© २०२३
राष्ट्रिय जनमोर्चा रूपन्देहीले बुटवल स्थानीय तह र प्रादेशीक संरचना विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । बोल्दै राष्ट्रिय जनमोर्चाकी प्रवक्ता तथा सांसद दुर्गा पोैडेलले प्रादेशीक संरचना चलाउन सरकारले कर बढाएको बताईन । जनतालाई प्रादेशीक संरचना भार भैरहेको बेला स्थानीय तहको वजेट कटौती गरेर प्रदेश चलाउन नहुने बताईन ।
उनले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएर जनतालाई अधिकार र विकास दिनुपर्ने बताईन । संघीयताले देशलाई कमजोर बनाएको दावी गर्दै राष्ट्रिय जनमोर्चा सैद्वान्तिक रूपमा संघीयता बिरोधी नभएको उल्लेख गर्दै आर्थिक, भौगोलिक, सांस्कृतिक रूपले नेपालले संघीयता धान्न नसक्ने भएकाले संघीयताको बिरोध गरिएको बताईन । कार्यक्रममा नेकपाका तेजेन्द्र केसीले नेपालमा संघीयताको अभ्यास भैरहेकाले अहिल्यै निष्कर्ष निकाल्ने बेला नभएको बताए ।
नेपाली कांगे्रसका उपसभापति फणिन्द्र शर्माले जनताको चाहाना अनुसार सरकारले काम गर्न नसकेको बताए । नेकपा क्रान्तिकारी माओवादीका नेता केजीकुमार पौडेलले देशमा गणतन्त्र आएपनि जनताको अवस्था पुरानै रहेको बताए । नेपाल मजदुर किसान पार्टी रूपन्देहीका अध्यक्ष हरिसुन्दर वासी, राष्ट्रिय जनमोर्चा रूपन्देही अध्यक्ष वद्रे आलम, पार्टीका दीपक पौडेल, रूपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, टानबहादुर केसी लगायतले बोलेका थिए । à