© २०२३
काभ्रेमा प्रहरी नियन्त्रणमा रहेका आफना कार्यकर्ता कृष्ण ढकालको निशर्त रिहाईको माग गर्दै नेपाल बिद्यार्थी संघले दुई घण्टा चक्का जाम गरेको छ । प्रधानमन्त्रीको तस्वीर बिगारेर फेसबुकमा शेयर गरेको आरोपमा पक्राउ परेका काभ्रेको तपेश्वर उच्च माध्यामिक विद्यालयका ईकाइ अध्यक्ष कृष्ण ढकाललाई निशर्त रिहाईको माग गर्दै नेबिसंघ कपिलवस्तुले जिल्ला प्रशासन कार्यालय अघि दुई घण्टा चक्काजाम गरेको हो ।
पाँच दिन सम्म प्रहरी नियन्त्रणमा रहेका ढकाललाई निशर्त रिहाई गर्नुपर्ने माग सहित आन्दोलनको घोषित कार्यक्रम अनुसार आफुहरूले चक्काजाम गरेको नेबिसंघ जिल्ला सभापति राकेश पाण्डेयले बताए । आफुहरूले देशैभर चक्का जामको आयोजना गरेको नेबिसंघ सहमहामन्त्री प्रकाश घिमिरेले जानकारी दिए । प्रहरी नियन्त्रणमा रहेका ढकाललाई निशर्त छाड्नु पर्ने माग पुरा नगरिए नेबिसंघ कडा आन्दोलनमा जाने उनले चेतावनी दिए । नेबिसंघ जिल्ला सभापति राकेश पाण्डेयको अगुवाई गरिएको आन्दोलनको सो कार्यक्रममा पार्टीका जिल्ला कोषाध्यक्ष शोहरत तेली, जिल्ला समन्वय समितीका सदस्य अनुप कुमार पाण्डेय र पार्टी नेताहरू गंगा बिष्ठ, तरुणदलका क्षेत्रिय सभापति राजेश उपाध्याय लगायतको सहभागीता रहेको थियो । यस अघि ढकाललाई रिहा गर्न माग गर्दै नेविसंघ केन्द्रिय समितीले कार्तिक २५ र २६ गते काभ्रेका सम्पूर्ण विद्यालय बन्द गर्ने, २६ गते ७७ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २८ गते सबै जिल्ला सदरमुकाममा २ घण्टा चक्का जाम गर्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । à