© २०२३
बुटवल,१९ फागुन । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत शुक्रबार भइरहेको खेलमा पपुवा न्युगिनी पिएनजीले नेपालसामु जितका लागि १८० रनको लक्ष्य दिएको छ।
युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पिएनजीले ४९ ओभर २ बलमा सबै विकेट गुमाएर १७९ रन बनाएको हो।
पिएनजीका लागि टोनी उर्राले सर्वाधिक ३९ रनको योगदान गरे। हिरि हिरिले ३१ तथा किप्लिन डोरिगाले २६ रन जोडे। कप्तान असद भाला पनि ११ रन बनाएर सस्तैमा समेटिए।
बलिङतर्फ दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीले २र२ विकेट लिएका छन्। सन्दीप लामिछाने र कुशल मल्लले १र१ विकेट लिए।
तेस्रो स्थानमा रहेर एकदिवसीय मान्य जोगाउँदै विश्वकपको क्वालिफायर खेल्न नेपाल र युएई मुख्य प्रतिस्पर्धामा छन्।
समान खेल खेलेको युएईको ३१ अंक छ भने नेपालको २८ अंक छ। पिएनजीलाई आज पराजित गरेमा नेपालको ३० अंक पुग्नेछ भने युएईसँगको अंक दूरी एक अंकले घट्नेछ।
सीधै विश्वकप छनोट खेल्न नेपाललाई बाँकी सबै ६ खेल जित्नुपर्ने दबाब छ। यस सिरिजअन्तर्गत नेपालले अब आगामी सोमबार युएईसँग खेल्नेछ। आइतबार पिएनजीसँग हुने खेलमा युएई पराजित भएमा नेपाललाई थप फाइदा पुग्नेछ।