ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो
नेपाल कराँते महासंघ प्रथम लुम्बिनी प्रदेश भेला

मार्शल आर्टस् मार्फत लुम्बिनीमा खेल पर्यटनको सम्भावना

२७ फाल्गुन २०७९, शनिबार
२७ फाल्गुन २०७९, शनिबार

बुटवल, २७ फागुन ।

विश्वमा शान्तिको सन्देश छर्ने खेल मार्शल आर्टलाई बुद्धजन्मस्थल लुम्बिनीको गरिमासंँग जोड्दै खेल पर्यटन विकास गर्न सकिने एक कार्यक्रममा बोल्ने वक्ताहरुले सुझाव दिएका छन । युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद अन्तर्गत नेपाल कराँते महासंघको शनिबार बुटवलमा भएको प्रथम लुम्बिनी प्रदेश भेला तथा अधिवेशनमा बोल्ने वक्ताहरुले मार्शल आर्ट खेल र बुद्धजन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा लगेर खेल पर्यटन विकास गर्न सकिने सम्भावना रहेको उनीहरुको दाबी छ ।

प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्य–सचिव जयप्रकाश भट्टराईले कालिका कराँते डो एकेडेमीमा कार्यक्रमको उद्घाटन गर्दै खेलबाट देशको समग्र विकासको सम्भावना भएपनि उपेक्षा गरिएको दाबी गरे । एउटा कराँते खेलमात्र नभई समग्र देशकै खेल क्षेत्र फितलो भएको उनको जिकिर छ ।

खेलकुदभित्रका सत्यकर्म कम हँुदै र राजनीतिमुखी एैजनहरु हाबी हँुदै जाँदा वर्तमान प्रतिकुल अवस्था सृजना भएको उनले दुःखेसो गरे । मार्शल आर्टको विधा अन्य खेलभन्दा सम्मानित खेल र गुरुप्रतिको आदरभावना हुने खेल भएको उनले बताए । अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सक्ने खेल विधा कराँते भएपनि खेलाडीहरु अवसरबाट बन्चितिमा परेको उनको दुःखेसो छ । हरेक खेल विकासमा धेरै बाधाहरु रहेको भन्दै उनले प्रदेश संरचनामा कर्मचारी समायोजना, पूर्वाधार विकास जस्ता केन्द्रिकृत नीति र यसको कार्यान्वयन मुख्य समस्या भएको दाबी गरे । प्रदेशभित्र गठन हुने संघ स्वायंत्त हुने प्रावधान रहेपनि चेन अफ कमाण्डमा रहेर कामको मूल्याकन हुने रुपमा खेल क्षेत्रलाई विकास गर्नुपर्ने उनले सुझाव दिए । दशौ राष्ट्रिय प्रतियोगिता र राष्ट्रपति रनिङशिल्डमा समेत उत्कृष्ट नतिजा ल्याउने गरी योजना बढाउन सबै खेल संघसंस्थाहरु लाग्नुपर्ने उनले बताए ।

कार्यक्रममा रुपन्देही जिल्लाका उमेश थापाले कराँतेमा नेतृत्व लिने केन्द्रीय तहमा देखापरेका आन्तरिक मनमुटावकै कारण लामोसमय अन्यौलता र संगठनमा बाधा ब्यवधानहरु देखापरेको दुःखेसो गरे । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा कराँते संघ गठन गरिएको उनले बताए । खेलाडी उत्पादन र ब्यावसायिक खेलाडी उत्पादनमा अग्रसर हुने गरी अघि बढेको उनले बताए । आठौ र नवौ राष्ट्रिय प्रतियोगितालाई हेर्दा खेलकुद गतिविधि खस्किएको दुःखेसो गर्दै आगामी वर्ष हुने प्रतियोगिता स्वर्ण पदक जिताउने गरी तयारीमा संस्थागत रुपमा लाग्ने गरी तयारी गर्नुपर्ने बताए । मार्शल आर्टको महत्वपूर्ण विधा कराँते खेल र खेलाडीहरुलाई संगठित गरी युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रदेश संरचना गठन गरिएको छ ।
कार्यक्रममा रुपन्देही जिल्लाका कराँते प्रशिक्षक माधव घिमिरेले कराँते खेलको विकासक्रमको ईतिहासबारे स्मरण गर्दै समयसापेक्ष संगठित गरी राखेपको ऐन अनुसार अघि बढ्नुपर्ने अवस्था आएको उनले बताए । राष्ट्रको नाम अन्तर्राष्ट्रिय मंन्चमा चिनाउने खेलको विकास सेवा भावनासंग जोडिनुपर्ने उनले सुझाव दिए । कराँते खेलको विकासमा योगदान दिने पुर्व प्रशिक्षकहरुलाई सम्मान ध्यान दिनुपर्ने उनले बताए ।

कार्यक्रममा राष्ट्रिय कर्मचारी संगठनका सचिव मिनराज पोखरेललेले वि.सं. २००४ सालमा खेलकुद विकासको अभियान शुरु भएको ईतिहास रहेको भन्दै राष्ट्रिय खेलकुद परिषद स्थापना भएको बताए । नेपालको गरिमा र पहिचान अन्तर्राष्ट्रियमा गराउने खेल करातेको ४ विधा विस्तार भएको छ । सबैभन्दा धेरै एनएस गरेका कोचहरु कराँतेका रहेको उनले बताए । खेलको नेतृत्व तहमा केही समस्या देखिएको भन्दै यसले ओलम्पिकमा भाग लिने अवसरबाट खेलाडीहरु बन्चित हुने अवस्था सृजना भएको दुःखेसो गरे ।

कराँते खेलको बहुपक्षीय विकाससंग जोडिएको हुँदा पनि यो खेलमा आकर्षण रहेको उनले बताए । विश्वमा नै शान्तिको नारा बोकेको खेल मार्शल आर्ट भएको उनले बताए । वि.स २०३९ सालअघि सम्म कराँते खेल्न प्रतिवन्ध थियो । त्यो अवस्थामा अराष्ट्रिय तत्वले खेल्ने खेल मानिन्थ्यो । थानेश्वर राई, दावा गुरुङको अगुवाईमा तत्कालिन सरकारसंग समन्वय गरि खेल विकास गरेको उनले बताए । नेपालको खेलमा स्वर्णिम युग भित्र्याउने काम कराँते खेलबाट भएको उनले बताए ।

कार्यक्रममा नेपाल कराँते महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भरत बहादुर केसीले लामोसमय कराँते खेल विकाससँंगै देशको पहिचान हुने गरी प्रतियोगिता गर्न सफल भएको बताए । नेपालको खेललाई डोर्याउने खेल कराते भएको उनले दाबी गरे । नेपालमा डेढ लाख करातेका प्रशिक्षक र खेलाडीहरु रहेका छन् । लुम्बिनीमा राष्ट्रिय अन्तर्राष्ट्रिय र विश्व कप समेत आयोजना गर्न सकिने सम्भावना रहेको भन्दै नयाँ नेतृत्व यसमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाल कराँते महासंघका केन्द्रीय सदस्य मजेन्द्र सिह, तेक्वान्दो प्रशिक्षक राजकुमार पाण्डे, भलिबल प्रशिक्षक अर्जुन घिमिरे, नेपाल कराँते महासंघका सदस्य अमिर राई, लुम्बिनी प्रदेश रेफ्रि संघका ऋषिराम पौडेल, जापान गजुरियो महासंघका केबि रानाले संस्थागत रुपमा खेल विकासमा जोड दिनुपर्ने बताए । भेलामा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट ४–४ जना खेलाडी, प्रशिक्षक गरि प्रतिनिधि, परिभक्षक तथा १ सय बढी खेलाडी, प्रशिक्षक सहभागी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?