ट्रेंडिंग:

>> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा
सुनवल सरकारको न्यायः

मेलमिलाप र कार्यसम्पादन सँगसँगै

न्यायिक समितिमा विवाद मिलाउदा एक तहको कागजी आधार पनि न्यायिक समितिले बनाई दिने गरेको छ । छिटो भन्दा छिटो विवादको निरुपण हुने गरेको हुदा न्यायिक समिति प्रति पिडितको आकर्षण बढेको दाबी उपप्रमुख दुबेको छ ।
६ चैत्र २०७९, सोमबार
६ चैत्र २०७९, सोमबार

नवलपरासी, चैत – जिल्लाको सुनवल नगरपालिकाको न्यायिक समितिले न्याय सम्पादन कार्य छिटो छरितो बनाएको छ । न्यायिक समितिमा आउने विभिन्न विवादहरुलाई जति सक्दो छिटो टुगँयाउने गरी काम गर्न थालिएको न्यामिक समितिको भनाइ छ । उजुरी दर्ता गरेको धेरै समय नलगाई विवाद समाधन छिटो भन्दा छिटो गर्नका लागि न्यायिक समिति न्यायिक समितिले काम गर्दै आएको छ । न्यायिक समितिसँगकाम गर्ने सुचिकृत मेलमिलापकर्ताहरुले सक्रियता बढाएको न्यायिक समितिका संयोजक समेत रहेका नगरपालिकामा नगर उपप्रमुख सुर्य दुबेले जानकारी दिए । न्यायका लागि आएका पिडितहरुलाई छिटो भन्दा छिटो न्यायको अनुभुति गराउने कार्य गर्दै आएका छौ,उनले भने,त्यसका लागि न्यायिक समिति मात्रै नभई न्यायिक समितिसँग मिलेर मेलमिलापका कार्य गर्दै आएका मेलमिलापकर्ताहरुलाई पनि सक्रिय बनाइएको छ ।

ढिलो न्याय सम्पदान गर्नु पनि एक प्रकारको अन्याय हो,भन्ने मान्यतालाई अगिँकार गर्दै न्यायिक समितिले जति सक्दो छिटो निर्यण दिइने कार्य गर्दै आएको छ । यसले गर्दा न्यायिक समितिमा भिडभाड पनि हुने गरेको छैन्,उनले थपे,सकेसम्म मध्यस्तकर्ताहरुबाट विवाद मिलाउने कार्य हुदै आएको छ । मध्यस्तकर्ता मार्फत विवाद मिलाउदा दिगो समस्या समाधान हुने,दुई पक्ष बिच इगो नहुने अवस्था बन्दै गएको छ । नगरपालिकाका सबै वार्डमा मध्यस्तकर्ताहरुको सुचि रहेको छ । मध्यस्कर्ताहरुले पहिला उजुरी न्यायिक समितिमा दिने गर्छन् ततपश्चात आफैले मध्यस्कर्ताहरुको छनौट गर्ने गरेका छन् । ति मध्यस्कर्ताहरुले दुबै पक्षसँग विवादको जरासम्म पुग्ने गरेका छन् ।

विवादको कारण पहिल्याउदै दुबै पक्षलाई विवादबारे कुरा बुझाउने र महशुस गराउने कार्य गर्छन् । दुबै पक्षले अ आफु्बाट भएका गल्ति कमजोरी स्वीकार गर्दै महशुस गर्ने हुदा विवाद मिलाउन पनि सजिलो हुने गरेको छ । न्यायिक समितिमा विवाद मिलाउदा एक तहको कागजी आधार पनि न्यायिक समितिले बनाई दिने गरेको छ । छिटो भन्दा छिटो विवादको निरुपण हुने गरेको हुदा न्यायिक समिति प्रति पिडितको आकर्षण बढेको दाबी उपप्रमुख दुबेको थियो ।
न्यायिक समितिले बेला बेलामा फैसला समेत सुनाउने गरेको उनको भनाई थियो । तर अहिलेसम्म फैसला सुनाउनु पर्ने अवस्था भन्ने नआएको न्यायिक समितिका उजुरी प्रशासक बन्धुराज पौडेलले जानकारी गराएका थिए । उनका अनुसार चालु आर्थिक बर्ष २०७९÷०८० को साउन महिना देखी फागुन ११ गतेसम्म कुल ३३ वटा उजुरी दर्ता भएको तथ्याँक छ । जस्मा १९ वटा मु्द्दा मेलमिलापबाट न्याय निरुपण गरिएको छ । ४ वटा मुद्दा डिसमिस गरिएको छ । ७ वटा मुद्दा प्रकृयामा रहेको छ । २ वटा मुद्दा अदालत पठाइएको छ र १ वटा मुद्दाको निवेदन फिर्ता गरिएको छ ।

परेका उजुरी मध्ये ७ वटा लेनदेन सम्बन्धि मुद्दा रहेको छ । त्यसमा ४ वटा मुद्दाको मेलमिलापद्धारा नै किनारा लगाइएको छ । दुई वटा प्रकृयामा रहेका छन भने एउटा डिसमिस गरिएको छ । ३ वटा मुद्दा बाटो निकास सम्बन्धि रहेकोमा १ मेलमिलापद्धारा किनारा लगाइएको,१ प्रकृयामा रहेको र १ निवेदन फिर्ता गरिएको छ । ५ वटा मुद्दा पतिपत्नि विच विवादको रहेकोमा ३ वटा मेलमिलापकर्ताले विवाद मिलापत्र गराएको र १ जिल्ला अदालत पठाइएको छ । ६ वटा मुद्दा जग्गा विवाद सम्बन्धि भएकोमा ३ वटा प्रकृयामा रहेको २ वटा मेलमिलापबाट टुुगोँ लगाइएको र १ डिसमिस गरिएको छ । त्यसै गरि मेलमिलापबाटै जेष्ठनागरिकको पालन पोषण तथा हेरचाह नगरेको विवाद मिलाइएको थियो । गैरकानुनीस् तवरबाट माटो उत्खनन गरिएको १,२ जटा घरनिर्माणमा असर गरेको विवाद प्रकृयामा रहेको छ ।
त्यसै गरि ज्यालामजुरी नदिएको भनि परेको ३ उजुरी मध्ये १ मेलमिलापकर्ता मार्फत टुगिँएको।१ डिसमिस भएको र १ प्रकृयामा रहेको छ । खान लाउन नदिएको १ मेलमिलापकर्ताबाट टुगँएको र अंशबण्डा १ विवाद डिसमिस भएको उजुरी प्रशासक पौडेलले जानकारी गराएका थिए । उजुरी पर्नेमा वार्ड नं.१ बाट ५,वार्ड नं.२बाट ४,वार्ड नं.३ बाट ३,वार्ड नं.४ बाट १,वार्ड नं.७ बाट ३,वार्ड नं.८ बाट १,वार्ड नं.९ बाट २,वार्ड नं.१० बाट ४,वार्ड नं.१२ बाट १ र वार्ड नं.१३ बाट ३ वटा उजुरी परेको थियो । त्यसमा १ वटा निवेदन ओमसतिया गाउपालिकाको परेको समितिले जनाएको थियो ।

न्याय सम्पादन कार्य छिटो छरितो भएको तर कार्यान्वन पक्ष चुनौती पुर्ण रहेको उजुरी प्रशासक पौडेलले बताए । अहिले जिल्ला अदालतले फैसला गरेको मुद्दाको पनि चलन चलाउन भनि नगरपालिको न्यायिक समितिमा आएको छ,उनले भने, तर चलन चलाउन नगरपालिकाको सामथ्र्य र साधन स्रोतले काम गर्न समस्या र चुनौती पुर्ण रहेको छ । मेलमिलापले मिलाइएको विवादको चलन चलाउन केही सहज भए पनि फैसला कार्यान्वयन चुनौती पुर्ण छ । त्यसका लागि न्यायिक समितिसँग अदालती प्रकृया जस्तै निवेदन र मुद्दा दर्ता गर्ने रजिष्टार र चलन चलाउने तहसिलदार शाखा,कर्मचारी,बजेट र शुरक्षा सामथ्र्य पनि हुन आवश्यक पर्छ । जुन अहिले न्यायिक समितिसँग छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?