ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो
मुख्य खबर

नदीको प्राचिनता खोज्दै पालिका

१८ फाल्गुन २०७९, बिहीबार
१८ फाल्गुन २०७९, बिहीबार

नवलपरासी, फागुन- प्राचिन सभ्यता बोकेको रोहिणी नदी क्षेत्रमा बौद्ध सभ्यताको खोजी गर्ने कार्य रुपन्देहीको रोहिणी गाउपालिकाले थालेको छ । बौद्धकालिन प्राचिन शाक्य राजाहरुको कपिलबस्तु राज्य र कोलिय राजाहरुको कोलिय गणराज्यको सिमा निर्धारण गर्ने रोहिणी नदीलाई प्राचिन सभ्यता र संस्कृति अनुसार पुर्नउत्थान गर्ने उदेश्यले रोहिणी गाउपालिकाले उतm कार्य शुरु गराएको हो ।

रोहिणी नदी क्षेत्रमा बौद्ध सभ्यता र संस्कृति अनुसारको ऐतिहासिक तथा पुरातात्विक पहिचानको खोजका लागि गाउपालिकाले बजेट नै विनियोजन गरि कामको जिम्मेवारी बौद्ध अध्ययेताहरुलाई जिम्मा लगाइएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीप्रसाद गौतमले जानकारी गराए । बौद्ध साहित्यमा रोहिणी नदीको कुरा उल्लेख भएको पाइन्छ । भगवान बुद्ध बेला बोला यहिँ रोहिणी नदीमा आउने कुराहरु पनि उल्लेख भएको भाईन्छ । रोहिणी नदी प्राचिन गणराज्यको सिमा क्षेत्र पर्ने हुदा यसको महत्व राजनीतिक पनि छ । तर त्यो भन्दा पनि विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको पाँउ परेको स्थान रोहिणी नदी आफैमा एक पवित्रा बोकेको स्थान हो । जहाँ भगवान बुद्ध पुगेर विभिन्न धर्मोपदेश गरेका हुन् । रोहिणी नदीले नै गाउपालिकाको नाम पनि रोहिणी गाउपालिका राखिएको हो,उनले भने,तर रोहिणीको प्राचिन इतिहास र बुद्धसँगको अन्तरसम्बन्धलाई खोज र पहिचान गरि रोहिणी नदी क्षेत्रमा प्राचिन सभ्यता अनुसारको पुनः संरचना निर्माण गर्ने,प्राचिनता र ऐतिहासिकता झल्किने गरि पुर्वाधारहरु तयार गर्नका लागि पनि यसको खोज आवश्यक महशुस गरि गाउपालिकाले काम थालेको छ ।

लुम्बिनी विकास क्षेत्रकै बौद्ध अध्ययेताहरुलाई त्यसको जिम्मेवारी दिइएको छ । थोरै मात्रामा बजेट पनि विनियोजन गरिएको छ । रोहिणी नदी क्षेत्रमा प्राचिनता देखिन खालको स्थानको खोजी हुन्छ । सोही अनुसार त्यसको बौद्ध स्थल घोषणा गरिन्छ । घोषणा पश्चात त्यस क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन तयार गरि काम गरिने प्रमुख प्रशासकिय अधिकृत गौतमको भनाई थियो । रोहिणी प्राचिन सम्पदा हो,यसलाई यहाँका पुर्खाले संरक्षण गर्दै आएका छन् । अहिले त्यसै प्राचिनताको आधारमा गाउपालिकाको नामाकरण हुदा त्यसको संरक्षण,प्रवद्र्धन र विकास गर्ने जिम्मेवारी पनि गाउपालिकाकै हो । वृहद लुम्बिनी र बौद्ध परिपथसँगै जोडेर यसलाई बौद्ध पर्यटनको रुपमा विकास गर्न आवश्यक छ । बौद्ध साहित्यमा उल्लेख भए अनुसार कोलिय र शाक्यहरुको प्राचिन काल देखी अन्तरसम्बन्ध भए पनि रोहिणी नदीको पानी खेतीपातीमा उपयोग हुने गरि कोलिय राज्यका जनता र शाक्य राज्यका जनताले रोहिणी नदीमा बाँध बाधेर त्यसको पानीले सिचाई गर्दै आएका थिए ।

एक पटक पानी कम पर्दा नदीमा पानी कम भएको थियो । त्यसले गर्दा बाँधबाट पानी कोलिय र शाक्य मध्ये कस्ले पहिला लैजाने भनेर विवाद सृजना भयो । विवाद बढदै जादा सो विवाद कोलिय र शाक्य राज्य विच युद्ध निम्त्याउने अवस्थामा पुर्यो । सो कुरा भगवान बुद्धले जानकारी पाए पछि बाँध क्षेत्रमा भिच्छुसँघ सहित आएका थिए । र कोलिय राज्यका जनता र शाक्य राज्यका जनतासँग पानी र रगतको मुल्यमा कस्को मुल्य बढि छ ? भनेर सोधेका थिए । भगवानको प्रश्नमा कोलिय र शाक्य दुबै देशका जनताले पानी भन्दा रगतको मुल्य बढि छ भनेर जवाफ दिएका थिए । त्यसो भए रोहिणी नदीको पानीका लागि रगत बगाउने काम तर्फ किन उन्मुख भएका छौ ? भनेर प्रश्न गरे पछि दुबै देशका जनताले भगवान बुद्धको कुरा प्रति सहमत भए । युद्धको अवस्था पर सरेको थियो । युद्धको अवस्था भगवान बुद्धको एक शब्दले शान्तिमा परिणत भयो । शाक्य र कोलिय राज्यका जनता दुबैले अहंकार र प्रतिसोधको कारण रगत बग्छ । सहकार्य गरियो भने शान्ति बढछ । शान्ति पुर्ण तरिकाले दुबै राज्यका जनताले रोहिणीको पानी पालैपालो उपयोग गरे । भगवान बुद्धलाई कृतज्ञता प्रकट गर्दै अब देखी आपसमा मिलेर बस्ने प्रतिवद्धता जनाएका थिए ।

भगवान बुद्धले अन्य क्षेत्रमा पनि द्धन्द्धको समाधानका उपायमा रोहिणी नदी क्षेत्रमा भएका आपसी समझदारीलाई उदाहरणको प्रस्तुत गर्दै द्धन्द्ध र विवाद समेत मिलाउने गरेका थिए । उनले रोहिणीको बाँध क्षेत्रमा कोलिय र शाँक्य राज्यका बढापाखाहरुले विवाद समाधानका लागि बाँधमा जसरी पराल राख्ने,माटो राख्ने क्रम जोडदै बाँधको निर्माण हुन्छ । त्यसै गरि एकले आर्कालाई सहयोग गरि शान्ति स्थापनाको बाँध निर्माण हुन्छ । एक आपसको सदभाव प्रकट गरिएको रोहिणी नदी प्राचिन कालमा उदाहरणिय स्थान हो । सोही स्थानको खोज आज आवश्यक छ ,विश्व शान्तिको मुहान सिद्धार्थ गौतमको जन्मस्थल लुम्बिनी भए पनि ति स्थान बुद्धको जन्म स्थल हो,प्रमुख प्रशासकिय अधिकृत गौतमले भने,तर बास्तविक शान्तिको सन्देश दिएको स्थान रोहिणी नदी किनार हो,जहाँबाट शान्तिको सन्देश विश्व भरिका लागि उदाहरणिय बन्न सक्छ । धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्नका लागि रोहिणी किनारको सभ्यता र बाँधको खोज आधुनिक कालमा गर्न आवश्यक छ । खोजले लुम्बिनीमा आउने बौद्ध तिर्थयात्रीलाई शान्ति महशुस गर्ने स्थानको रुपमा रोहिणी नदी क्षेत्रलाई बनाउन सकिन्छ । बौद्ध साहित्यमा अध्ययन गरेर आउने विश्वभरीका बौद्धतिर्थ यात्रीलाई प्रत्यक्ष अनुभुति गराउन र बास्तविक स्थान देखाउने गरि रोहिणी बाँध क्षेत्रको खोजी भई रहेको उनले बताएका थिए ।

खोजी गरेर घोषणा पश्चात प्राचिनता झल्किने गरि त्यसको विकास तर्फ जाने गाउपालिकाको योजना रहेको रोहिणी गाउपालिकाकी उपाध्यक्ष शिवकान्ति चमारले बताईन् । यसमा सबै सरोकारवालाले सहयोग गर्नका लागि समेत उनले आग्रह गरेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?