ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते
मुल खबर

प्लटिङ्गमा लफडा हुँदा सडकको विचमा खम्बा

१७ फाल्गुन २०७९, बुधबार
१७ फाल्गुन २०७९, बुधबार

चन्द्रौटा (कपिलवस्तु),  फागुन ।

कपिलवस्तुकाे शिवराज नगरपालिका वडा नम्बर ५ का सामान्य परिवारका मनीराम थारु एक कृषक हुन् । उनी सपना बुनेर साेही वडाकाे नाैडिहवा टाेलमा कित्ता नम्बर  ३९८१, ३९८२ र ३९६४ छाे. भगवानपुर ८ (क) काे दुई कठ्ठा पाैने एक धुर क्षेत्रफल रहेकाे जग्गा खरिद गरे ।
मनिरामकाे सहित स्थानीय झिन्कन थारु, भुसनी थारु र कर्मनीया थारुले समेत साेही स्थानमा प्रति एक कठ्ठाका दरले जग्गा खरिद गरेका थिए । त्यस लगत्तै केही समय पछि स्थानीय छविलाल बन्जाडे र शिव प्रसाद हरिजन (छाेटु) सहितकाे नेतृत्वकाे एक टाेलिले बाटाे निकास गरि दिने भन्दै प्लाटिङकाे लागि उनीहरुलाई प्रस्ताव गरेका थिए ।
साेही प्रस्ताव अनुसार बाटाे निकासका लागि एक कठ्ठा बराबर ४ धुर जग्गा दिने वा जग्गा नभए चलन चल्तीको रेटमा पैसा दिने भनी उनीहरुको आपसी सहमति भयाे । त्यसैअनुरुप थारुले प्लाटिङकाे नेतृत्व गर्ने छाेटुलाई मनिरामले ७ लाख ५० हजार हुना आएकाेमा ७ लाख रुपैया नगद दिएकाे उनी बताउँछन् । यसरी लामाे समय सम्म आफ्नाे पैसा वा जग्गा प्लाटिङ पक्षले आफूलाई फिर्ता नदिँदा कालाेपत्रे सडकमा पाेल गाडेको थारुले बताए ।
आफूले पटक-पटक प्लाटिङ पक्षसँग फिर्ता गर्न आग्रह गरेकाे बताउँदै नापजाँच गर्दा जहाँसम्म आफ्नाे क्षेत्रफल आएकाे त्यहि भागमा पाेल गाडेको उनकाे भनाइ छ । प्लाटिङ्ग गर्नेहरुको लापरवाहीले अहिले सडकभर पोल ठाडिएकाे स्थानीयकाे आराेप छ ।
कालोपत्रे सडक निर्माण गर्दा आफूलाई कसैले नबोलाएको जनाउँदै पछि नापजाँच गर्दा सडक आफ्नो जग्गामा परेको थारुले बताए । थारुले भने :`कुनै जानकारी बिना सडक निर्माण भयो मेरो अधिकांश जग्गा सडकमा परेको छ’ उनले थपे :”यसरी कसैको जग्गामा सडक बनाउने अधिकार छैन ।” नौडिहवा गाउँको दक्षिणतर्फ रहेको कालोपत्रे सडकमै पोल गाडेपछि सवारी हिँड्डुलमा समस्या समेत भएकाे छ ।
यता प्लाटिङ पक्षका छविलाल बन्जाडेले सडक बनाउँदा नाप जाँच गरेकाे भएपनि पुनः थारुले नापजाँच गर्दा फरक देखिएको हुन सक्ने बताए । प्लाटिङ पक्षकै लापरवाही रहेकाे स्वीकार गर्दै उक्त जग्गामा प्लटिङ्ग गरेको कम्पनीसँग छलफल गरेर निर्णय गरिने बन्जाडेले जनाए ।
यस्तै प्लाटिङ पक्षका अर्का स्थानीय छाेटुले थारुसँग पैसा लिएकाे स्वीकार गर्दै मनिराम लगायतकाे जग्गामा बनेकाे संरचना भत्काइने जनाए । उनका अनुसार सडक कालाेपत्रे गर्ने ठेकेदारकाे गल्ती रहेकाे बताउँदै दुबै पक्षको सहमति भए जग्गा वा पैसा फिर्ता गर्ने उनकाे भनाइ छ ।
यता ठेकेदार पक्षका शैलेन्द्र पुनले प्लाटिङ पक्षले भने अनुसार आफूले काम गरेकाे बताए । उनले भने : “उनीहरुले भने त्यहि अनुरुप मैले सडक लगायत संरचना निर्माण गरे ।” आफू कामदार रहेकाेले जस्ताे निर्देशन आयाे त्यसरी नै काम सम्पन्न भएकाे उनले जनाए ।
नापी गर्ने निकायले फरक-फरक नापी दिँदा समस्या निम्त्याएको स्थानीय सुरेन्द्र चाैधरी बताउँछन् । सडकको बीचमा पोल हुँदासम्म सरोकारवाला निकाय मौन रहेकाले जतिसक्दो छिटाे निकास हुनुपर्ने उनले बताए ।
नापी कार्यालय चन्द्राैटाका सर्वेक्षक बेचन प्रसाद गुप्ताले थारुकाे लालपुर्जा र नक्सा अनुसार नापी गरेकाे जनाउँदै नापीमा कुनै किसिमकाे कमी नरहेकाे उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission