© २०२३
बिभिन्न समयमा बरामद गरिएको लागूऔषध इलाका प्रहरी कार्यालय बुटबलले नष्ट गरेको जनाएको छ । बरामद भएको ३७ केजी चरेस ३ सय ६० सिसी डाइजापाम नुफीन फेनागल तथा एक केजी गाँजा नष्ट गरीएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लले बताए ।
प्रहरीले चरेसको कारोबार गर्ने ३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । जसमा बुटबल उपमहानगरपालिका–१३ बस्ने जनक घर्ती, नहारी थारु र टीका राजकोटी रहेका छन् । त्यसैगरी बुटवल उपमहानगरपालिका ९ बस्ने अजय सुनार, मनोज कार्की, बुटबल ६ बस्ने रबि कार्की तथा गाँजाको ब्यापार गर्ने राजकुमार श्रेष्ठलाई पक्राउ गरी लागूऔषध मुद्दा अन्तर्गत मुद्दा दायर भई थप अनुसन्धान भैरहेको प्रमुख मल्लले बताए । à