ट्रेंडिंग:

>> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने
विचार

फेब्रुअरी आयोडिनको महिना

“थोरै खाऔं सही मात्रामा खाऔं, दुई बालबालिकाको चिन्ह अंकित आयोडिनयुक्त नुन नै खाँऔं । हामी सबैले नुन आवश्यकता अनुसार खाऔं तर सही मात्रामा आयोडिन भएको दुई बालबालिकाको चिन्ह भएको प्याकेटको नुनमात्र खाँऔं । मानसिक फुर्ती शारीरिक शक्ति आयोडिन युक्तनुन बाट मात्र पूर्ति भन्ने मुल नारालाई समेत आत्म साथ गरौं । र आयोडिनको महिना फेब्रुअरीलाई सफल बनाऔं । दुई बालबालिकाको चिन्ह भएको आयोडिन युक्त नुन दैनिक सेवन गरौं बालबालिकाको आई क्युलेबल बढाऔं ।”
१२ फाल्गुन २०७९, शुक्रबार
१२ फाल्गुन २०७९, शुक्रबार

मानवजातिको जीवनलाई गर्भावस्थादेखि जीवनको हरेक अवस्थामा बाँच्न, स्वस्थ रहन र पूर्णरुपमा मानसिक तथा शारीरिक विकासका लागि मानिसलाई बिभिन्न किसिमका पोषणयुक्त तत्वहरुको अति आवश्यक पर्दछ । यी आवश्यक तत्वहरु मध्ये आयोडिन पनि एक महत्वपूर्ण खनिज तत्व हो । जुन सबै उमेरका मानिस तथा जीव जन्तुहरुलाई दैनिक रुपमा आवश्यक पर्दछ । गर्भावस्थादेखि दुई बर्षको उमेर सम्म मानिसको दिमागको ८० प्रतिशत विकास भैसकेको हुन्छ । त्यसैले यस समयमा शरीरमा आयोडिनको कमी भएमा मानसिक तथा शारीरिक विकासमा समेत अवरोध आउँछ । नेपालको भौगोलिकअबस्थाले गर्दा यहाँको माटो र पानीमाआयोडिनको अभाब छ । त्यसैले हामी नेपालीहरुले हाम्रो दैनिक खानामा आयोडिन मिसाएको नुन खानामा खानु नै एक मात्रा सरल उपाय हो । ढिके तथा खुल्ला नुनमा आयोडिन मिसाएको भएता पनि यसलाई भण्डारण गर्दा र बजारमा खुल्ला रुपमा राख्दा यसमा भएको आयोडिन उडेर नास भएको हुन्छ । प्रायःजसो ढिके नुन फोहोर देखिने र धोएर खानामा राख्ने चलन भएकाले पनि यसमा भएको आयोडिन पखालिएर आफै नाश हुन्छ । त्यसैले पनि दुई बालबालिकाको चिन्ह भएको प्याकेटको नुनमा सही मात्रामा आयोडिन मिसाएको हुन्छ । यसलाई नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालय र खाद्यान्न गुणस्तर निर्धारण विभागले सही मात्रामा आयोडिन भएको नुन भनी प्रमाणित गरेको छ । साथै आयोडिन भएको नुन खाने गरेमा सम्पूर्ण ब्यक्तिको दिमागको विकास तीव्र गतिमा हुने र शरीरलाई आवश्यक पर्ने आयोडिन तत्वको समेत पुर्ती हुने भएकाले हरेक बारको खानामा आयोडिनयुक्त नुनको प्रयोगलाई अनिवार्य मानिन्छ । दैनिक खानामा साधारण स्वस्थ ब्यक्तिको लागि १५० माईक्रो ग्राम र गर्भवती महिलाको लागि दैनिक खानामा २५० माईक्रो ग्राम आयोडिन तत्वको मात्राको आवश्यकता पर्दछ ।

सही मात्रामा आयोडिन पाउन दुई बालबालिकाको चिन्ह भएको पाकेटको धुलो नुन प्रयोग गर्ने बानी बसालौं । ढिके तथा खुला बेचिने नुनबाट प्रयाप्त मात्रामा आयोडिन पाउन नसकिने भएकाले त्यास्ता नुन प्रयोग नगरौं । आयोडिन युक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरीकाले राख्ने गरौं । आयोडिन नुनलाई नपखाली खाऔं । आयोडिनयुक्त नुनलाई दाल तरकारी पाकेपछि मात्र राख्ने गरौं ।

आयोडिनका फाईदाहरु ः
गर्भावस्थामा ः गर्भवती महिलाले दैनिक रुपमा आयोडिन तत्वको सही मात्रामा प्रयोग गर्ने हो भने गर्भको बच्चाको मानसिक र शारीरिक विकासमा महत्वपूर्ण फाईदा गर्दछ । साथै आयोडिनको कमीबाट हुनसक्ने असर जस्तै गर्भको बच्चा तुहिने, मरेको बच्चा जन्मने जस्ता समस्याहरुबाट सजिलै बच्न सकिन्छ ।

बाल्यअवस्थामा ः बाल्यावस्थामा पनि आयोडिन तत्वको सही मात्राको प्रयोगले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्दछ । बालबालिका हरु फुर्तीला र तन्दुरुस्त हुनुको साथै दिमागीय रुपमा अति अब्बल देखिन्छन् ।

किशोरावस्थामा ः किशोरावस्थामा पनि आयोडिन तत्वको सही र आवश्यक मात्राको प्रयोगले किशोर किशोरीहरुको मानसिक तथा शारीरिक क्षमतामा वृद्धि हुन्छ । जसले गर्दा पढाई लेखाईका साथ साथै अन्य क्रियाकलापमा पनि सकारात्मक प्रभाव पर्दछ । किशोर किशोरीहरुको आई क्यु लेबल बढाउनको लागि दैनिक खानामा आयोडिन तत्वको मात्राको आवश्यकता देखिन्छ ।

सबै उमेरमा ः आयोडिन तत्वको सही मात्राको प्रयोगले सबै उमेर समूहका मानिसहरुको मानसिक तथा शारीरिक विकासमा आवश्यकीय विकास हुन्छ । जसले गर्दा गलगाँड र हाईपोथाईरोडिजम जस्ता घातक रोगहरु हुनबाट बच्न सकिन्छ । त्यसै कारणले पनि आयोडिन तत्वको आवश्यकीय र सही मात्रामा प्रयोग गर्नु नितान्त आवश्यक छ ।

आयोडिनले के के गर्दछ त ः
१. आयोडिनले गलगाँड (कण्ठरोग ) नियन्त्रण गर्दछ ।
२. आयोडिनले मानसिक र बौद्धिक क्षमताको विकास गर्दछ ।
३. आयोडिनले लाटो लठेब्रोपनको नियन्त्रण गर्दछ ।
४. आयोडिनले पुनरोत्पादन क्षमताको बृद्धि गर्दछ ।
५. आयोडिनले बाल मृत्युदर घटाउन मद्धत गर्दछ ।

जान्नै पर्ने केही महत्वपूर्ण कुराहरु ः

१. ढिके तथा खुल्ला नुनमा मानिसहरुको शरीरलाई दैनिक रुपमा आवश्यक पर्ने आयोडिनको मात्रा पूर्णरुपमा नहुन सक्दछ । यस्तो ढिके तथा खुल्ला नुन सफा पनि नहुने हुनाले हामीहरुले खानको लागि उपयुक्त हँुदैन । त्यसैले यो कुरा जान्न आवश्यक छ ।

२. “दुई बालबालिकाको चिन्ह” भएको प्याकेटको नुन शुद्ध र सफा हुनुको साथै यसमा सही मात्रामा आयोडिन तत्व मिसाईएको हुन्छ । त्यसैले दैनिक प्रयोगमा“ दुई बालबालिकाको चिन्ह” नै भएको आयोडिन युक्त प्याकेटको नुन प्रयोग गर्नु बुद्विमानी मानिन्छ ।

३. “दुई बालबालिकाको चिन्ह” नेपाल सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत सही मात्रामा आयोडिनको तत्व भएको नुनलाई दिने प्रमाणित चिन्ह हो । त्यसकारणले गर्दा पनि” दुई बालबालिकाको चिन्ह” भएको नुन दैनिक प्रयोगमा कुनै संकोच लिनु पर्दैन ।
४. प्याकेटको आयो नुन खोलेर बिर्को भएको सफा डिब्बमा राखौं ।
५. तरकारी पाकिसकेपछि मात्र नुन राख्ने बानी बसालौं ।
६. नुन राखिसकेपछि तरकारी छोपेर मात्र राख्ने गरौं ।

अन्त्यमा मानसिक फुर्ती र शारीरिक शक्ति, आयोडिन नुन, आयोडिनयुक्त नुन खाऔं, मानसिक फुर्ती र शारीरिक शक्ति बढाऔं, सधै “दुई बालबालिकाको चिन्ह” भएको प्याकेटको नुनमात्रै खाने गरौं । शारीरिक तथा मानसिक अपाङ्गता हुनबाट आफु बँचौ अरुलाई पनि बचाऔं । आयोडिनको महिना फेब्रुअरी भनेर मात्र ब्यानर, प्लेकार्ड र पोस्टर हरु टाँस्ने, अभियानका नारा घन्काउने र एक महिने अभियानमा पहुंचमा हुनेले कागजमा हाजिरी मिलाई आफ्नो उद्देश्य पुरा गर्ने तर अल्पविकसित राष्ट्रको रुपमा दुर दराजमा रहेका नेपालीहरुले त्यही सबैभन्दा सस्तोमा पाईने नुन पनि प्रयाप्त र आवश्यकीय मात्रामा नपाएर आफ्ना सन्ततिहरुलाई नुनको अभावमा शारीरिक र मानसिक अपाङ्गताबाट छुटकारा दिलाउन नसक्नु बडो बिडम्बनाको रुपमा पाउन सकिन्छ । हुने खानेले मात्र नभई हुँदा खानेले पनि र पहँुचमा हुनेले मात्र नभै पहँुच बाहिरकालाई पनि शारीरिक रुपमा आवश्यक पर्ने तत्वको खाँचो एउटै रेसियो हुन्छ । भन्ने बुझाई सबै माथिल्लो निकायमा रहने हरुमा जानकारी रहोस् । र आयोडिनको अभावमा कुनै पनि नेपालीहरुले शारीरिक र मानसिक रुपका अपाङ्गता, गलागाँड, हाईपोथाईरोडिजम जस्ता घातक रोगबाट गुज्रिन नपरोस् । तबमात्र आयोडिनको महिना फेब्रुअरी भन्नुको सार्थकता रहला । होईन भने उही सबैकुरा हामी पहँुच बाहिर हुने नेपालीहरुको लागि नारामै मात्र सफल रहने कुरामा कुनै दुई मत नरहला भन्न सकिदैन ।
(लेखक स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी हुन् ।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?