© २०२३
प्रौढ समाज बुटवलको १४ औं साधारणसभा बुटवलमा सम्पन्न भएको छ । साधारण सभामा बोल्दै योग गुरुवा बाबा योगीराजले समयमा नै खान पान, आनीवानी र आचरणमा परिर्वतन गर्न सकेमा जीवनभरी नै स्वस्थ जिवन जिउन सक्ने बताएका छन् ।
उनले प्रौढहरूको विचमा एकता आवश्यक रहेको भन्दै यसरी बुटवलमा विगत लामो समय देखि पौढहरूको बीचमा भएको एकता आफैमा गौरवको विषय भएको बताएका थिए ।
यस्तै कार्यक्रममा बुटवल उपमानगरपालिक वडा नम्बर ९ का कार्यवाहक अध्यक्ष शिव बहादुर अधिकारी लेसमाज परिर्वतनमा पौढहरूको भुमिका महत्वपूर्ण भएको बताएका थिए । उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर हमाल, बुटवल उमनपाका कार्यकारी सदस्य विमला श्रेष्ठ, नेकपा वडा नं. ९ का अध्यक्ष भोजबहादुर बुढाथोकी, होटल तथा रेष्टुरेन्ट व्यवसायि सघंका अध्यक्ष समुन्द्र जि.शि, पशुपति सामुदायिक विकास संस्था सीता भट्टराई, नेपाली कांग्रेसका बुटवल ९ का सभापति प्रदिप कुमार श्रेष्ठ, संस्थाका उपाध्यक्ष भरतराम भट्राई लगायतले शुभकामना मन्तव्य राखेका थिए । यस्तै साधारण सभामा संस्थाका अध्यक्ष तिलकराम पौडेलले संस्थाको विषयमा बार्षिक रूपमा भए गरेका कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । यस्तै आयव्य र बार्षिक बजेट कोषाध्यक्ष विना गुरुङ्गले प्रस्तुत गरेकी थिइन् । यस्तै संस्थाका सचिव रामचन्द्र पन्थीका अनुसार कार्यक्रममा विभिन्न २० जना व्यक्तिहरूलाई निःशुल्क रूपमा जाडोको कम्मबल वितरण गरिएको थियो । कार्यक्रममा आर्थिक प्रतिवेदनद्वयः आ.ले.प.र लेखा परिक्षण प्रतिवेदन लेखा संयोजक भुपति भुषालले प्रस्तुत गरेका थिए । यस्तै साधारण सभामा संस्थाका सल्लाहका जनक कोइराला, नवराज श्रेष्ठ, उत्तम प्रसाद गौतम सञ्चालक समितिका सदस्य क्या.भुपाल सिंह थापा, अमृत काफ्ले जेष्ठ महिला सदस्यसीता देवी श्रेष्ठ, जेष्ठ महिला सदस्य भवानी प्रधानाङ्ग, जेष्ठ पुरुष सदस्य लक्ष्मीकान्त भुसाललाई सम्मान समेत गरिएको थियो ।