकै घर बनाए । खाली समय घरमै बसेर श्रीमतीले शुरु गरेको बच्चाबच्चीको कपडा बिक्रीमा सघाउ“छन् । मोवाइलमा फोन गरेर यात्रुले बोलाएपछि हिडिहाल्छन् ।
‘जिल्ला भित्र र बाहिर कतिबेला कहा“ यात्रु बोकेर दौडिनुपर्छ, टुंगो हु“दैन,’ भुसालले भने, ‘रातदिन यात्रु बोक्छु । गाडीको किस्ता, तेल, मर्मत खर्च सबै कटाएर महिनाको १ लाख रुपैया“ बचत गरेको छु ।’ दुबइको कमाएको पैसाले गाडी किनेको उनले बताए । ‘अब विदेश जाने सोच नै छैन,’ उनले भने, ‘यही व्यवसायबाट जीविका धानेर पैसा बचत भएको छ । अर्घाखाँचीका प्रायः सबै कच्ची सडकमा ट्याक्सी जान्छन् । ‘बर्खामा बाढीले सामान्य खाल्डाखुल्डी परेका ठाउ“मा आफै बनाएर जान्छौं,’ उनले भने, ‘कोदालो गाडीमै हुन्छ । यात्रु र स्थानीयले बाटो बनाउन सहयोग गर्छन् ।’
नुवाकोट च्युरामाटीका राम गैरेले दुबई र मलेसिया गरी ६ वर्ष वैदेशिक रोजगारीमा बिताए । त्यहा“ सोचे जस्तो भएन । स्वदेश फर्किएर सात वर्षअघि एउटा ट्यँक्सी किने । शुरुकै महिनामा डेढ लाख रुपैया“ कमाई भएपछि उनी हैसिए । सदरमुकामस्थित चुत्रावेशीमा उनका वावुले घडेरी किनिदिएका थिए । ट्याक्सीकै कमाइले एकतले घर ठड्याए । बैंकबाट लोनमा गाडी किनेको गाडी ५ वर्षमा पुरै किस्ता चुक्ता गरे ।
‘म सामान्य लेखपढ हुँ, मलेसिया र दुबईमा छ वर्ष बस्दा दुःख पाए’,’ उनले भने, ‘०७१ मा गाडी किनेर चलाउ“दा शुरुकै महिनाबाट डेढ लाख रुपैया“ बचत हुन लाग्यो ।’ उनले गाउ“ देखि ठुला शहरसम्म यात्रु बोक्छन् । ‘बोक्ने जति अधिकांश यात्रु मेरा घनिष्ट हुन पुग्छन्,’ उनले भने, ‘गाउ“मा सामान्य किसान देखी नेता, कर्मचारी, ठुला व्यापारी, जनप्रतिनिधिसम्म मेरो चिनजान र सम्बन्ध छ । यो व्यवसायले म उत्साहित छु ।’ गाउ“बाट अस्पताल विरामी बोक्ने र निको भएपछि घरमै पु¥याएर सेवा गरेको उनले बताए ।
कच्चीबाटो गाउ“का डा“डाका“डामा यात्रु बोकेर पुग्दा रमाइलो लाग्ने उनले बताए । ‘यात्रु बोक्न दिन खाली हु“दैन,’ उनले भने, ‘वास्तवमै टयाक्सीले मेरो जीवन नै परिवर्तन गरिदियो । धेरै तहमा मान्छेस“ग चिना परिचय बनाइदियो ।’ उनीजस्तै धेरै युवा यो पेशाबाट खुसी छन् ।
गाउ“ छिमेकीसित दैनिक भेटघाट, परिवारस“गै बसेर व्यवसाय गर्न पाइएको छ,’ उनले भने, ‘विदेशमा अरुको अन्डरमा काम गर्नुपथ्र्याे । यहा“ स्वतन्त्र रुपमा व्यवसाय गर्न पाएको छु ।’ ट्याक्सीको कमाइले घरखर्च, छोराछोरीको पढाई खर्च राम्रोस“ग पुगेको छ ।
‘ट्याक्सी एकातिर व्यवसाय र अर्काेतिर धेरै मान्छेसित परिचय हुने माध्यम बन्यो,’ मलेसियाबाट फर्केर छ वर्षदेखि ट्याक्सी चलाएका सन्धिखर्कका चन्द्र थापाले भने, ‘धेरैले फोन गरेर बोलाएपछि जान्छु । खाली बस्नु पर्दैन ।’ बाल्यकालमा घण्टौं पैदल हि“डेर बस्दै थाकाई मार्दै फेरी उठेर हि“ड्दै गरेर गाउ“ डुलेका बाटोमा अहिले ट्याक्सी लिएर छिनभरमै आउजाउ गर्दा विकासमा आमूल परिवर्तन भएको महसुस उनले गरे । गाउ“को मुख्य वडा स्तरीय सडक सरकारको बजेटले निर्माण भएका छन् । टोलबस्ती र घर आगनमा धेरै सडक व्यक्तिगत लगानी, रेमिट्यान्स, चन्दा संकलन र सामुदायिक वनको आम्दानीले निर्माण भएका छन् । मुख्य सडकबाट टोल वस्ती र घरआगनको सडकलाई स्थानीयले नै रेखदेख र मर्मत गरैर ट्याक्सी चल्न सक्ने बनाएको उनले बताए ।
‘छिटो र सहज यात्रा भनेर ट्याक्सी खोज्ने यात्रु छन्,’ थापाले भने, ‘पहिला थोरै गाडी हु“दा दौडधुप धेरै हुन्थ्यो, अहिले धेरै छन् । प्रतिष्प्रर्धा छ ।’ विकासले गाउ“ परिवर्तन भएको छ । ‘सडक भएकै कारण हामीले ट्याक्सी गुडाएर जीविको धान्ने माध्यम बन्यो,’ उनले भने, ‘सडकले विदेश जाने मेरो सोचलाई बदलिदियो । यही पेशाले घरखर्च, छोराछोरी पढाई पुगेको छ, आनन्द छ ।’
अर्घाखा“ची ट्याक्सी व्यवसायी समितिका अध्यक्ष महेन्द्र कु“वरले एक सय १० वटा कालो प्लेट, डेढ सय रातो प्लेटका ट्याक्सी चलिरहेको बताए । ‘२०७० मा मैले ट्याक्सी लिएर संस्था दर्ता गरें, ०७४ बाट व्यवसायीक रुप लियो,’ उनले भने, ‘जिल्लामा भएका ट्याक्सी मध्ये ७५ प्रतिशत वैदेशिक रोजगारबाट फर्किएर गाडी किनेका युवा छन् । उनीहरुले ५÷६ लाख रुपैया“ लगानी गरेर विदेश जान्थे, त्यहा“ महिनामा २० देखि ५० हजार रुपैया“ कमाई गर्थे तर, यहा“ गाडीबाट महिनामा एक लाख रुपैया“ प्रायः सबैले कमाई गछन् ।’ त्यसमध्ये १० प्रतिशतले मात्रै टयाक्सीमा चालक राखेका छन् ।
गाउ“बाट विरामी अस्पताल पु¥याउने, विवाह, पुजापाठ, मृत्यु भएका घरमा आउजाउ, अफिसियल काम, इमरजेन्सी काम, डा“डाका“डा, मठमन्दिर घुम्ने पर्यटक, गाउ“बाट शहर सामान किन्न आउजाउ गर्ने यात्रु, गाउ“बाट बजारमा तरकारी, दूध बोक्ने गरेको उनले बताए । सहज, भरपर्दाे र छिटोछरितो भन्दै ट्याक्सी रिर्जब गर्ने लहर नै चलेको छ । काठमाडौं, बुटल लगायत ठुला शहरमा व्यक्तिगत काम, व्यवसाय, नातेदार कहा“ भेटघाटमा आउजाउ गर्नेले ट्याक्सी चढ्छन् ।