© २०२३
गैडहवा गाउँपालिका वडा नं.३ गौवडौरीमा बढ्दो जाँड रक्सी तथा जुवातास नियन्त्रणमा समुदायका महिलाहरूले सक्रियता बढाएका छन् । गाउँमा बढ्दै गएको मादक पदार्थ सेवन र जुवा तास नियन्त्रणको लागि आईतबार अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुनगाभा सामुदायिक बिकास केन्द्रको आयोजनामा सम्पन्न भएको उक्त अन्तक्र्रिया कार्यकममा त्यस क्षेत्रका महिलाहरूले बढ्दो मादक पदार्थ सेवन र जुवा तास नियन्त्रणको लागि सरोकारवाला सबैलाई सहयोग गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा लुम्बिनी आमा सम्बाद समूहकी बिन्जन चाहिले गाउँमा पुरुषहरूले मादक पदार्थ सेवन गरि घर परिवारमा दुःख दिइरहेको र सधै हो हल्ला भैरहँदा गाउँ नै अशान्त हुने गरेको बताइन । लुम्बिनी आमा संबादकी सचिब रञ्जना चौधरीले अब सबै महिलाहरूले आफ्नै घर बाट यस्को नियन्त्रणमा पहल कदमी चाल्नु पर्ने बताईन ।
लुम्बिनी आमा सम्बाद समुहका सल्लाहकार तथा समाजसेबी तम बहादुर क्षेत्रीले समुदायलाई नमुना बनाउन आफै सचेत भै परिवार र समाजको उत्तरदायित्व बहन गर्न सक्नु पर्ने बताउँदै यस्को लागि मादक पदार्थ सेवनलाई कम गर्नुपर्ने कुरामा जोड दिएका थिए । अन्तरकृयामा सहभागी हुँदै लुम्बिनी किशोरी सम्बाद समुहकी सहजकर्ता पुजा थारुले मादक पदार्थको अत्याधिक सेवनले गर्दा समाजमा बिकृति र बिसंगति बढिरहेको बताइने । कार्यक्रममा उठेका बिषयहरूको बारेमा जवाफ दिँदै गैडहवा गाउँपालिका वडा नं.३ का अध्यक्ष राम अजोर यादबले वडामा बिकृति र बिसंगतिको रूपमा बढिरहेको मादक पदार्थ सेवन तथा जुवातासको अन्त्यको लागि वडाले पहल गर्ने बताए । प्रहरी चौकी पोहवाका इन्चार्ज दिलिप कुमार चौधरीले वडा भित्र हुने जुवातास तथा मादक पदार्थ सेवनलाई न्यूनीकरण गर्न र बजारमा बिकृतिको रूपमा खेलाइने जुवाको अन्त्य गर्न आफु र आफ्नो कार्यालय लागि पर्ने बताउँदै यस कार्यमा स्थानीयको आवश्यक सुझाब तथा सहयोगको आवश्यकता पर्ने बताए । लुम्बिनी आमा सम्बाद समुहका अध्यक्ष तिर्थ कुमारी चौधर, सजकीकरण सुनगाभा सामुदायिक बिकास केन्द्र,रूपन्देहीका इन्दु परियारले गरेकी थिईन ।