ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते
फ्रन्टपेज

तेज खोज्दै त्रिवेणीधाम

चाडपर्वमा देखिने चहल पहल बाहेक अरु समयमा त्रिवेणी सुनसान जस्तै हुन्छ । बजारमा स्थानीय बासिन्दा र बजार गर्न आएका केहि भारतीय बाहेक बाहिरी मान्छे भेटिदैनन् । यहाँ आउने पर्यटकलाई सिमानामा भारतीय एसएसबी र प्रहरीले दुखः दिने गरेकोले केही वर्ष यता भारतीयहरु आउने क्रम समेत पातलिएको छ ।
२७ फाल्गुन २०७९, शनिबार
२७ फाल्गुन २०७९, शनिबार

बुटवल, फागुन- पूर्वि नवलपरासी जिल्लामा पर्ने त्रिवेणीधाम नेपालका प्रमुख धार्मिक स्थल मध्येमा पर्छ । सोनभद्रा, तमसा र नारायणी नदीको संगमस्थल रहेको त्रिवेणीधामको पूर्वमा चितवन जिल्ला, दक्षिणमा भारत बिहार राज्यको बाल्मिकी नगर पर्छन । हिन्दुहरुले भगवान विष्णुको रूपमा पुज्ने र कालीगण्डकी नदीमा मात्र पाईने शालिग्राम शिला पाईने अन्तिम क्षेत्र त्रिवेणी भएकोले हिन्दु ग्रन्थहरुमा त्रिवेणीधामलाई मोक्ष क्षेत्र भनिएको छ ।
प्राचीनकालमा देवताहरुले सभा गर्ने स्थान भएकोले त्रिवेणीको पुरानो नाम सभापुर रहेको र महर्षि वाल्मिकिले त्रिवेणी क्षेत्रमै रामायण लेखेको पौराणिक कथन छ । हिन्दु ग्रन्थहरुमा पवित्र धार्मिक स्थलको रुपमा वर्णित यस स्थलमा परापूर्वकालदेखी नै पश्चिम नेपालको तराई क्षेत्र लगायत भारतको बिहार र उत्तर प्रदेशबाट हिन्दुहरु तिर्थाटन गर्न ,देह त्याग गर्न र दाहसंस्कार गर्न आईरहेको पाईन्छ ।

त्रिवेणिघाट मन्दिर क्षेत्र, बाल्मिकी आश्रम र गजेन्द्र मोक्ष क्षेत्र गरि तिन वटा क्षेत्रमा फैलिएको त्रिवेणीका मुख्य आकर्षण यहाँ रहेका मठ मन्दिर र घाटहरु यहाँका हुन् । त्रिबेणीघाटमा रहेको स्वर्ण लेपनयुक्त शिवालय कप्तान बखानसिंह ले बि. सं. १९७२ तिर निर्माण गरेका थिए । सो मन्दिरलाई बिभिन्न समयमा पुनर्निर्माण गरि नयाँ स्वरुप दिईएको छ । त्रिवेणीधाम आउने तिर्थयात्रीहरुले त्रिवेणी घाटमा स्नान गरेर पहिला यहि मन्दिरमा पुजाआजा गरेर अन्य मन्दिरमा दर्शन गर्न जाने प्रचलन छ । यो शिवालय बाहेक बेंकटेस मन्दिर, लक्ष्मी नारायण मन्दिर, दुर्गा मन्दिर र नागबाबाको कुटी जस्ता दर्जन बढी मठ मन्दिरहरु त्रिवेणी बजार क्षेत्रमा रहेका छन् ।
नारायणी नदिपुर्व चितवन जिल्लामा रहेको बाल्मिकी आश्रम बाल्मिकी ऋषि को तपोभुमिको रूपमा परिचित छ. यहाँ प्राचिन विष्णु मन्दिर, यज्ञशाला ,सिता पाताल प्रवेश स्थल, लवकुश को पाठशाला लगाएतका प्राचिन सम्पदाहरु रहेका छन् ।

त्रिवेणी बजार देखी २ कि. मि. उत्तरमा रहेको गजग्राहा क्षेत्रलाई बि. सं. २०५२ साल देखी मुक्तिनाथ पीठाधीशको अग्रसरतामा गजेन्द्र मोक्षधाम को रूपमा विकसित गरिएको छ. श्रीमद्भागवत को अस्थम अध्याय मा गोहीले निल्न लागेको गज ( हात्ती ) लाई भगवान विष्णुले सोहि ठाउमा उद्धार गरेको उल्लेख छ । मुक्तिनाथ पीठाधीश को पहलमा बि.सं. २०५७ सालमा महायज्ञ लगाएर त्यो ठाउँ मठमन्दीर, यज्ञशाला , प्रवचन कक्ष, गौशाला र वेद विद्याश्रम निर्माण गरिएको छ ।
महत्वपूर्ण धार्मिक स्थल भएपनि अहिले त्रिवेणीधाम ओझेलमा परेको छ । अन्य धार्मिक स्थलहरुमा मानिसहरुको चहलपहल बढिरहेको समयमा पनि त्रिवेणी घाटमा भने प्रायजसो सुनसान देखिन्छ । माघे र साउने संक्रान्ति , एकादशी ,औंसी र पूर्णिमा जस्ता दिनहरु भक्तजनहरु आउने भएपनि अन्य दिनहरुमा आक्कल झुक्कल मात्र मानिसहरु त्रिवेणीधाम पुग्ने गर्छन् ।

पुर्व पश्चिम राजमार्ग दाउन्ने पहाडमाथि बाट बनेपछि त्रिवेणीको चहलपहल ओरालो लाग्न शुरु गरेकोमा माओबादी द्वन्द र मधेश आन्दोलन पछि त्रिवेणी आउने भक्तजान र पर्यटकहरुको संख्या निकै घटेको कुरा बिगत ६५ वर्ष देखी त्रिवेणिघाटमा डुंगा चलाईरहेका राधेलाल मल्लाह बताउछन् । पुर्व पश्चिम राजमार्ग बन्नु अघिसम्म पाल्पाको पुर्बी भाग, नवल परासी, चितवन, तनहुँ र स्याङ्जा जिल्लाको ब्यापारिक नाका भएकोले किनमेल गर्न र धर्म कमाउने उद्धेश्यले धेरै मानिसहरु त्रिवेणीमा आउने गरेकोमा राजमार्ग २० कि.मि. उत्तरबाट गएपछि मानिसहरु आउन छोडेको र बजारमा व्यापार गरेर बसेका ब्यापारीहरु पनि बसाई सरेको उनको अनुभव छ ।
चाडपर्वमा देखिने चहल पहल बाहेक अरु समयमा त्रिवेणी सुनसान जस्तै हुन्छ । बजारमा स्थानीय बासिन्दा र बजार गर्न आएका केहि भारतीय बाहेक बाहिरी भक्तजन र पर्यटकहरु कामै मात्र त्रिवेणीमा भेटिन्छन. नेपालीहरु नआएपनि भारतीयहरु किनमेल गर्न र तिर्थ गर्न त्रिवेणी आउँदासम्म त्रिवेणीमा चाहलपहल हुने गरेकोमा सिमानामा भारतीय एसएसबी र प्रहरीले दुखः दिने गरेकोले ८÷१० वर्ष यता भारतीयहरु आउने क्रम पनि पातलिएको स्थानीय वासिन्दहरुको बुझाई छ । व्यापार नभएपछि धेरै ब्यापारीहरु त्रिवेणीबाट पलायन भैसकेका छन र बिगतका पसल कवलहरु खण्डहर बनेका देखिन्छन् ।


स्थानीय बासिन्दा र त्यहाँ पुगेका सबै भक्तजन तथा पर्यटक हरुले त्रिवेणीधाम पछि पर्नुको मुख्य कारण यातायातको असुबिधा भएको बताउछन् । बाटो निकै साँघुरो र अफ्ट्यारो हुनुका साथै सार्वजनिक सवारी साधनहरु कम चल्ने भएकोले त्रिवेणीधाम पुग्न समस्या हुने गरेको छ ।
यातायातको असुविधाको कारणले मात्र नभएर प्रचार प्रसारको कमिले गर्दा त्रिवेणीमा चहलपहल कम भएको ठम्याई छ स्थानीय पत्रकार प्रेमचन्द्र रौनियारको । उनि भन्छन “ सरकारले त्रिवेणिलाई कुनै महत्व नै दिएको छैन । सरकारको पर्यटन कार्यक्रममा यो ठाउँले स्थान पाएको छैन र राष्ट्रिय मिडियाहरुले पनि त्रिवेणी र यहाँका समाचारलाई कुनै महत्व दिदैनन् । बाहिरी दुनियाले त्रिवेणीको बारेमा थाहा नै नपाएपछी यहाँ मानिसहरु कसरि आउछन त ?”


स्थानीयबासीको निरन्तर दवाब पछि पछिल्ला वर्षहरुमा त्रिवेणी बजारमा सडक कालोपत्रे गर्ने, नलीहरू बनाउने र मन्दिर परिसर मर्मत गर्ने भैरहेका छन् । त्यसैगरी गोपिगंजदेखी रानीनगरसम्म र त्रिवेणी ब्यारेजदेखी बजारसम्मको बाटो मर्मत र पिच गर्ने काम भैरहेको छ । त्रिवेणी बजारलाई पालिकाकै केन्द्र दुम्कीबास जोड्ने र महेन्द्र राजमार्गसम्म छिटो पुगिने दुम्कीबास– त्रिवेणी सडक बन्ने चर्चा चलेको दशकौ भएपनि हालसम्म सडक बन्न नसक्दा त्रिवेणी पुग्न लामो यात्रा गर्नुपर्ने बाध्यता छ । दुम्कीबास– त्रिवेणीसडक बनेमा त्रिवेणीमा तिर्थालु र पर्यटकहरुको आगमन बढ्ने र बजार चलायमान हुने भएकोले त्यो सडक निर्माणका लागि तिन तहकै सरकारसंग पहल गरिरहेको विनयी त्रिवेणी गाउपालिका वार्ड नम्बर ६ का वार्ड अध्यक्ष नुरेन्द्र शाह बताउछन् ।
पछिल्ला वर्षहरुमा त्रिवेणी बजार रक्सि र माछा बजारको रुपमा परिणत हुन् लागेको छ । त्रिवेणी प्रवेश गर्ने मुख्य नाका गण्डक ब्यारेजको डिल देखी त्रिवेणिघाट प्रवेश गर्ने ठाउँमा माछा र रक्सीको खुलेआम बिक्रि भैरहेको देखिन्छ । मन्दिर क्षेत्र सुनसान भएपनि रक्सि पसलहरुमा भने भिडभाड नै देखिन्छ । नेपालमा खुल्ल रुपमा र सस्तोमा रक्सि खान पाईने भएकोले सीमापारिबाट भारतीयहरु आउनेगरेको गरेका छन् । त्रिवेणीमा जताततै चलेका रक्सि पसलले अध्यात्मिक वातावरण धमिल्येकोले धर्म कर्म गर्न चाहने हरु पनि यो ठाउमा आएर बस्न नखोज्ने गरेको बताउछन् । स्थानीय शिक्षक शिब प्रसाद बस्याल । उनका अनुसार त्रिवेणी धार्मिक क्षेत्र भएकोले यहाँ जताततै माछा मासु र रक्सि बेचबिखन गर्न दिनु हुदैन. त्रिवेणी धाममा आध्यात्मिक वातावरण भएमा जसरि पनि भक्तजन र पर्यटकहरु आउने बस्ने गर्नेछन ।


नारायणी नदि स्वादिलो माछाको लागि प्रसिद्ध भएकोले त्रिवेणी क्षेत्रमा माछा र मछासंगे रक्सीको बेचबिखन हुनु सामान्य भएपनि धार्मिक स्थल भन्दा अन्यत्र व्यवस्थित किसिमले संचालित होटेलमा मात्र माछामासु बेच्न पाउने व्यवस्था गर्नुपर्ने जीकिर गर्छन् त्रिवेणिका होटेल व्यवसायी भोज बहादुर थापा ।. त्रिवेणिधाम पवित्र आध्यात्मिक केन्द्र भएपनि प्रचार प्रसारको कमि, राज्यको वेवास्ता र स्थानीयमा चेतनाको कमि जस्ता कारणले त्रिवेनिले आध्यात्मिक लाभ लिन नसकेको उनको बुझाई छ ।
त्रिवेणिधाम प्रकृति र अध्यात्मिकताको संगम स्थल भएकोले यो ठाउमा पर्या–पर्यटन र धार्मिक पर्यटनको निकै थेरै सम्भावना छ । सरकारी क्षेत्रको वेवास्ता , स्थानीयको असक्षमता र प्रचारप्रसारको कमीको कारणले लुकेको अवस्था रहेको त्रिवेणिलाई फोहरमैला, माछा र मदिराले धमिल्याउन थालेको स्थानिय अगुवाहरु बताउछन् । नेपालीको कमजोरीको फाईदा उठाउदै भारतको बाल्मिकी नगर र सोनापुरमा सिता पाताल प्रवेश मन्दिर (सितामढी ), बाल्मिकी आश्रम र गजेन्द्र मोक्षधाम बनाएर व्यापक प्रचारप्रसार गरिईएको छ । यो कार्यले त्रिवेनिधाम्लाई अझ तेजहिन बनाउने निश्चित देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission