© २०२३
बसन्तले १० बर्षको उमेर पूरा गरेको छ । उसलाई टाढा टाढाका मनिसहरूले हेरि फर्कन्छन् । किनकी उ उद्यानभित्रको चिडियाखानामा छ । हेर्नेहरू हेरि फर्केर टाढा पुग्छन् तर बसन्त भने तारबारले घेरिएको घेराभित्र समय बिताइरहेको छ । वन जंगलमा खुल्ला रूपमा बस्ने बसन्तको बास बर्षांैदेखि फेरिएको छ । केही दिन वनमा, सानो उमेर छँदा फूलबारीमा खुल्ला हिँडडुल गर्दथ्यो ।
बुटवलको मणिमुकुन्द सेन उद्यान (फूलबारी) का कर्मचारीहरू चिडियाखानामा रहेको चितुवालाई बसन्त भनि बोलाउँछन् । यसरी बोलाएको सुन्दा उ जुरुक्क उठ्छ । करिब १५–२० दिनको हुँदाबाट फूलबारीमा ल्याइएको चितुवा मानिससँग नजिक हुन रुचाउँछ । मानिसले जस्तै माया खोज्छ । उसलाई रेखदेख गर्नेहरू नजिक गएर बसन्त भनेर बोलाउँदा र उसको शरिरमा कन्याइदिँदा खुसी हुन्छ । मान्छेको जस्तो स्वभाव देखाउँछ, कहिले खुसी हुन्छ कहिले रिसाउँछ बसन्तलाई नजिकबाट हेरचाह गरेको उद्यानका कर्मचारी बिष्णुसिंह ठकुरी भन्छन् । ‘यहाँ ल्याउँदा करिब १५–२० दिनको थियो,’ उनले भने–एक बर्ष सम्म त हामीले बाहिरै छाडेर हेरचाह ग¥यौं ।’ बिरालोको बच्चा जस्तै हामीसँग खेल्थ्यो, दुध खान्थ्यो, डुल्थ्यो साह्ै माया लाग्थ्यो यो बसन्त (चितुवा) ठकुरीले थपे । एक बर्षपछि बसन्तलाई थुनेर राख्न थालेपनि दुई बर्षको उमेरसम्म बसन्तलाई उद्यानका कर्मचारीहरू भित्रै पसेर नुहाइदिने, खुवाउने गर्थे । बसन्तको खुट्टामा नंग्रा बढेपछि साबधानी अपनाई उ बाट टाढा भएको ठकुरी बताउँछन् । तर जाली बाहिरबाट बसन्तलाई हेरचाह भैरहेको ठकुरीले बताए ।
बसन्तलाई नवलपरासीको रामनगर जर्घाबाट ल्याइएको हो । चितुवाको नाम बसन्त राखिनुमा कारण छ । तत्कालिन जनमुक्ति सेना नेपाल चौथो डिभिजन बसन्त स्मृति ब्रिगेडले त्यहाँको बनमा आगो निभाउन जाँदा बसन्तलाई भेटेपछि उद्यानलाई सौजन्यको रूपमा बुझाएका थिए । बसन्त स्मृति ब्रिगेडबाट सौजन्य पाएपछि चितुवाको नाम बसन्त राखिएको उद्यानका कार्यालय प्रमुख बिक्रम बस्याल बताउँछन् । बस्यालका अनुसार आगो लागेको जंगलमा चितुवाका दुई बच्चा भेटिएपछि उद्यानमा सौजन्यको रूपमा दिइएपनि सानो भएका कारण एक बच्चा बचाउन सकिएन ।
बसन्तले दैनिक रूपमा एक किलो राँगाको मासु खान्छ । बिहानको समयमा उसलाई ताजा मासु दिने गरिएको छ । हप्ताको एक दिन र एकादशीको दिन भने बसन्तलाई ब्रत बस्नुपर्ने बाध्यता छ । हिँडडुल गर्नु नपर्ने अर्थात बसी बसी खाना खाँदा नपच्न सक्ने र स्वास्थ्यमा असर गर्ने हुँदा हप्ताको एक दिन भोकै राख्ने गरिएको बस्याल बताउँछन् । एकादशीमा फ्रेस मासु नपाइने हुँदा मासु नदिइने गरेको बस्यालले बताए । ‘हप्ताको एक दिन स्वस्थ्य राख्नका लागि खाना खुवाउँदैनौं,’ बस्यालले भने–एकादशी प¥यो भने हप्ताको रुटिङमा पारेर मिलाउँछौं ।’
भर्खरै आँखा उम्रिएको अवस्थाको बसन्त अहिले करिब ५ फिट लम्बाइको भएको छ । रिसाएको अवस्थामा उद्यानका कर्मचारी बिष्णु सिंह ठकुरीले मात्र बसन्तलाई फकाइ फुल्याई गर्न सक्छन् । उद्यानमा बढी पिकनिक, बिहे र कार्यक्रमहरू हुँदा साउण्ड सिस्टमका कारण बसन्त रिसाउने गरेको उद्यानका कार्यालय प्रमुख बिक्रम बस्यालले बताए । à