ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

१३ औं जिल्लास्तरिय राष्ट्रपति रनिङशिल्ड : बुटवल तेस्रो पटक च्याम्पियन

३० फाल्गुन २०७९, मंगलवार
३० फाल्गुन २०७९, मंगलवार

बुटवल, ३० फागुन । बुटवलमा सम्पन्न १३ औ जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७९ को उपाधि बुटवल उपमहानगरपालिकाले चुमेको छ । मंगलबार भएको अन्तिम दिनको खेलमा बुटवलले १६ स्वर्ण, १४ रजत र १० कास्य जित्दै उपाधि रक्षा गर्न सफल भएको हो । बुटवल लगातार तेस्रो पटक च्याम्पियन बनेको हो । बुटवलले मार्शल आर्टको १० स्वर्णसंगै अग्रता लिएको थियो भने तिलोत्तमा एथ्लेटिक्समा अगाडी थियो । यता तिलोत्तमा १६ स्वर्ण, ८ रजत र १४ कास्य सहित उपविजेतामा चित्त बुझायो । सैनामैना भने ४ स्वर्ण, ३ रजत र २ कास्यसहित तेस्रो भयो । सिद्धार्थनगर ४ स्वर्ण, २ वटा रजत ४ काश्य जित्दै चौथो स्थान हासिल गरेको छ । प्रतियोगिता ५ ईभेन्टमा संचालन भएको थियो । प्रतियोगितामा प्रत्येक पालिकाबाट ८० जना खेलाडी, प्रशिक्षक गरि १ हजार जना सहभागी थिए ।
एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री चन्द्र केश गुप्ता, प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, रुपन्देही जिल्ला समन्वय समितिका उमाकान्त चपाई, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाड, बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनसंख्या महाशाखाका मित्रमणी खनाल, समितिका अध्यक्ष भुपेन्द्र क्षेत्री (हरि), उपाध्यक्ष जय बहादुर बिक, सदस्य रिता चौधरीले विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन । खेल अनुसासितसंग जोडिएको भन्दै विद्यालयस्तरमा हुने खेल विकासको महत्व रहेको उनिहरुले बताए ।

१३ औ जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७९ अन्तरगत मंगलबार भएको छात्रछात्रा कबडी खेलमा बुटवलले स्वर्ण जितेको छ । फाईनल खेलमा बुटवलले गैडहवालाई ५५ का बिरुद्ध १ सय १३ को अग्रता ल्याउदै ५८ अंकले जित निकालेको हो । यसैगरि छात्रातर्फ पनि बुटवलले सियारीलाई २८ का बिरुद्ध ५० को अग्रताले २२ अंकसहित जित निकाल्दै स्वर्ण हात जितेका हो ।
१३ औ जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७९ को छात्र भलिबलको उपाधि तिलोत्तमाले चुमेको छ । फाईनल खेलमा तिलोत्तमाले बुटवलले २–० सेटले पराजित गर्दै स्वर्ण चुमेको हो । यता छात्रा भलिबलमा भने बुटवलले स्वर्ण जितेको छ । फाईनल खेलमा तिलोत्तमालाई २–० को सोझो सेटमा पराजित गर्दै बुटवलले स्वर्ण हात पारेको हो ।

यसैगरि एथ्लेटिक्सतर्फ मंगलबार भएको छात्र हाईजम्पमा बुटवलका खिमराज पौडेलले १.६४ मिटर जम्प गर्दै स्वर्ण जिते । शुद्धोधनका जीवन थारु १.६२ मिटर जम्प गर्दै रजत पदकमा चित्त बुझाए । तिलोत्तमाका राहुल चौधरी १.५६ मिटर जम्प गर्दै कास्य जिते । छात्रातर्फ सैनामैनाका सपना क्षेत्रीले १.२० मिटर जम्प गर्दै स्वर्ण जितिन । सिद्धार्थनगरकी निशा अहिरले १.१८ मिटर जम्प गर्दै रजत र शुद्धोधनका चाद थारु तेस्रो भए ।
यसैगरि आठ मिटर छात्रमा तिलोत्तमाका शनि चौधरी स्वर्ण जिते । उनले २ मिनेट १४.७० सेकेण्डमा दुरी पार गरे । गैडाहवाका रामापति चौहानले २ मिनेट १७.९४ सेकेण्डमा दुरी पार गर्दै रजत तथा बुटवलका रब िजिएमले २ मिनेट १९.०७ सेकेण्डमा दुरी पार गर्दै कास्यमा चित्त बुझाए । छात्रातर्फ तिलोत्तमाकी रजनी थारु २ मिनेट ४६.८८ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जिते । कन्चनकी मनिषा नाउले २ मिनेट ५८.८६ सेकेण्डमा दुरी पार गर्दै रजत तथा गैडहवाका मालती लोनियाले ३ मिनेट २.४१ सेकेण्डमा दुरी पार गर्दै कास्यमा चित्त बुझाए ।
ज्याभलिन थ्रोतर्फ छात्रमा सैनामैनाका हेमराज सेन्चुरीले ४१.७३ मिटर थ्रो गर्दै स्वर्ण जिते । तिलोत्तमाका बसन्त गुरुङले ४१.४१ मिटर थ्रो गर्दै रजत तथा बुटवलका बिशाल पराजुली ४०.७१ मिटर थ्रो गर्दै कास्य पदक जिते ।
छात्रातर्फ गैडहवाका लक्ष्मी भर १९.५६ मिटर थ्रो गर्दै स्वर्ण जिते । कन्चनकी गरिमा थापाले १८.९९ मिटर थ्रो गर्दै रजत तथा सैनामैनाका सुनिता चौधरीले १६.३७ मिटर थ्रो गर्दै कास्य पदक जितिन ।
यता ४ बाई एक सय मिटर छात्रतर्फ बुटवलको दर्शन बिक, विकास कार्की, सुसान्त थापा र सुन्दर वाग्लेको टिमले स्वर्ण जित्यो । शुद्धोधनका अरुण लोध, जीवन थारु, निरज खड्का र सुरज खत्रीको टिमले रजत पदक तथा कन्चनका अभिषेक सुवेदी, क्षितिज पुन, सिजन सोनी र सोहन थापाको टिम कास्य पदकमा चित्त बुझायो । छात्रातर्फ तिलोत्तमाका रजनी थारु, रिचा थापा, सलिना थारु र रोजी थापाको टिमले स्वर्ण जिते । बुटवलका लक्ष्मी भुषाल, लक्ष्मी थापा, लक्ष्मी बलामी र अनिसा कुवरको टिम रजत तथा सिद्धार्थनगरका प्रगति ज्ञवाली, निशा यादव, आकृति पाण्डे र प्रेरणा थापा मगरको टिम कास्यमा चित्त बुझायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?