ट्रेंडिंग:

>> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो
मुख्य खबर

नेपालगन्ज विमानस्थल टर्मिनल भवनको स्तरउन्नति

१८ फाल्गुन २०७९, बिहीबार
१८ फाल्गुन २०७९, बिहीबार

बाँके  फागुन- नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिको काम शुरु भएको छ । नेपालगन्ज दिल्ली उडानको समय दिर्घकालिन योजना रहेको विमानस्थलको निर्माणको काम बुधवार संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले निरीक्षण गरे । रु ३ अर्ब लगानीमा विमानस्थालको स्तरोन्नति गरिएको हो ।
मन्त्री किरातीले निर्धारित समयमै काम सम्पन्न गर्न निर्माण कम्पनी शर्मा एण्ड कम्पनीलाई निर्देशन दिएका छन् । मन्त्री किरातीले नेपालगन्जदिल्ली उडानको दिर्घकालिन योजनालाई सार्थक बनाउन पूर्वाधार निर्माणको काम उपयोगी हुने बताए । नागरिक उड्यन प्रािधकरणका महानिर्देशक प्रदिप अधिकारीले २० वर्षे गुरुयोजना तयार पारेर सोहीअनुसार काम सुरु भएको बताए ।
उक्त गुरुयोजनाअनुसार नयाँ अत्याधुनिक टर्मिनल भवनको निर्माण सुरु गरिएको नागरिक उयन कार्यालय नेपालगञ्जका सूचना अधिकारी धीरेन् रिजालले जानकारी बताए । उनले काम सुरु गरिए पनि सो टर्मिनल भवनको औपचारिक रूपमा शिलान्यास छिट्टै गरिने जानकारी दिए ।
नागरिक उयन कार्यालय नेपालगञ्जका अनुसार नयाँ टर्मिनल भवन निर्माणका लागि शर्मा कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको र अनौपचारिक रूपमा कामसमेत सुरु गरिसकेको छ । तीन अर्ब रुपियाँको लागतमा तीन वर्षको अवधिमा टर्मिनल भवनको निर्माण पूरा गर्ने गरी शर्मा कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको हो ।
सो टर्मिनल भवन करिब आठ हजार वर्गफिटमा तयार गरिनेछ । सो टर्मिनल भवनलाई आधुनिक मापदण्डअनुसार भन्सार, क्वारेन्टाइन र अध्यागमन कार्यालयसहित आन्तरिक र अन्तर्राष्ट्रिय दुवै किसिमका उडानका लागि निर्माण गरिनेछ । हाल दैनिक ५० देखि ६० वटा उडान हुने गरेको विमानस्थलको करिब ५० वर्ष पुरानो टर्मिनल भवन हालमा आएर निकै सानो तथा जीर्ण भइसकेकाले नयाँ टर्मिनल भवनको आवश्यकता बढ्दै गएको हो ।
निर्माण पूरा भएपछि नेपालगञ्जदिल्ली र नेपालगञ्जलखनउ उडान गर्न सहज हुने पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । हाल एटीआर विमान उडान अवतरण गर्न मिल्ने उक्त विमानस्थलमा गुरुयोजनाअनुसार काम भए आगामी दुई दशकभित्र ठूला विमान पनि उडान र अवतरण गर्न मिल्ने नागरिक उयन कार्यालयले जनाएको छ ।
गुरुयोजनाअनुसार नेपालगञ्ज विमानस्थलको रनवे थ्री सी वर्ग’ अर्थात् एक हजार ५ सय २४ मिटरबाट वृद्धि गरी फोर सी वर्ग’मा दुई हजार ४४५ मिटर लामो बनाइनेछ । त्यसो गर्दा एयर बस ३२० एनईओ मोडेलका ठूला विमान सहजै उडान गर्न सकिने विमानस्थल तयार हुनेछ ।
हाल १ सय ६६ बिघा क्षेत्रफल रहेको विमानस्थलका लागि थप एक सय बिघा जग्गा अधिग्रहण गरेपछि मात्र प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गा पर्याप्त हुने भएको छ । योजनाअनुसार विमानस्थलको निर्माण चार चरणमा पूरा गरिनेछ । पहिलो चरणमा रनवे विस्तार, टर्मिनल भवनलगायतका काम गरिनेछ भने दोस्रो चरणमा विमानस्थल विस्तारदेखि पूर्वाधार निर्माणसम्मका योजना समेटिएका छन् । तेस्रो र चौथो चरणको कामले नेपालगञ्ज विमानस्थल अन्तर्राष्ट्रियस्तरको बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?