© २०२३
बुटवल,२२ फागुन । नेपालले आईसीसी क्रिकेट वर्ल्डकप लिग २ मा यूएईलाई ४२ रनले जितेको छ ।
२३० रनको लक्ष्य पछ्याएको यूएई ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रनमा सीमित भएपछि नेपालले शानदार जित हासिल गरेको हो । यसअघि नेपालले भीम सार्कीको ७० रनको मदतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन बनाएको थियो ।
यूएईलाई ४२ रनले पराजित गरेसँगै नेपालले शिर्ष तीनमा रहेर विश्वकप छनोट खेल्ने सम्भावना जिवित राखेको छ ।