ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
मुख्य खबर

इट्टा उद्योगीको गुुनासोः ‘उत्पादन लागत बढ्दा घाटा व्यापार’

१ चैत्र २०७९, बुधबार
१ चैत्र २०७९, बुधबार

चन्द्रौटा(कपिलवस्तु), फागुन – उत्पादन लागत बढ्दा कपिलवस्तुका इट्टा उद्योगी चिन्तित बनेका छन् । दुई वर्ष अगाडि कपिलवस्तुको इट्टा उद्योगमा हुने कारोबार आधाभन्दा धेरै घटेको छ ।
व्यापार घट्दा बैङ्कलाई तिर्नुपर्ने व्याज र कच्चा पदार्थको मूल्य दुई गुना बढेको छ । “सिजन सुरु भएसँगै सयौं बढी कामदार उद्योगमा देखिन्थे । एकातिर कामदार इट्टा बनाउन व्यस्त हुँदैगर्दा अर्कोतर्फ बिक्री भएका इट्टा ट्रकमा लोड गर्न भ्याइनभ्याई हुने थियो“ ः सन्दिप मौर्याले भने ।
जिल्लाको विजयनगर गाउँपालिका–६ खडैचामा रहेको शिव इट्टा उद्योगका सञ्चालक रहेका मौर्याले दशैं र तिहार मनाएर सकेपछि इट्टा उत्पादनको सिजन सुरु हुने गरेको बताए । उनले भने ः “वर्षायाम सुरुवात हुनु अघि करिब ६ महिना सम्म इट्टा उत्पादन हुनेगर्छ । यस वर्ष फागुन सकिँदा सम्म इट्टा उद्योगमा कामदारको चहल पहल न्यून रहेको छ ।“
अधिकांश उद्योगले उत्पादन आधा भन्दा धेरै घटाएको बताउँदै जस कारण उद्योगमा काम गर्ने मजदुरलाई समेत समस्या भएको सञ्चालक मौर्याले जनाए । इट्टा पकाउन प्रयोग हुने कोइलाको मूल्य दोब्बर हुँदा उद्योगी धराशायी हुन लागेको उनले बताए । डेढ वर्ष अगाडि प्रति केजी २४ रुपैया कोइला खरिद हुने गरेको थियो । त्यसको मूल्य बढेर अहिले ४८ रुपैया सम्म पुगेको छ ।नेपालमा आउने कोइलाको गुणस्तर समेत कम भएको उद्योगी बताउँछन् । हाल उत्पादन भएका इट्टा बिक्री हुन छाडे पछि कपिलवस्तुका अधिकांश इट्टा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । जिल्लामा १ सय ५ इट्टा उद्योग दर्तामा रहेका छन् । तीमध्ये कोभिड महामारीपछि ५० को हाराहारीमा उद्योग मात्र सञ्चालनमा रहेका थिए । उत्पादन लागत बढ्दा माग न्यून हुँदै गएपछि पछिल्लो १ वर्षमा १५ उद्योग बन्द भएको कपिलवस्तु इट्टा उद्योग व्यवसायी संघका महासचिव नेत्र पाण्डेले बताए ।
कच्चा पदार्थको मूल्य निरन्तर बढ्दैजाँदा इट्टाको मूल्य स्थिर रहेको छ । २ वर्षदेखि इट्टाको मूल्य प्रतिगोटा १२ देखि १३ रुपिया पर्ने गरेको छ । जिल्लामा हरेक वर्ष २५ करोड थान इट्टा उत्पादन हुने गर्छ । दैनिक औसत ५ ट्रक इट्टा बिक्री हुने उद्योगमा हाल २ ट्रक माग हुने गरेको छ । कपिलवस्तुबाट उत्पादन भएका इट्टा साविक लुम्बिनी अञ्चलका जिल्ला र स्याङ्जासम्म माग हुने गरेको जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?