© २०२३
गुल्मी, १९ फागुन- रुरु क्षेत्र गाउँपालिका ३ अन्तर्गत रहेको थोर्गा गाउँ उखु खेतीको लागि प्रख्यात छ । त्यहाँका किसानहरूको मुख्य आम्दानी उखु हो । बारीमा लगाएको उखु काट्न यतिबेला त्यहाँका किसानहरूलाई भ्याइनभ्याई छ । बिहानैदेखि साँझसम्म अधिकांस किसानको समय उखुबारीमै बित्ने गर्दछ । यो समय थोर्गेलीहरूका लागि उँखु पेलेर खुदो र गुड बनाउन ब्यस्त छन ।
बारीमा लगाएको उखुले राम्रो बजार पाउन थालेपछि गुल्मीका किसानले उखुको रसबाट खुदो र गुड (सखर) बनाएर आजभोलि राम्रो आम्दानी गर्न थालेका छन् । थोर्गामा परम्परादेखि खुदो र गुड उत्पादन गर्दै आएका चोलानाथ ज्ञवालीले यतिबेला उखुको खुदो र गुड बिक्री गरेर वार्षिक ६ लाख भन्दा बढी आम्दानी गर्दै आएका किसान हुन । थोर्गाको खुदो र गुड नेपाली बजारमा परिचित नाम हो । ‘थोर्गाको गुँड र खुदो कोशेलीको रूपमा छिमेकी जिल्लादेखि बिदेशसम्म पुग्ने गरेको छ, यहाँको गु“ड भनेपछि नेपालका धेरै जिल्लामा प्रख्यात भैसकेको छ’ ज्ञवालीले भने ।
उखुका लागि जिल्लाकै पकेट क्षेत्र मानिएका बलेटक्सार, थानपति, थोर्गा, हर्दिनेटा, दिगाम र हु“गाका किसानले उँखुको व्यवसायिक खेतीलाई विविधिकरण गरेर आम्दानी गर्न थालेका हुन् । खुदो र सखर बिक्री गरेर किसानले बार्षिक ६ लाख रूपैंयासम्म आम्दानी गर्ने गरेका छन् । जिल्लाभर खुदो र सखर बिक्रीको कारोबार २ करोड भन्दा बढी छ ।
गुल्मीको रिडी–तम्घास सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका ३ थोर्गाका किसानले उत्पादन गरेको खुदो र गुड उपहारका रूपमा स्थानीय बजारदेखि बुटवल, पोखरा, काठमाडौं लगायत कोशेलीको रूपमा विदेशसम्म पुग्ने गर्दछ । देशका विभिन्न ठाउँहरूमा आयोजना हुने ब्यापारिक मेला महोत्सव र औद्योगिक प्रदर्शनीमा थोर्गाको गुड देखेपछि मानिसहरूले खोजीखोजी लैजाने गर्दछन् । किसानले बारीमा लगाएको उँखु काटेर सफा गरेपछि त्यसलाई गोरुको प्रयोग गरेर काठ तथा फलामबाट बनेको मेसिनको माध्यमबाट रस निकाल्छन् । उखुबाट निकालेको रसलाई फिल्टर गरेर आगोमा पकाएपछि खुदो तयार गरिन्छ । खुदो तयार गरेपछि त्यसलाई फेरि साना–साना भा“डामा पकाएर बाक्लो बनाई मसला र विभिन्न स्वादजन्य सामग्री राखी तयारी गरेर निश्चित साईज अनुसारका भा“डामा राखेपछि गुड तयार हुन्छ ।
गुड स्वादका लागि पा“च प्रकारको हुन्छ । सादा, मसलेदार, फसफसे, चकलेटी र हाडे । गुड बनाउनका लागि खुदो पकाएर बाक्लो बनाई साना भा“डामा राखेर तयार गरिन्छ । बदाम, नरिवल, सोंफ लगायतका मसला राखेर तयार पारिएको गु“डलाई मसलेदार भनिन्छ । जुन अन्य गुडको तुलनामा बजारमा माग पनि बढी हुन्छ । केटाकेटी र किशोर किशोरीका लागि मुखमा राखेर चपाईराख्नका लागि हाडे गुड तयार गरिन्छ । जिल्लामा सादा गुड २ सय २० रूपैंया र मसलेदार गुड २ सय ५० रूपैंया भन्दा बढी किलोमा बिक्री हुने गरेको थानपतिका थोर्गेली गुड उद्योगका सञ्चालक इन्दुबर ज्ञवालीले बताए । त्यस्तै खुदो प्रति लिटर १ सय ७० रूपैंयाँमा बिक्री हुँदै आएको छ ।
थानपतिका इन्दुबर ज्ञवालीले थोर्गेली गुड उद्योग खोलेर बर्षौदेखि खुदो र गुड मात्र उत्पादन गर्दै आएका छन । ज्ञवालीले खुदो र गुड बिक्री गरेर बार्षिक ५ लाख रूपैंयाँ आम्दानी गर्दछन । ‘घरमै सामान्य भा“डाको प्रयोगबाट गुड बनाउन सकिने भएकाले यसको स्वाद पनि मिठो हुन्छ, त्यसैले मानिसहरू घरमै आएर खोजीखोजी लैजाने गर्छन’ ज्ञवालीले भने । उनले छिमेकीहरूको जग्गा भाडामा लिएर ३२ रोपनी क्षेत्रफलमा उखु खेती गर्दै आइरहेका छन् ।
रुरुक्षेत्र गाउँपालिकाले पनि उखु किसानहरूका लागि बीउमा अनुदान उपलब्ध गराउने योजना बनाएको छ । किसानहरूलाई व्यवसायीक बनाउनका लागि पालिकाले आधुनिक मेशिन स्थापना गरि मिठाई उत्पादन गर्ने र त्यसको प्याकेजिङ्ग र ल्याबलिङ्ग गरेर बिक्रि गर्ने योजना बनाएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताए । उनले थोर्गाको खुदो र गुँडलाई पुर्ण रूपमा अर्गानिक बनाउनका लागि पालिकाबाट यस वर्ष उखु किसानहरूका लागि प्राङ्गारिक मल समेत उपलब्ध गराउने कार्यक्रम रहेको बताए ।
कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीेका अनुसार जिल्लाको खेती योग्य जमिन मध्ये एक सय ७२ हेक्टर क्षेत्रफलमा व्यवसायीक उँखु खेती गरिएको छ । उक्त क्षेत्रफलमा वार्षिक चार करोड मूल्य बरावरको उखु उत्पादन हुने गरेको भण्डारीले बताए । उनले उत्पादनको विविधिकरणसँगै उत्पादनमा वृद्धि गर्दै यसको क्षेत्रफल विस्तार गर्ने योजनामा रहेको बताए । जिल्लाको रुरुक्षेत्र र छत्रकोट गाउँपालिकामा गरि चार सय २८ घरधुरीका किसानहरू व्यावसायीक उखु खेती गर्दै आएका छन । खुदो र गुँड गरि करिब दुई करोड बराबरको बाहिर निर्यात हुँदै आएको छ भने अन्य आन्तरिक बजारमा खपत हुँदै आईरहेको कृषि अधिकृत हरि प्रसाद आचार्यले बताए । आजभोलि त्यस क्षेत्रमा उखुको उत्पादनसँगै उखुमा लाग्ने रातो कुहिने रोग किसानहरूका लागि समस्या र चिन्ताको विषय बनेको छ ।