ट्रेंडिंग:

>> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति >> सेयर बजार १.९४ प्रतिशतले बढ्यो >> कक्षा १२ को परीक्षा सारिएको छैन, भ्रममा नपर्न बोर्डको अनुरोध >> प्रचण्ड पुगे गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट क्षेत्र >> यमनको बन्दरगाहमा अमेरिकाको भिषण हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु >> इभि गाडीको चार्जिङ स्टेशनसंगै ‘द डेली ग्राइण्ड क्याफे’ सन्चालनमा  >> क्यान्सर पीडित धवलशमशेर राणा हाजिर जमानीमा रिहा हुने तयारी >> ६ महिनापछि पुनः चलायमान भयो हेटौँडा सिमेन्ट उद्योग >> चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री >> शिलन्यास बहिष्कार गरेकी रेणु अन्ततः भरतपुर सडकको उदघाटनमा >> दाउन्ने सडकखण्डमा एकतर्फी रूपमा मात्र गाडी चल्न थाले >> लुम्बिनी प्रदेश सरकारले ल्याउने बजेट घाटाविहीन, टुक्रे योजनाको अन्त्यतर्फ सरकार >> सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो >> सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि… >> राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजिनामा >> भीमाको उपचारमा अस्तालको लापरवाही ठहर, १५ लाख क्षतिपुर्ति भराउन अदालतको आदेश >> लमही–कोइलावास सडकखण्डमा बस दुर्घटना, २१ जना घाइते >> दाल धेरै भयो वा बाँकी रहयो, उसो भए सजिलो तरिकाले पराठा बनाएर खानुहोस् >> आज राष्ट्रिय टोलीका तीन सदस्य सहित त्रिभुवन आर्मी क्लब मैदानमा उत्रिदै  >> बिराटनगर एमालेमा ओली पक्षधर क्लिन स्विप, ढकाल समुह बिजयी >> बारामा साढे तीन क्विन्टल बढी गाँजा सहीत ५ जना पक्राउ >> वीरगन्जमा निषेधाज्ञा हट्यो >> बरूण धवन यो बर्ष बुवा डेभिडसहित थप ३ फिल्ममा देखिदै >> धाक धम्की दिई रकम उठाएको आरोपमा पत्रकार पक्राउ >> आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? >> मेलमिलाप सम्बन्धी आधारभूत तालिम >> स्वेच्छाले अमेरिका छाडनेलाई पैसा देखी हवाई टिकटसम्म निःशुल्क >> आइपिएलमा मुम्बई इन्डियन्सको तेस्रो जित >> सिरहामा चट्याङ लागेर कृषकको मृत्यु >> दोश्रो गुल्मी महोत्सव तयारी पुरा >> सम्पदा दिवसः संरक्षणमा ढिलाई किन ? >> डुबान जोगाउने गुरुयोजनामा आशंका >> राप्तीको बगरमा लटरम्म तरबुजा >> राप्ती साहित्य परिषदले २४ जना स्रष्टा पुरस्कृत गर्दै >> ’ट्रान्सजेन्डर महिला’ अब बेलायतमा ‘महिला’ कोटावाट बाहिर >> शुद्धोधन गाउँपालिकाका अध्यक्ष माथि गोली प्रहार >> स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने >> सुमनाले रास्वपा बैठकमा दिइन् रविलाई राजीनामा बुझाएको जानकारी >> एल डोराडो एवेन्यूमा कविता वाचन तथा ब्याण्डको प्रस्तुति हुने >> सहकारी, लघुवित्त पीडितको पक्षमा राष्ट्रिय मुक्ति पार्टीको ऐक्यबद्धता

पर्यटन शिक्षाको कमजोर बाटो

२१ फाल्गुन २०७९, आईतवार
२१ फाल्गुन २०७९, आईतवार

भौगोलिक, प्राकृतिक र साँस्कृतिक रुपमा नेपाल विविधतापूर्ण राष्ट्र हो । सगरमाथादेखि केचनासम्म अनि मेचीदेखि महाकालीसम्मको भूभागमा भएका सबै श्रोत र सम्पदाहरूमा पर्यटकहरुलाई आकर्षित गर्नसक्ने सामथ्र्य लुकेको पाइन्छ । उत्तरी क्षेत्रमा रहेका सेता हिमालहरु विश्वभरिका पर्यटकहरुको लागि आकर्षणका श्रोतहरु बनिरहेका छन् । पहाडी भूभागका रमणीय भूसतह, त्यहाँका कलकल बग्ने नदीहरु, सुन्दर तालतलैया अनि विविधतापूर्ण सामाजिक–सास्कृतिक जीवनका साथै तराईका वनमा विचरण गर्ने पाटेबाघ, गैडा, हात्ती, कृष्णसार जस्ता जीवजन्तु र यहाँको हरियाली पर्यटकहरुको लागि आकर्षणका केन्द्रहरु हुन् । नेपालमा विदेशी पर्यटकहरु आउन थालेको ७० वर्षभन्दा बढी समय पुगिसकेको छ । पर्यटन क्षेत्रमा निजी र सरकारी क्षेत्रबाट ठूलो लगानी पनि भैसकेको छ । पर्यटकीय पूर्वाधार निर्माण, प्रचार प्रसार जस्ता कामहरुसमेत निरन्तररुपमा भैरहेको छ । अहिले नेपालमा पर्यटन क्षेत्र रेमिट्यान्स पछि सबैभन्दा बढी विदेशी मुद्रा भित्राउने क्षेत्र बनेको छ । पर्यटन क्षेत्रमा ठूलो जनशक्ति संलग्न रहेको छ भने कूल ग्राहस्थ उत्पादनमा यस क्षेत्रको योगदान करिब ५ प्रतिशत रहेको छ । नेपालमा साक्षरता वृद्धि भैरहेपनि पर्यटनलाई बुझेको जनशक्ति अर्थात् पर्यटन शिक्षा पाएको जनशक्ति कम छ । यही कारणले गर्दा नेपालमा पर्यटकहरुलाई ल्याउन, राख्न र सेवा प्रदान गर्न समस्या भएको छ र नेपालले आशातीत रुपमा पर्यटकहरु पाउन सकेको छैन ।

पर्यटन शिक्षा

पर्यटन क्षेत्रप्रति सकारात्मक धारणा विकास गराई पर्यटन कार्य र पर्यटन व्यवसायमा संलग्न हुनको लागि आवश्यक पर्ने ज्ञान, सिप र धारणाको विकास गराउने शिक्षा नै पर्यटन शिक्षा हो । पर्यटन शिक्षाले पर्यटकीय सम्पदाहरुको जानकारी दिने काम मात्र नगरी पर्यटन क्षेत्रमा कसरी संलग्न हुने ? पर्यटनबाट कसरी प्रत्यक्ष वा अप्रत्यक्ष लाभ लिने भन्ने जानकारी गराउँछ । पर्यटन शिक्षाले पर्यटन व्यवसाय संचालन र व्यवस्थापन गर्नका लागि आवश्यक दक्षता विकास गर्छ । यो शिक्षा व्यवहारिक हुने गर्छ र रोजगारीका साथै उत्पादनमा संलग्न गराउछ । नेपालमा होटेल व्यवस्थापन, ट्रेकिंग गाईड, पर्वतारोहण गाईड, ट्राभल एजेन्सी, टुर प्याकेज अपरेटर, टुरिज्म मार्केटिङ्ग जस्ता क्षेत्रहरुको लागि आवश्यक जनशक्ति पर्यटन शिक्षाबाट नै तयार हुन्छन् । यसबाहेक पर्यटकहरुको हाउभाउ बुझ्न, उनीहरुलाई सत्कार गर्न, उत्पादनहरुलाई पर्यटन बजारमा लैजान र बिक्री गर्न पर्यटन शिक्षा आवश्यक हुन्छ, पर्यटन शिक्षा पाएको व्यक्तिले घुमफिर गर्न, आफूले देखेको कुराहरुको जानकारी दिन र अरुलाई घुम्न प्रेरित गर्न सक्छ ।

पर्यटन नीतिमा पर्यटन शिक्षा

पर्यटन नीति २०६५ मा पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई उपयुक्त प्रशिक्षण दिन नसक्दा स्तरीय सेवा र त्यसबाट बढी लाभ लिन एवं सेवा सुविधाको विस्तार गर्न नसकिएको कुरालाई पर्यटन क्षेत्रको एक समस्याको रुपमा उठान गरिएको छ । यिनै कुरालाई मध्यनजर गर्दै पर्यटन पर्यटन सेवाको सँख्यात्मक तथा गुणात्मक अभिवृद्धिका लागि मानव संसाधनको विकास तथा व्यवस्थापन गर्ने कुरालाई पर्यटन नीतिको रुपमा स्वीकार गरिएको छ (नीति ८ ज) । यस नीति अन्तर्गत पर्यटन सेवामा गुणस्तर अभिबृद्धि गर्न सरकारी र निजी क्षेत्रमा स्थापित अध्ययन संस्थान वा तालिम केन्द्रबाट सञ्चालन हुने पर्यटन सम्बद्ध अध्ययन तथा तालिम कार्यक्रमलाई समय सापेक्षरुपमा गुणस्तरीय र प्रभावकारी बनाइने, पर्यटन क्षेत्रसँग सम्बन्धित मानव संशाधनको विकासमा जोड दिइनुका साथै यस क्षेत्रमा निजी क्षेत्रको संलग्नतालाई बढावा दिइने, पर्यटन क्षेत्रको जनशक्ति उत्पादन गर्ने नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान ९ल्ब्त्ज्ः० लाई छाता संगठनको रुपमा विकास गरी निजी क्षेत्रको संलग्नतामा प्रभावकारी जनशक्ति उत्पादन गर्ने नमूना केन्द्र ९ऋभलतभच या भ्हअििभभलअभ० को रुपमा विकास गरी यस संस्थालाई छुट्टै ऐनद्वारा व्यवस्थित तथा आत्मनिर्भर बनाई पर्यटन सम्बन्धी जनशक्ति विकास कार्यक्रमको समन्वय, अनुगमन एवम् नियमन गर्ने निकायको रुपमा विकास गरिने कार्यनीति तय गरिएको छ । त्यसैगरी पर्यटन नीति २०६५ मा पर्यटन क्षेत्रको जनशक्ति विकास गर्न विद्यालय तहदेखि नै पर्यटन विषयलाई पाठ्यक्रममा समावेश गर्न समन्वय गरिने र पर्यटन सम्बन्धी उच्च तहको शैक्षिक उपाधिसहितको शिक्षाका साथै विभिन्न सीपमूलक अल्पकालीन र मध्यकालीन तालिमलाई माग अनुरूप विविधीकरण गरी मुलुकका दुर्गम एवम् सम्भाव्य पर्यटकीय क्षेत्रहरुमा विस्तार गरिने समेत कार्यनिति बनाईएको छ ।

शिक्षा नीतिमा पर्यटन शिक्षा

राष्ट्रिय शिक्षा नीति २०७६ ले निर्धारण गरेका शिक्षाका उद्देश्यहरुमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका अवसरहरूलाई व्यापक विस्तार गरी सबै इच्छुक नागरिकहरूका लागि समावेशी एवम् समतामूलक पहुँच स्थापित गर्दै देश विकासका लागि योग्य, सक्षम, सीपयुक्त र उद्यमशील जनशक्ति तयार पार्ने, ज्ञानमा आधारित समाज र अर्थतन्त्र निर्माणका लागि उच्च शिक्षाको पहुँच र गुणस्तर अभिबृद्धि गरी विभिन्न क्षेत्रहरूमा सक्षम नेतृत्व प्रदान गर्न सक्ने योग्य, दक्ष, वैज्ञानिक, नवप्रवर्तनात्मक, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी र अनुसन्धानमुखी मानव संशाधन विकास गर्नुपनि उल्लेख छ । यी दुई नीतिहरु पर्यटन शिक्षाको हकमा समेत लागू हुन्छन् । यो उद्देश्यलाई पूरा गर्न राष्ट्रिय, प्रादेशिक र स्थानीय श्रम बजारको आवश्यकता एवम् प्राथमिकताका आधारमा योग्यता र क्षमता अनुसार सान्दर्भिक, उपयोगी, गुणस्तरीय र प्रतिस्पर्धी प्राविधिक तथा व्यावसायिक शिक्षा र सीप विकासका अवसरहरू सबैलाई प्रदान गर्ने रणनीति ९.९ मा निर्धारण गरिएको छ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले पनि विद्यालय शिक्षामा रोजगार र स्वरोजगारमुखी जनशक्ति उत्पादन गर्नेतर्फ विशेष ध्यान दिइने छ भन्ने कुरालाई पाठ्यक्रमको आधार बनाउने उल्लेख गरेको छ । यस अनुसार श्रमप्रति सम्मान एवम् सकारात्मक सोच भएका, रोजगार तथा स्वरोजगार उन्मुख, उत्पादनमुखी, उद्यमशील र सिपयुक्त नागरिक तयार गर्ने, व्यक्तिको सामाजिकीकरणमा सहयोग गर्दै सामाजिक सद्भाव तथा सहिष्णुता र राष्ट्रिय एकता सुदृढ गर्न सहयोग पु¥याउने छ. प्राकृतिक तथा राष्ट्रिय सम्पदा र पर्यावरणको संरक्षण, संवर्धन र सदुपयोग गर्दै दिगो विकासमा योगदान गर्ने सचेत नागरिक तयार गर्नुलाई विद्यालय शिक्षाका राष्ट्रिय उद्देश्यहरु अन्तर्गत राखिएको छ । राष्ट्रिय सम्पदा र प्राकृतिक श्रोतको सदुपयोग गर्दै दिगो विकास गर्नको लागि पर्यटन विकास मुख्य उपाय हो । यसरी विद्यालय शिक्षाका राष्ट्रिय उद्देश्यहरुमा पर्यटन शिक्षालाई समावेश गर्ने आधार निर्माण भएको देखिन्छ ।

नेपालमा विद्यालय तहमा पर्यटन शिक्षा

नागरिकमा व्यवसायिक धारणा विकास गर्ने र सिप सिकाउने सबैभन्दा तल्लो तह विद्यालय तह हो । यो तहको अध्ययन गरेपछि विद्यार्थीहरुले आफूले भविष्यमा कस्तो पेशा व्यवसाय रोज्ने ? समाजमा कसरी योगदान दिने भन्ने निर्णय गर्न सक्षम हुन्छन् । विद्यार्थीहरुको भविष्यको धारणा विकास गर्न उनीहरुले अध्ययन गर्ने पाठ्यक्रमको मुख्य भूमिका रहन्छ । विद्यालय तहका हरेक कक्षाहरुमा इतिहास, सम्पदा, संस्कृति, भ्रमण, रोजगारी सम्बन्धी विषयवस्तुहरु समावेश गरेको पाइन्छ । यी विषयवस्तु प्रत्यक्ष रुपमा पर्यटनसंग सम्बन्धित छन् । पर्यटनसंग सम्बन्धित विषयवस्तुहरु नेपाली, अंग्रेजी, सामाजिक अध्ययन, अर्थशास्त्र जस्ता विषयहरुमा छरिएका छन् । विद्यालय तहको पाठ्यक्रम अध्ययन गर्दा वर्तमान पाठ्यक्रमले पर्यटन शिक्षा प्रदान गर्ने खालको देखिदैन । कक्षा १२ सम्मका पाठ्यक्रम नेपालको कला संस्कृति, सम्पदा, प्राकृतिक विविधता जस्ता कुराहरु बुझाउन अपर्याप्त रहेको देखिन्छ । प्रत्येक कक्षामा पर्यटन शब्द जोडिएर आएका केही पाठहरु भएपनि पर्यटन जनशक्ति उत्पादन गर्ने खालका कुनैपनि विषयवस्तुहरु विद्यालय तहमा पढाईने पाठ्यक्रम र पाठ्यपुस्तकमा छैनन् । विद्यालय तहको माथिल्लो कक्षाहरुमा पर्यटन सम्बन्धी छुट्टै विषयहरु भएपनि ती विषयहरु पठनपाठन हुने विद्यालयहरुको संख्या नगन्य छ । विद्यालय शिक्षा हासिल गरेर पर्यटन क्षेत्रमा भविष्य खोज्न चाहनेहरुले विद्यालयमा पर्यटन सम्बन्धि सामान्य ज्ञान र सिप हासिल नगरी पर्यटन क्षेत्रमा प्रवेश गर्नुपर्ने बाध्यता छ, जसले गर्दा नेपालको पर्यटन क्षेत्र व्यवसायिक र प्रतिष्पर्धी बन्नमा समस्या भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission