ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
मुख्य खबर

श्रमिकलाई रोजगारी, नहरको व्यवस्थापन

२२ फाल्गुन २०७९, सोमबार
२२ फाल्गुन २०७९, सोमबार

कपिलवस्तु, २१ फागुन- जिल्लाको शुद्धोधन गाउँपालिका वडा नम्बर ३ पिपरहवाका श्रीपती पासी शारिरीक अपाङ्गता भएका (बायाँ हात नभएका) व्यक्ति हुन । घरमा श्रीमती र तिन सन्तानको पालनपोषणको जिम्मेवारी उनैको काधमा छ । कोभीडको संक्रमणका बेला देखी नै रोजगारको व्यवस्थापन नहुदाँ उनको परिवारलाई प्रायः जिवनयापनमा समस्या हुदै आएको छ । तिनै श्रीपती अहिले कामको लागि नगद कार्यक्रम अन्र्तगत सिचाई नहर व्यवस्थापनको काममा दैनिक जसो खटिएका छन । २० श्रमदिन काम गरे बापत उनले दैनिक ७ सयका दरले १४ हजार ज्याला पाउने छन । एउटा हात नभए पनि अरु सामान्य श्रमिक सरहनै उनी नहरको व्यवस्थापनको काममा खटिन्छन । सो कार्यक्रमले केहि दिनका लागी रोजगार श्रृजना भएको र खेतबारीमा सिचाई समेत पगेको उनले बताए । उनको सो श्रम बापतको पारिश्रमिक १०÷१० दिन मा दुई किस्तामा उनकै नाममा रहेको गाउँपालिकाको केन्द्रमा रहेको लबनीको एउटा बैङ्कको खातामा जम्मा हुनेछ ।

उनी जस्तै वडा नम्बर ३ असुरैनाकी नैनमती पासी पनि नहर मर्मत गरि व्यवस्थापन गर्ने काममा खटिएकी छन । उनले २० दिन काम गरे बापत आउने रकमले घर खर्चको जोहो हुने बताईन । एकातिर आफुले रोजगारी पाएको र अर्को तर्फ आफैले मर्मत गरेको नहरको पानीले खेती गर्न सिचाई सुबिधा पुग्ने भए पछि नैनमती पनि खुसी छन । देशैभर प्रधानमन्त्री रोजगारको कार्यक्रमको प्रभावकारीतामा प्रश्न उठ्दै गर्दा कपिलवस्तुमा स्थानियलाई रोजगारी सँगै बर्षौ देखी व्यवस्थापन नभएको सिचाई नहरलाई व्यवस्थित बनाएर नौलो उदाहरण प्रस्तुत गरिएको छ । ईस्लामिक रिलिफ नेपालको साझेदारीमा लुम्बिनी एकिकृत बिकास संस्था (लिडो नेपाल) ले स्थानियलाई रोजगारी दिदै सिचाईं नहर र कुलो व्यवस्थापनको कार्य अगाडी बढाएको हो । जिल्लाको शुद्धोधन गाउँपालिका भित्रका १ सय जना कोभिड संक्रमण प्रभावित, श्रमिक र मजदुरलाई कोभिड जिविकोपार्जन पुर्नलाभ सहयोग परियोजना अन्र्तगत कामको लागि नगद कार्यक्रम अन्र्तगत प्रति व्यक्ति २० श्रम दिन बराबरको रोजगारी दिईएको हो । कार्यक्रम अन्र्तगत शुद्धोधन १ को भुतहा बाध देखी भारतको सिमा जोडिएको हथिहवा सम्मको ७ किलोमिटर मुल नहर र ३ किलोमिटर सिचाई कुलो व्यवस्थापनको कार्य अगाडी बढाईएको हो । नहर व्यवस्थापन सगै बाह्रमासनै खेत खेतमा सिचाई पुग्ने भए पछि गाउँपालिकाका ४ वटा वडाको ४० गाउँका स्थानिय कृषक प्रत्यक्ष लाभान्वित हुनेछन । “बर्षौ देखी मर्मत नभएर सिचाई रोकिएको नहर सफा गर्दा रोजगारी पनि पाईने र आफ्नो कृषी उपजका लागी सिचाई पुग्ने भए पछि खुसी लागेको छ ।” नैनमतीले भनिन ।

नैनमती जस्तै काममा खटिएका अर्का श्रमिक शुद्धोधन ४ का जित बहादुर यादवले कार्यक्रम अन्र्तगत व्यवस्थित रुपमा रोजगारी र श्रमिकका लागी सुरक्षा सामाग्री दिईएको बताए । “हामीलाई काम गर्नका लागी हेल्मेट, बुट, गलब्स, ज्याकेट लगायतका सुरक्षा सामाग्री दिईएको छ । कामको ज्याला पनि व्यवस्थित रुपमा हाम्रै बैङ्क खातामा आउँछ ।” यादवले भने । संस्थाले स्थानिय आवश्यकता अनुसारको पालिकाकै महत्वपुर्ण सिचाई योजनाको व्यवस्थापनको काम अगाडी बढाएर रोजगारी दिदै उदाहणीय काम गरेको उनले बताए । सरकारी नियायका रोजगारीका कार्यक्रम खासै प्रभावकारी नहुने गरेको अवस्थामा संस्थाले व्यवस्थित रुपमा नहर र कुलो व्यवस्थापन गरि कृषकका लागी सिचाई सुबिधा पुर्याउन थालेको भन्दै स्थानिय रामदेव कहाँरले खुसी व्यक्त गरे । “संस्थाले यहाँका किसानको आवश्यकता अनुसारको राम्रो काम गरेको छ । यहीका मान्छेलाई रोजगारी दिएर यहिका किसानका लागी सिचाईको प्रबन्धमा सहयोग पुर्याउदै छ ।” उनले भने । प्रभावकारी रुपमा गरिएको नहर व्यवस्थापन कार्यले हिउद लागे सगै सिचाईको अभावमा समस्या भोग्दै आएका किसानका लागी ठुलो राहत हुने अर्का स्थानिय रामशंकर गुप्ताले बताए ।
कोभिडका कारण रोजगारी गुमाएका श्रमिक सगै गरिब र बिपन्न श्रमिकको श्रम कार्यक्रमबाट करिब १ हजार हेक्टर जग्गाको क्षेत्रफलमा सिचाईको पहुँचलाई निरन्तरता गराउने उद्धेश्यले कार्यक्रम अगाडी बढाईएको लिडो नेपालका ईन्जिनियर राजु यादवले बताए । कार्यक्रम अन्र्तगत नौडिहवा देखी हथिहवा सम्म ७ किलोमिटर क्षेत्रफलको नहर र नन्दनगर देखी सिसहनीया सम्मको ३ किलोमिटर कुलोको व्यवस्थापन कार्य अगाडी बढाईएको उनले जानकारी दिए । मुख्य नहर डेढ मिटर देखी ४ मिटर सम्म चौडाईको रहेको र त्यहाँ जम्मा भएको फोहर, प्लास्टिक, घास र शिल्डका कारण पानीको बाहाब रोकिदाँ बाह्र मासे सिचाई हुन नपाएको उनले जनाए । नहरमा जम्मा भएको १० सेन्टिमिटर देखी १ मिटर सम्मको फोहोर निकाल्नुका साथै भत्किएको डिललाई मर्मत गरेर सिचाईयोग्य बनाएको उनले बताए । “नहर व्यवस्थापन सगै भुतहा बाध देखी हथिहवा सम्म बाहै्र मासे पानीको बहाब भएर सिचाँई सुबिधा उपलब्ध हुनेछ ।” उनले भने ।

कार्यक्रम अन्र्तगत १ सय जनाले २० दिन गरि २ हजार श्रमदिन रोजगार पाउने छन जसमा एक अपाङ्ग सहित ९४ पुरुष र ६ महिला श्रमिक काममा खटिएका छन । श्रमिकको रकम सदुपयोगका लागी संस्थाले सबै श्रमिकको बैङ्क खाता खोलाएर दैनिक ७ सय रुपैया दरको ज्याला रकम १०÷१० दिनमा श्रमिकको खातामा पठाउने व्यवस्था मिलाईएको कार्यक्रमका संयोजक सरोज बेल्बासेले बताए । काममा खटिने श्रमिकका लागि हेल्मेट, बुट, गलब्स, ज्याकेट लगायतका सुरक्षा सामाग्री दिईएको छ । त्यसै गरि उनीहरुले प्रयोग गरेको हसिया, कोदालो र बेल्चा समेत उनै श्रमिकले पाउने छन । “नहर व्यवस्थापन नहुदाँ बर्षौ देखी हिउद पछि बालीनालीमा सिचाई गर्न नपाएका किसानलाई नहर र कुलो व्यवस्थापनले सिचाई गरि कृषी उत्पादन बढाउन सहयोग पुग्ने छ ।” उनले भने ।
शुद्धोधन गाउँपालिकाको सिचाईको मुख्य बाँधको रुपमा रहेको वडा नम्बर १ र २ को साँधमा पर्ने भुतहा बाध जोडिएको नहर तथा त्यसको कुलोको व्यवस्थापन र मर्मत सम्भार गरि सिचाईयोग्य बनाईए सगै किसानले राहत पाउने लिडो नेपालका अध्यक्ष अतहर कमालले बताए । “यहाँका किसानको लाईफलाईनको रुपमा रहेको भुताहा बाध सँग जोडिएको सिचाई नहर र कुलोको स्थानिय श्रमिकको श्रम प्रयोग व्यवस्थापन गरेर सिचाईको पहुँचलाई बृद्धि गरेका छौं ।” उनले भने । सरकारी योजनाहरुलाई यस्तै आवश्यकतामुखी कार्यक्रमका रुपमा अगाडी बढाउन सके कार्यक्रमको प्रभावकारीता बृद्धि हुने अर्का स्थानिय बिश्वम्भर चाईको सुझाव थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?