© २०२३
सुनिल स्मृति गाउँपालिका रोल्पाले सुरक्षा संवेदनशिलता बढेको भन्दै चिन्ता व्यक्त गरेको छ । सोमबार राति गाउँपालिका नजिकै अज्ञात समूहले २ वटा सवारी साधनमा आगजनी गरेको घटनाले सुरक्षा संवेदनशीलता बढाएको हो ।
गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले एक प्रेस विज्ञप्ती प्रकाशित गरि गाउँपालिकामा सुरक्षा संवदेनशिलता बढेको भन्दै दुःख व्यक्त गरेका हुन् । गाउँपालिका अध्यक्ष घर्तीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ गाउँपालिका देखि करिब ५० मिटर दुरीमा मिनिट्रक र १०० मिटर दुरीमा ट्याक्टर रोकी राखेको अवस्थामा अज्ञात व्यक्तिबाट भएको आगजनीबाट गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ । केही महिना अघि गाउँपालिका कार्यालय अगाडी एक व्यक्तिको गोलि हानि हत्या भएको हुनु र राती सोही स्थानमा सवारी साधन माथि आगजनी हुनुले सुरक्षा संवेदनशिलता वढेको ठहर गर्दै सुरक्षाको भरपर्दो व्यवस्था गर्न सुरक्षा निकायको ध्यानकार्षण समेत गराइएको छ । घटना नियोजित भएकाले यथासिघ्र खोजी गरि कानूनी दायरामा ल्याउन विज्ञप्ती मार्फत आग्रह गरिएको छ । गए राती सुनिल स्स्मृती गाउँपालिका–४ सुलिचौर बजारमा अज्ञात समूहले आगजनी गरि २ वटा सवारी साधनमा क्षति पु¥याएका थिए ।
यसरी आगजनी भई क्षति हुने सवारी साधनहरूमा बा ५ ख ८११ को मिनिट्रक र लु ३ त ८७६ को ट्याक्टर रहेको बताइएको छ । चन्द्र ईलेक्ट्रोनिक्स दाङका प्रोपाईटर चन्द्र देव वुढाको उक्त मिनि ट्रकले ईलेक्ट्रोनिक्स सामान ढुवानी गरि दाङवाट सुलिचौर आएको थियो । उक्त गाडीको ईन्जिन जलेर नष्ट भएको तथा पछिल्लो भाग भने सुरक्षित रहेको बताइएको छ । यसैगरि प्यूठानको स्वर्गद्धारी नगरपालिका सारीवाट रोल्पाको सुनिल स्मृती गाउँपालिका ७ तेवाङ तर्फ पराल वोकेर जाँदै गरेको ट्याक्टर समेत सोही स्थानमा आगजनी गरिएको छ । प्यूठानको सारीवाट १५ हजार रूपैयाँमा खरिद गरेको पराल समेत जलेर पूर्ण रूपमा क्षतीग्रस्त भएको वताइएको छ ।
सुलिचौरका स्थानीय व्यापारी कुलवीर पुनको उक्त ट्याक्टर आफ्नै घर अगाडी रोकि राखेको अवस्थामा आगजनी भएको वताइएको छ । टेक्टरमा परालका साथै ३ वटा ड्रममा डिजेल र वच्चाले चढ्ने साईकल समेत रहेको सुनिल स्मृती गाउँपालिका अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाजले जानकारी दिए । गाडी कसले कुन उद्देश्यले आगजनी ग¥यो भन्ने वारे अहिले सम्म खुल्न नसकेको वताइएको छ । आगजनी गर्नेको खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय सुलिचौरले जनाएको छ ।à