ट्रेंडिंग:

>> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’

गाउँमा सिटामोल पाउने ठाउँ छैन

२ मंसिर २०७५, आईतवार
२ मंसिर २०७५, आईतवार

तिनाउ गाउँपालिका, पाल्पाका पाटन र झिगामारा गाउँका बासिन्दालाई सरकारले स्वास्थ्य सेवाको पहुँचमा ल्याउन सकेका छैनन् । गाउँमा स्वास्थ्य चौकी नहुँदा उनीहरू बिरामी पर्दा भगवान भरोसा बाँचिरहेका छन् । गाउँ गाउँमा सिंहदरबार आएको भनिएपनि यहाँका स्थानीयले सिंहदरबार त परको कुरा सामान्य रुघा खोकी र ज्वरो आउँदा समेत गाउँमा सिटामोल पाउदैनन ।
पाटन गाउँ तिनाउ गाउँपालिकाको वडा नं. ६ मा पर्दछ जुन गाउँमा ६० भन्दा बढी घरधुरी छ । तर उक्त गाउँका बासिन्दाहरू सिटामोल किन्न कम्तीमा दुई घण्टा टाढा जानुपर्ने बाध्यता छ । उनीहरू सरकारको स्वास्थ्य सेवा लिन कि त मस्याम स्वास्थ्य चौकी पुग्नुपर्छ भने कि त रिब्दीकोट गाउँपालिकाको क्षेत्रसम्म पुग्नुपर्ने बाध्यता छ । पाटनकी रमा अर्घालीले गाउँमा स्वास्थ्य चौकी नहँुदा उपचारका लागि गाउँ छाड्नुपर्ने र घण्टौं समय खर्चिनुपरेको बाध्यता सुनाइन् ।
पाटन गाउँको मात्र होइन वडा नंं. १ झिगामारा गाउँका स्थानीयको बाध्यता पनि उस्तै छ । साविकको ७, ८ र ९ वडा रहेको उक्त गाउँका स्थानीय सरकारको स्वास्थ्य सेवा लिन घटौं खर्चेर रूपन्देहीको पर्रोहा स्वास्थ्य चौकी आउनुपर्ने बाध्यता छ । आफ्नै गाउँपालिकाभित्र सेवा लिन तीन घण्टा लगाई कचल स्वास्थ्य चौकी पुग्नुपर्छ ।
दोभान स्वास्थ्य चौकीका इन्चार्ज सुन्दर तरामुका अनुसार तिनाउ गाउँपालिकामा चार वटा स्वास्थ्य चौकी र चार वटा सामुदायिक स्वास्थ्य इकाई छन् तर ती स्वास्थ्य संस्थाले गाउँपालिकामा रहेका गाउँहरूलाई समेट्न सकेको छैन । कचल, दोभान, मस्याम र कोलडाँडामा स्वास्थ्य चौकी छन् भने कोलडाँडा, झुम्सा, ओखलढुंगा र बगाहामा सामुदायिक स्वास्थ्य इकाई छन् । गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले पालिकाभित्रका जनतामा स्वास्थ्यको पहुँच पुग्न नसकेको तथ्य स्वीकार गरे । उनले आधारभूत स्वास्थ्यको पहुँच पु¥याउनका लागि आफूहरूले स्वास्थ्य इकाइको अबधारणा अगाडि ल्याएको बताए । ओखलढुंगा र बगाहामा गाउँपालिकाको बजेटले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिसकेको श्रेष्ठको भनाइ छ । भौगोलिक कठिनाइ र छरिएका गाउँ भएको हँुदा जनतालाई सुबिधा दिनमा कठिनाई भएको प्रवक्ता श्रेष्ठले बताए । आउने तेस्रो चौमासिकमा चरचरे गाउँ र दोस्रो चौमासिकमा बेरुवा गाउँमा दुई स्वास्थ्य इकाई थपिने श्रेष्ठले बताए । झिगामारा र पाटन गाउँमा पनि सामुदायिक स्वास्थ्य इकाईको माग भएको र स्थापना गनुपर्ने आवश्यकता पनि देखिएको उनले बताए । गाउँपालिकाले पहल गरी बजेट र कार्यक्रम बनाई स्वास्थ्य सेवा पु¥याउने उनले प्रतिबद्दता जनाए ।

बाटोमै सुत्केरी भएँ’
रमा अर्गाली तिनाउ गाउँपालिकाको वडा नं. ६ पाटनकी स्थानीय हुन् । उनको छोरा दर्पण अर्गाली २३ महिनाको भए (हेर्नुस तस्वीर) । दर्पण सुत्केरीका लागि स्वास्थ्य संस्थामा जानेक्रममा बाटोमै जन्मिएका हुन् ।
रातीमा बेथा लाग्यो, सुत्केरी हुन अस्पताल जाँदै गर्दा बाबु बाटोमै जन्मियो रिब्दीकोट गाउँपालिकाले ठिमुरे धुस्टुङमा खोलेको गाउँघर क्लिनीकमा सेवा लिँदै गर्दा भेटिएकी रमाले भनिन् ।
छोराको तौल लिनका लागि गाउँघर क्लिनिकमा आएकी उनले यहाँसम्म आउन पैदल दुई घण्टा समय लागेको बताइन । रिजर्ब गरेको जीप बिहान मात्र आएको र गाडी चढेर जाँदा ढिला भएको कारण बाटोमै सुत्केरी हुनुपरेको उनले सुनाइन् । ‘अस्पताल नजिक छैन पहाडको ठाउँ, हाम्रो त यस्तो बाध्यता छ ,’ उनले थपिन् । पाटन गाउँमा ६० घरभन्दा बढी रहेको रमाको भनाई छ ।
गाउँमा स्वास्थ्य संस्था नभएपछि सामान्य बिरामी पर्दा आफूहरू बतासे बजार र तानसेनसम्म पुग्नुपर्ने बाध्यता रहेको रमाले बताइन् । ठिमुरे धुस्टुङ गाउँघर क्लिनिककी अनमी राधिका छहरीले पाटन गाउँबाट अहिले १३ जनाले नियमित सेवा लिइरहेको बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?