© २०२३
चन्द्रौटा (कपिलवस्तु), फागुन ।
प्राकृतिक महत्वको पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको ताल मध्ये शंकरपुर ताल पनि एक हो । जिल्लाको विजयनगर गाउँपालिकाको वडा नम्बर–४ मा शंकरपुर ताल पर्दछ । यस क्षेत्रको सबैभन्दा धेरै महत्व बोकेको ताल हो । तर सम्बन्धित निकायले तालको प्रचार–प्रसारको कमीले पर्यटकीय क्षेत्रको रूपमा विकास हुन सकेको छैन । यो क्षेत्र आदिवासी थारु, मधेशीको ऐतिहासिक, साँस्कृतिक, समाजिक, कृषि तथा आर्थिक पक्षसँग जोडिएको छ ।
स्थानीय राम निवास थारु खेतीयोग्य जमिन हँुदाहँदै पनि चिन्तित बनेका छन् । उनलाई रातदिन चिन्ता हुने गर्दछ खेतीपातीको । जलस्रोतमा ब्राजिलपछिको दोस्रो धनी देश हो हाम्रो तर अवस्था कहालीलाग्दो छ । खेतीयोग्य जमिन बाँझो छ बाली लगाएपनि पानी छैन उनले भने ।
थारु भन्छन् ः “सिँचाइकोलागि खेत सम्म पुग्ने भरपर्दो पानीको व्यवस्था छैन । अहिले गहुँमा लगाउन पानी चाहिएको छ, छिमेकी सँग भएको पम्पी सेट चलाउ गहुँ बेचेर पेट्रोलको पैसा तिर्न नपुग्ला भन्ने पिर, नजिकै भएको शंकरपुर ताल बाँध फुटेर सुकेको छ ।“
कम्तिमा ३ पटक पानी सिँचाइ गर्न सके राम्रो उत्पादन हुने किसान थारु बताउँछ्न् । अहिले सम्म एक पटक मात्र पानी लगाएको छु । यतिबेला सिँचाइका लागि पानी भएको भए गहुँ उत्पादन राम्रो हुन्थ्यो । उनले भने ः “तर ताल सुख्खा छ । पानीका लागि हामि तड्पीएका छन ।’
शंकरपुर ताल यस क्षेत्रको निकै महत्व बोकेको ताल भए पनि यसको संरक्षण नहुँदा किसान मर्कामा परेका छन् । तालको पानीले गाउँपालिकाको दर्जन बढि गाउँका किसान सिँचाइ गर्दै आएका थिए । धानको मौसममा बर्खामा पानी पर्छ (अकासे पानी) तर, गहुँ, दलहन मौसममा यस क्षेत्रका किसानको एकमात्र सहारा शंकरपुर तालको पानी हो ।
तालको पानी नहर मार्फत खेतसम्म पानी भइदिए मनग्ये गहुँ र दलहन फलाएर आर्थिक अवस्था ‘गुल्जार’ बनाउने यस क्षेत्रका किसानको धोको छ । तोरीका लागि मौसमले साथ दिँदा राम्रो उत्पादन हुने अपेक्षा गरेका स्थानीय कृषक गहुँमा प्रयाप्त सिँचाइ नहुँदा पहेलो भएको बताउँछन् ।सिँचाइको व्यवस्था नभए धान बाहेक अरु कुनै विकल्प नदेखेको स्थानीय बनवारी थारुले बताए । उनले भने ः “सरकाले सिँचाइको व्यवस्था नभएर खानकोलागि पनि अन्न किन्नुपर्ने भयो । धानबाली बाहेकको बाली लगाएपनि लगानी उठ्दैन भन्दै थारुले थपे ः पानीको अभावले लगानी डुब्छ । सिँचाइको व्यवस्था प्रयाप्त भइदिए खेतीपातीमा आकर्षण बढ्ने थियो ।“
करिब ५० विगहामा फैलिएको तालको संरक्षण नहुँदा यसको क्षेत्रफल दिन प्रतिदिन घटदै गएको स्थानीयको भनाइ छ । जैविक विविधता मध्ये शंकरपुर तालमा सबै भन्दा बढि प्रजातिका स्थानिय (रैथाने) माछा पाइएको प्रतिवेदनले देखाएको छ । प्राराम्भीक अध्ययन अनुसारशंकरपुर सिमसार क्षेत्रमा स्थानिय जातका विकासी माछा, चरा, किरा, भ्यागुता, सर्प र कछुवा लगायत २१ जातका स्थानिय जलिय वनस्पती पाइने गर्दथे ।
स्थानियका अनुसार परापुर्वकालमा यस क्षेत्रमा देवीको आश्रय स्थल रहेको थियो । देविले देवताहरुलाई जम्मा गरेर ताल खन्न लगाएकी थिईन । गर्मी भएकोले नुहाउनकालागि देविको लागि ताल खनिएको थियो । शंकरपुर ताल पर्यटकको गन्तव्य बन्न सक्ने प्रचुर सम्भावना छ । प्राकृतिक सिमसार, धार्मिक र यस क्षेत्रको ठूलो ताल हो । यसको प्रचारप्रसार नहुँदा पर्यटक यहाँसम्म पुग्न सकेका छैनन् ।
स्थानीय युवायुवतीहरुको पिक्निक स्पोर्ट मात्रै बनेको ताललाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन सकिन्थ्यो । यतिबेला तालमा पानी नहुदाँ तालको बगर स्थानिय युवाहरुको खेलमैदान र गौचरणमा परिणत भएको छ ।
यता गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले ताललाई मर्मत गर्न गाउँपालिकाले सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जाउलाखेल काठमाडौँसँग एकीकृत योजना अन्तर्गत कार्यक्रम समायोजन गर्न पहल गरेको बताए । प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वयन गरेर ताललाई व्यवस्थित गरि प्रक्रिया अघि बढाउने उनले जनाए ।