ट्रेंडिंग:

>> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’

८२ बर्षमा जुर्‍यो नागरिकता

३ मंसिर २०७५, सोमबार
३ मंसिर २०७५, सोमबार

गौमुखी गाउँपालिका–३ पोखरा रजवाराकी चन्द्रा बुढाले जीवनको आठ दशक पार गरेपछि नेपाली नागरिकता प्राप्त गरेकी छन् । अविवाहित उनले ८२ वर्षको उमेरमा ठूलाबेसीमा संचालित घुम्ती शिविरबाट नागरिकता बनाएकी हुन् । ४० वर्ष पहिले बुवा र २६ वर्षअघि आमाको मृत्यु भइसकेपछि उनले नागरिकता बनाउन सकेकी थिइनन् । यसअघि संचालन भएको शिविरमा नागरिकता बनाउने मन भएपनि उनले खबर पाइनन् । नेपाली नागरिकता नभएकै कारण उनी बृद्धभत्ता पाउनबाट १२ वर्षदेखि बञ्चित थिइन् । उनका भाई पहलसिँह बुढाको सनाखतमा यसपाली नागरिकता बनेको छ । ‘सदरमुकाम गएर नागरिकता बनाउने पहल ग¥यौँ’, पहलसिँहले भने,‘तर, दिदी खलंगा जान मान्नुभएन ।’
सात सन्तानमध्ये उनी जेठी छोरी हुन् । बहिनी र भाइहरू सवैको विवाह भइसकेको छ । बुवा आमाको मृत्युपछि उनी गोठमा एक्लै बस्दै आएकी छिन् । उमेर ढल्किदै गएपछि जिउन समस्या हुने देखिएपछि उनको नागरिकता बनाउन पहल थालिएको भाइले बताए । उनले नागरिकता बनेकै दिन फोटो सहितको मतदाता नामावलीमा समेत नाम दर्ता गराएकी छन् । यसअघि थुप्रै चुनाव भएपनि बुढा मतदानबाट बञ्चित भइन् । बृद्धभत्ताका लागि दिदीको नामावाली पेश गरिदिने बुढाले बताए । लामो समयदेखि गोठमा एक्लै बस्दै आएकी बुढालाई दाजुभाइले हेरचाह गरेका छन् । गाउँमै पुगेका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञश्वर पन्थीले उनलाई नागरिकता प्रदान गरे ।
शिविरबाट तीन सय ४४ जनाले नेपाली नागरिकता बनाएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी गराए । तीन सय ७७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । शिविर स्थलमा जिल्ला प्रहरी कार्यालय प्यूठानले नागरीकहरूलाई प्रदान गरिने सुरक्षा सम्बन्धी सन्देशमुलक स्टल राखेर जानकारी गराएको थियो ।
गौमुखी क्षेत्रमा रहेका दुर्गमका नागरिकहरूलाई लक्षित गरी दुई दिनसम्म गाउँमै एकिकृत घुम्ति शिविर संचालन गरिएको हो । जिल्ला प्रशासनको अगुवाइमा भएको शिविरबाट स्थानीयले नागरिकता, फोटो सहितको मतदाता नामावली, स्वास्थ्य लगायतका सेवाहरू लिएका छन् । दुर्गमका सयौँ नागरिकले घरदैलोमा सेवा पाएको सहायक प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । गाउँमा भएको एकीकत घुम्ती सेवाबाट नागरिकहरूलाई आर्थिक भारमा कमी आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?