ट्रेंडिंग:

>> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’

गौचरन बन्ने भो रंगशाला

६ मंसिर २०७५, बिहीबार
६ मंसिर २०७५, बिहीबार

माण्डवी गाउँपालिका–३ नयाँगाउँ मार्सिवाङको बीच गाउँमा समतल मैदान छ । मनै लोभ्याउने यस ठाउँको उपयोग हुन सकेको थिएन् । स्थानीयले घर पोत्न रातोमाटो खन्ने र गाईबाख्रा चराउने थलोको रूपमा प्रयोग गर्दै आइरहेका थिए । १ सय ५२ रोपनी क्षेत्रफलमा फैलिएको समतल सार्वजनिक भू–भागमा गाउँपालिकाले खेलकुद रंगशाखा बनाउने योजना थालेपछि स्थानीय उत्साहित भएका छन् । यस स्थानमा गाउँपालिकाले प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता हालै संचालन गरेपछि स्थानीय अझ हौसिएका छन् । ‘समतल जमिन यत्तिकै खेर गइरहेको थियो’, मार्सिवाङका स्थानीय प्रदीप भण्डारीले भने, ‘रंगशाला बन्ने खबरले खुसी बनाएको छ ।’ गाउँपालिकाले यस ठाउँमा पहिलोपटक खेलकुद प्रतियोगिता संचालन गरेको समेत उनले जानकारी गराए । खेलाडी भएपनि मैदानको अभावले खेल क्षेत्रको सोँचे अनुसार विकास हुन नसकेको उनको भनाई छ ।
खेलकुद रंगशाला निर्माणका लागि अघिल्लो आर्थिक वर्षमै विस्तृत गुरुयोजना (डिपिआर) निर्माण भइसकेको प्रमुख प्रशासकिय अधिकृत नारायण पौडेलले बताए । प्रदेश ५ सरकारबाट विनियोजित ३७ र गाउँपालिकाको १० लाख गरी कुल ४७ लाख रूपैयाँ बजेटमा चालु आर्थिक वर्षमा निर्माणको थालनी गरिने छ । प्राविधिक शाखा प्रमुख सागर पण्डितका अनुसार रंगशाला निर्माणका लागि भ्याट बाहेक १७ करोड ६७ लाख २० हजार रूपैयाँ लागत स्टिमेट गरिएको छ । भलिवल, क्रिकेट, ब्याडमिन्टन, टेवुलटेनिस, बास्केटबल लगायत खेलहरू खेल्न मिल्ने ‘माडी स्टिेडियम’ निर्माण गर्ने योजना अघि बढेको छ । रंगशालामा करिब चार हजार दर्शकहरू अट्नसक्ने क्षमता रहेको असिस्टेन सव सञ्जिनियर पण्डितले बताए । उनका अनुसार रंगशालामा खानेपानीको ओभरहेड ट्यांक समेत निर्माण हुनेछ ।
प्यूठान–रोल्पा सडक खण्ड अन्तर्गत माण्डवी गाउँपालिकाको लामाचौर नजिकबाट करिब पाँचसय मिटर दुरीमा समतल मैदान रहेको छ । रंगशालासँगै यस क्षेत्रलाई आकर्षक खेलकुद गन्तव्यको रूपमा विकास गर्न स्थानीयले माग गरेका छन् । खेलकुद रंगशाला निर्माणपछि आर्थिक गतिविधिमा टेवा पुग्ने स्थानीयको आशा छ । यसअघि नयाँगाउँ गाविसले समेत खेलकुद मैदान निर्माणको परिकल्पना गरेको थियो । तर, आर्थिक अभावले योजना अघि बढ्न सकेको थिएन । सभंवत पाँच वर्षभित्र रंगशाला निर्माणको काम पुरा गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष श्रीधर रोकामगर बताउँछन् । ‘यसवर्ष प्रदेश सरकार र पालिकाबाट बजेट विनियोजन गरिएको छ’,उनले भने,‘गाउँपालिकाको गौरबको आयोजना अन्तर्गत रंगशाला पनि हो ।’ नमुना रंगशाला निर्माणपछि छिमेकी जिल्ला रोल्पाका खेलाडीलाई समेत फाइदा पुग्ने उनको विश्वास छ । गौचरन बनिरहेको खाली जमिनमा रंगशाला बनाउने योजना पुरा गरेरै छाड्ने उनले सुनाए । योजना पुरा गर्नका लागि प्रदेश र संघीय सरकारसँग बजेट माग गर्ने तयारी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?