© २०२३
परिचयात्मक तथा मौलिक देउँसी भैलो कार्यक्रम रूपन्देहीको देवदहमा सम्पन्न भएको छ ।
नेपाल पे्रस युनियन रुपन्देहीको आयोजना तथा नेपाली कांग्रेस देवदह नगरसमितिको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सोही अवसरमा बोल्ने वक्ताहरूले चाडपर्व र संस्कृति बिकृतितर्फ उन्मुख हुँदै गएको अवस्थामा संस्कृतिको जगेर्ना गर्दै नेपाल प्रेस युनियनले आयोजना गरेको देउँसी भैलो कार्यक्रम संस्कृतिमुखी भएको बताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सभापति एंव् देवदह नगरप्रमुख हिराबहादुर खत्रीले नेपाली कांगे्रसको स्वेच्छिक संस्था नेपाल प्रेस युनियन भएकाले यसलाई मजबुत बनाउन आवश्यक रहेको बताए । उनले प्रेस युनियनमा आबद्ध रहेका पत्रकारहरूको क्षमता अभिबृद्धि गर्दै समाजमा भए गरेका सबै क्रियाकलापमा कडा निगरानी राख्दै खबरदारी गर्न पत्रकारहरूलाई आग्रह गरे । साथै उनले लोकतन्त्रलाई बलियो बनाउनको लागि प्रेस युनियनले विगतदेखि निरन्तर रूपमा कलम चलाउदै आएको बताउदै आगामी दिनमा थप शसक्त भएर स्थानिय देखि केन्द्रिय सरकारले गरेका क्रियाकलापहरूको खबरदारी गर्नुपर्ने बताए । कार्यक्रममा युनियनका सभापति रेखा भुषाल, नेपाली कांगे्रस देवदह नगर सभापति गुनाखर भुर्तेल, महासमिति सदस्य पार्वती न्यौपाने, महाधिवेशन प्रतिनिधि रामकृष्ण पौडेल, प्रध्यापक ताराप्रसाद पराजुली, पत्रकार रामराज पोखरेल, कविन्द्र नेपाल, झविन्द्र देवकोटा लगायतले मन्तव्य राखेका थिए । नेपाल प्रेस युनियनले बुटवलको अमरपथमा पनि देउँसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।