© २०२३
बिश्वभरि सडक दुर्घटनामा परी ज्यान गुमाउनेको सम्झनामा बुटवलमा दीप प्रज्वलन गरिएको छ ।
सुरक्षित यात्रा अभियान नेपालले बुटवलको अस्पताल लाईनमा सडक दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा कार्यक्रम गरेको हो । दीप प्रज्वलन कार्यक्रममा बोल्दै पाँच नम्बर प्रदेशका भौतिक पूर्वाधार बिकास योजना मन्त्री बैजनाथ चौधरीले सडक दुर्घटना बढेको बताए । नेपालमा दैनिक ६ जना सम्मको सडक दुर्घटनाबाट मृत्यु तथा घाईते हुने गरेको भन्दै यसको रोकथाम गर्नु जरुरी रहेको बताए । हामीले प्रदेशमा बिभिन्न सडक तथा यातायात ऐन बनाउन लागेको भन्दै बिना योजना बिना इन्जिनियर सडक खनेका कारण पनी दुर्घटना हुने गरेको बताए ।
दुर्घटना नियन्त्रण गर्न सडक यातायात क्षेत्र हेर्ने गरी छुट्टै संयन्त्र आवश्यक रहेको बताए । सुरक्षित यात्रा अभियान नेपालका अध्यक्ष नारायण प्रसाद अधिकारीले सडक दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दिप प्रज्वलन कार्यक्रम आयोजना गरेको भन्दै नेपालमा दैनिक सडक दुर्घटना बढेको भन्दै राज्यले सडक सुरक्षित बनाउनु जरुरी रहेको बताए ।
सवारी साधनको आयात बढी भइरहेको भन्दै सडक बिस्तार आम सर्वसाधारणका लागि दुर्घटना बारे जनचेतना तथा स्कुलस्तरीय सडक प्रयोग तथा ट्राफीक शिक्षा जरुरी रहेको बताए । कार्यक्रममा दिनेश पान्डे लगायतले बोलेका थिए । à