© २०२३
मुस्लिम समुदायका ईश्लाम धर्मका धर्म गुरु पैगम्बर हजरत मुहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहे ओसल्लमको जन्मोत्सवमा सार्वजनिक बिदाको माग राख्दै परासीका एक टोलीले मुख्यमन्त्री शंकर पोख्रेल समक्ष ज्ञापन पत्र बुझाएका छन् । फैजाने अहले बैत संस्थाका अध्यक्ष सैयद गुलाम हुसेनको संयोजकत्वमा मुख्यमन्त्री पोख्रेल समक्ष ज्ञापन पत्र बुझाएका थिए । उक्त ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले हरेक धर्ममा आस्था राख्ने समुदायले आफनो धार्मिक गतिविधि गर्न पाउने गरी धार्मिक स्वतन्त्रताका लागी धर्म निरपेक्षता सहितको संविधान मै उल्लेख गरीएको बताएका थिए ।
मुुख्यमन्त्री पोख्रेलले यति बेला देशको आर्थिक समृद्धिका लागि सबै मिलेर लाग्नुपर्ने भएकाले मुस्लिम समुदायको बिदा मात्र नभई धेरै सरकारी बिदा सरकारले कटौति गरेको समेत बताएका थिए ।
मुख्यमन्त्री पोख्रेलले सरकारले बिशेषगरी मुस्लिम समुदायको बिषयमा मुस्लिम आयोग नै बनेको र मुस्लिम समुदायको हरेक समस्या र मागहरूको बिषयमा आयोगबाट सिफारिस भई आउने र सो अनुसार कार्यन्वयन हँुदै जाने बताएका थिए । ज्ञापन पत्र बुझदै मन्त्री पोखे्रलले मुस्लिम समुदायको बिदाको विषयमा आफूले केन्द्रमा ज्ञापनपत्र पठाई पहल गर्ने समेत बताएका थिए ।