ट्रेंडिंग:

>> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’

किन आएनन् ठेकेदार ?

८ मंसिर २०७५, शनिबार
८ मंसिर २०७५, शनिबार

गत बर्ष बुटवल उपमहानगर पालिका पशुपंक्षी विकास शाखाको कुल बजेट १ करोड ५९ लाख रूपैयाँ थियो । जसमा १ करोड बढि रकम पशु बधशाला सञ्चालन गर्न विनियोजन गर्नुपर्ने केन्द्रीय ससर्त नीति भएपनि उक्त रकम खर्च हुन सकेन ।
गत बर्ष उक्त शाखाले मात्रै ४४ लाख मात्रै रकम खर्च गरेको तथ्यांकमा पाइएको छ । पशु बधशालाको रकम खर्च नहुँदा रकम फिर्ता भएपछि अहिले केन्द्रीय मन्त्रालयले रकम घटाएको छ । केन्द्रीय ससर्त अनुदान घटाएको हो । अहिले जम्मा ८ लाख ६७ हजार रूपैयाँ मात्र पठाएको छ ।
बुटवल–११ मा रहेको पशुबधशाला सञ्चालनको लागि भन्दै केन्द्रीय सरकारबाट आएको रकम खर्च हुन नसकेपछि घटेको हो । यस बर्ष पनि पशु बधशाला सञ्चालनको लागि भन्दै केन्द्र सरकारबाट कुल ६४ लाख रूपैयाँ रकम विनियोजन गरिएको छ । जसमा नगरपालिकाले केही रकम थपेको छ । चालु आर्थिक बर्षको पशुपंक्षी बजार प्रवद्र्धन कार्यक्रम आधुनिक बधशाला सञ्चालन र व्यवस्थापन शिर्षकमा कुल ६४ करोड रूपैयाँ विनियोजन गरिएको छ ।

जसको लागि यसै आर्थिक बर्षमा बाँकी रहेको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी योजना बनाएको नगरपालिकाले जनाएको छ ।
पब्लीक, पोड्र्सस, पार्टनरसिप(पिपीपी) मोडल अनुसार बुटवल उपमानगरपालिका, मासु व्यवसायी संघ, उत्पादनक सहकारी संस्थारुहरूको संयुक्त लगानीमा सञ्चालन गर्नको लागि टेण्डर आह्वान समेत गरिएको छ । जसको लागि दुई पटक सम्म सञ्चालनको लागि टेण्डर आह्वान गरिदा समेत यसा कुनै पनि ठेकेदारले टेण्डर ठेक्का हालेका छैनन् । बुटवल उपमानगरपालिका पशुपंक्षी विकास शाखा प्रमुख झविन्द्र बन्जाडेका अनुसार पशु बधशाला यसै आर्थिक बर्षमानै सञ्चालन हुने निश्चित छ । तर सञ्चालनको लागि दुई पटक सम्म पनि टेण्डर सूचना जारी गरिँदा व्याक्ति(ठेकेदार आएका) छैनन् । उनी भन्छन्–‘सञ्चालन हुने निश्चित छ, २०७५ आसेज २८ को निर्णय अनुसार प्रदेश सकार भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा प्रस्ताव पेश गरिएको छ । ’
बुटवल उपमहानगरपालिका र मासु व्यवसायी संघ रूपन्देही बीचमा पशु बधसाला सञ्चालन गर्ने पटक पटक सहमती भएपनि सञ्चालन हुन सकेको छैन ।
निर्माण भएको उक्त पशु बधसालाको भवन बर्षौदेखि मृत मुर्ति जस्तै ठडीएको मात्रै छ । आर्थिक बर्ष २०७०÷०७१ गरी दुईपटकसम्म कार्यसम्पादन मूल्याकंनमा देशभरीकै नगरपालिकालाई बधशाला संचालनमा को प्रक्रिया अगाडी बढाएको थियो ।
बधसालाको अभावमा बुटवलका मासु व्यवसायीहरूले पशु चौपायाहरू बसपार्क, गोलपार्क, देविनगर लगायतका खुल्ला ठाउँमा काट्ने गरेका छन् । खुल्ला रूपमा पशुको बध गर्दा अस्वस्थकर मासु खानु परेको उपभोक्ताहरूको गुनासो रहेको छ भने नगरक्षेत्र नै प्रदुषित बन्ने गरेको छ ।
पहिलो चरणमा पशुपंक्षी बजार प्रवद्र्धन निर्देशनालय ललितपुरले वधसाला निर्माणको काम गरेको थियो । तर पछि ठेकेदारले समयमा काम नगर्दा र बजेट अभाव हुँदा बधशाला समयमै निर्माण हुन सकेको थिए । पहिलो चरणको काम २०६५ फागुनमा भवन निर्माण सम्झौता र ०६६ वैशाखमा बधशालाभित्रको भौतिक संरचना निर्माण गर्ने विषयमा गोरखा कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो तर ठेकेदार सम्पर्क विहिन भएपछि निर्माण कार्य रोकिएको थियो ।
पशुपंक्षी बजार प्रवद्र्धन निर्देशनालयले वधशालाको भित्री डेकोरेसन लगायतको उपकरणका लागि बुटवल उपमहानगरपालिकालाई संरक्षकको भूमिका दिई दोस्रो चरणको ठेक्का लगाएपछि बधशाला निर्माण भएको थियो ।
उपमहानगरपालिकाले ०७१ जेठ २० गते अरनिको एन्ड भीम कन्स्ट्रक्सनसँग सम्झौता गरी ०७१ असोज ३० सम्म निर्माण पूरा गर्न भन्दै ठेक्का दिएको थियो । उक्त कम्पनीले पनि ढिला भवन निर्माण गरी २०७२ असार महिनामा मात्र बुटवल उपमहानगर पालिकालाई हस्तान्तरण गरेको थियो । १ करोड एक लाख ८५ हजार ६ सय ३६ रूपैयाँ लागत इस्टिमेट गरे पनि निर्माण कम्पनीले ९१ लाख ४३ हजार तीन सय १० रूपैयाँमा ठेक्का लिएको थियो । कृषि विकास मन्त्रालय पशुसेवा विभाग पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालय हरिहर भवन ललितपुरबाट ५० लाख र बाँकी रकम बुटवल उपमहानगरपालिकाले ५२ लाख ४२ हजार आठ सय १८ रूपैयाँमा सो बधशाला निर्माण भएको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी पनि बधशाला चाँडै सञ्चालनमा आउने बताए । अब मासु व्यवसायी संघ र नगरका विचमा पिपिपी मोडलमा बनाउने सम्झौता भएको जनाइएको छ । मासु व्यवसायी संघका अध्यक्ष कृष्ण पौडेलले लामो समयपछि सञ्चालनमा आउन लागेको बधशालाले बुटवलमा अझ स्वच्छ मासु उपभोत्तासम्म पुग्ने बताउछन् । मासु व्यवसायी संघका अनुसार बुटवलमा दैनिक दुई सय खसी, दुई हजार कुखुरा, ४० रागाभैँसी तथा पाँच बंगुरवटाको मासु बिक्री गरिन्छ भने करिब पाँच सय केजी माछाको बिक्री हुने गरेको छ । डेढ करोड मध्ये ६० लाख बुटवल नगरपालिकाले लगानी गरेको छ । बुटवल–१२ रामनगर रामनगरमा औद्योगीक Ôेत्र व्यवस्थापन लिमिटेडको ३ विघा जग्गामा पशु बधशाला निर्माण गरिएको हो । रूपन्देहीमा दैनिक ३ देखि ४ सय खसी बोका, २० टन कुखुरा, २ हजार किलो माछा र रांगा पाडा २ हजार किलो खपत हुने मासु व्यवसायी संघले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?