© २०२३
‘वातावरण सफा गरौं स्वस्थ बनौं आफ्नो गाउँ आफै बनाऔं’ भन्ने मुल नाराका साथ कालीगण्डकी गाउँपालिका ७ छापचौर गुल्मिका युवाहरूले दीपावलीमा भैलो खेलेर जम्मा भएको रकमबाट फोहरमैला राख्ने डस्वीन वितरण गरेका छन् ।
छापचौर बजारका टोल, टोल र बजार क्षेत्र, भुर्तुङ प्रहरी चौकी, वडा कार्यालय, हेल्थ पोष्ट र दुर्गा भवन मा.बि मा बितरण गरेका हुन् ।
दुर्गा भवन मा.बि मा एक कार्यक्रमको आयोजना गरी युवा समूहका संयोजक हिरा बिक्रम साह, भुर्तुङ वडा अध्यक्ष लोक प्रताव साह, निबर्तमान वडा अध्यक्ष गोपाल प्रसाद श्रेष्ठ, समाजसेवी बुद्धिजीवी, केयरसिह थापा, रुक्मागत शर्मा, कर्ण बहादुर किसान, कृष्ण थापा लगायतले डस्वीन वितरण गरेका थिए । आगामी दिनमा छापचौर बजारसंगै वडाका सबै स्थानहरूमा सडक बत्तिको र डस्टबिनको पनि ब्यवस्था गरिएको अनिस ढकालले जानकारी दिए ।