© २०२३
बुटवल,६ चैत । राष्ट्रिय टिमका खेलाडी कुशल मल्ललाई बुटवल उपमहानगरपालिकाले नगदसहित सम्मान गरेको छ। सोमबार एक समारोहका बिच खेलमार्फत बुटवलको पहिचान गराउन सफल भएका खेलाडी मल्ललाई नगद ५० हजार रुपैया, प्रमाणपत्रबाट सम्मान गरिएको हो। सोमबार एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवि अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, शिक्षा तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणी खनालले दोसल्ला ओढाएर सम्मानपत्रबाट सम्मान गरेका हुन। नगरप्रमुख खेलराज पाण्डयले नगरमा खेलकुद क्षेत्रको विकासको लागि ३ करोड भन्दा बढि बजेट बिनियोजन गरिएको भन्दै पुर्वधार विकासमा विशेष प्राथमिकता दिएको बताए। देशको लागि खेल्ने खेलाडीहरुलाई प्रोत्साहन हुने सम्मानसहितका विविध कार्यक्रम कार्ययोजनामा राखिएको उनले बताए। यसैगरि कार्यक्रममा पुर्व क्रिकेट खेलाडी शक्ति गौचन र मल्लको माता शर्मिला मल्ललाई समेत सम्मान गरिएको थियो।