© २०२३
भारतमा मुद्दा खेपि रहेका २४ जना नेपालीहरूको लागि न्यायको माग गर्दै भैरहवामा शान्तीपूर्ण ¥याली सम्पन्न गरिएको छ ।
पूर्णब्रहम कबीर उपासक समाज नेपालले भारतको हरियाण राज्यमा हिसारमा नेपालीहरूले दुःख पाएको बताउदै उनीहरूको मुद्दा बारे नेपाल सरकारको ध्यानाकर्षण गराउन भैरहवामा प्रदर्शन गरेका हुन । मुद्दा फिर्ता लिन दबाब स्वरूप भैरहवामा ¥यालीको आयोजनाको साथै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।
संत रामपालको अनुयायी रहेको नेपालीहरू हिसारको सतलोक आश्रममा सत्संग गर्न गएको समय झुठो मुद्दामा परेको समाजका उपाध्यक्ष केशव प्रसाद मैनालीले बताए । उनले तत्कालीन समयमा हरियाण प्रहरीले नेपाली लगायत करिब ९ सय भक्तहरूलाई पक्राउ गरि अमानविय यातना दिएको आरोप लगाएका छन् । सन् २०१४ मा सत्संगको क्रममा भागदौड हुदा सत्संगमा आएका केही भक्तहरूको मृत्यु भएको थियो । उनीहरूको हत्या आरोपमा अहिले २४ जना नेपालीले पनि मुद्दा खेपिरहेको समाजको आरोप छ ।
केही अपराध नै नगरि मुद्दा खेपि रहेका नेपालीलाई भारतको अदालतले जनही १ लाख रूपैयाँ धरौटीमा तारेखमा छोडेको उनले बताए । अहिले पनि नेपालीहरू आफु निर्दोष रहेको बताउदै तारेखको लागी धाउदा समेत नेपालले केही पहल नगरेको समाजका सदस्य तिर्थ कार्कीले बताए । उनले पटक पटक नेपालका उच्च ओहोदाका कर्मचारी साथै राजनीतिकर्मिहरूको ध्यानाकर्षण गर्दा पनि त्यस तर्फ कसैको हल नभएको बताए । सरकारलाई नेपालीहरूको अवस्थाबारे जानकारी दिन तथा उनिहरूको मुद्दा फिर्ता गराउने प्रक्रियाको लागी ध्यानाकर्ष गराउन नेपालको पोखरा, भैरहवा र जनकपुरमा एकै पटक शान्तिपूर्ण प्रदर्शन गरिएको कार्कीले जनाए ।