© २०२३
बुटवल,१२ फागुन । अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रिय कार्यसमितिका १२ जनाले महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तीको माग गरेका छन् ।
एन्फाले फाल्गुन १७ गते बुधबार कार्यसमिति बैठक बस्ने भन्दै १९ एजेन्डासहित कार्यसमिति सदस्यहरुलाई बुधबार पत्राचार गरेको थियो । त्यसमा कार्यसमितिका १२ सदस्यले ६ एजेन्डा थप गर्न मागसहित पत्र लेखेका हुन् ।
उपाध्यक्षत्रय विराटजंग शाही, दिर्घबहादुर केसी र दीपक खतिवडासँगै ९ सदस्यले एन्फाको विधान अनुसार महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्ती मागसहित एजेन्डा थपमा हस्ताक्षर गरेका हुन् । सदस्यहरु रुपेश अधिकारी, रविन्द्र चन्द, रमेश व्यन्जनकार, भरत बुढथापा, पेमा डोल्मा लामा, भोजराज शाही, मनिष जोशी, महेन्द्र क्षेत्री र सरिला श्रेष्ठले पनि हस्ताक्षर गरेका छन् ।