© २०२३
बुटवल, २३ फागुन । दुबईमा सम्पन्न यु १९ विश्वकप छनौट प्रतियोगितामा नेपाली टिमबाट लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गरेका टिम क्याप्टेन देव खनाललाई बुटवलमा नगदसहित सम्मान गरिएको छ। बुटवल ११ क्रिकेट क्लबको आयोजनामा मंगलबार खनाललाई नगद १५ हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो।
एक कार्यक्रमका बिच पुर्व खेलाडी तथा क्लबका सल्लाहकार दिपक गौचन, क्लबका अध्यक्ष अनिल सेन्चुरी, रुपन्देही जिल्ला क्रिकेट संघका सदस्य प्रथम पराजुली, बुटवल क्रिकेट विकास समितिका अध्यक्ष अमित श्रेष्ठ, वेस्टर्न क्रिकेट एकेडेमीका संचालक भुवन पाण्डेले सम्मान गर्दै सरकारबाट खेलाडीलाई ब्यवसायिक बनाउने गरि योजना ल्याउनुपर्ने बताए। रुपन्देहीमा जारी सुपर लिगमा बुटवल ११ टिमबाट खेलेका खेलाडीहरु ईशान्त पाण्डे, हरि चौहान र असोक पौडेललाई समेत क्लबले सम्मान गरेको छ। विस २०७० सालमा दर्ता भएको संस्था २०७५ को रुपन्देही सुपर क्रिकेट प्रतियोगितामा फाईनलमा पुगेको थियो।
कार्यक्रममा क्लबका अध्यक्ष अनिल सेन्चुरीले क्रिकेट खेलाडी उत्पादन गर्दै आएको बुटवलमा पुर्वाधारको कमी रहेको देखेसो गरे। क्लबबाट युवा खेलाडीहरुलाई प्रोत्साहन हुने गरि कार्यक्रम गरिएको उनले बताए।
पुर्व खेलाडी तथा क्लबका सल्लाहकार दिपक गौचनले छोटो ईतिहास बोकेको नेपाली क्रिकेटबाट विश्वकपको यात्रा तय गर्नु बुटवलको गौरवको विषय भएको बताए। धेरै खेलाडी उत्पादन भएको बुटवलमा पछिल्लो समय उत्कृष्ट उपलब्धि हासिल गरेको उनले दाबि गरे। क्रिकेटसंगै अन्य खेलमा समेत उपलब्धि हासिल हुने गरि सबै सरोकारवाला लाग्नुपर्ने उनले बताए। प्रतियोगितामा यु–१९ का क्याप्टेन देव खनालसहित ब्याट्समेन आकास त्रिपाठी र ब्याटिङ अलराउण्डर विशाल विक्रम केसी, बलर दुर्गेश गुप्ता, ब्याट्सम्यान तथा विकेटकिपर दिपक डुम्रे गरि ५ जना खेलाडीहरु राष्ट्रिय यु–१९ टिममा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गरेका थिए । खनालको नेतृत्वमा नेपाली टिम विश्व कपमा पुगेर ईतिहास रचेका छन।