© २०२३
दुर्घटना न्यूनीकरणमा थप सहयोग पु¥याउन कपिलवस्तुको एक विद्यालयका बालबालिकालाई ट्राफिक सचेतना कार्यक्रम संचालन गरिएको छ ।
जिल्लाको शिवराज नगरपालिका ५ चन्द्रौटास्थित राष्ट्रिय माविका विद्यार्थीहरूलाई ट्राफिक नियम बारे सचेतीकरण गरिएको हो । शिवराज जेसिजले सप्ताहव्यापी अभियान अन्तर्गत ट्राफिक प्रहरीको सहकार्यमा विद्यालय स्तरीय कार्यक्रम संचालन गरेको जेसिजका महासचिव विजय सापकोटाले जानकारी दिएका छन् । कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूलाई दुर्घटनाका कारण, न्यूनीकरणका उपाय, जेब्रा क्रसिङ, सडक पेटीमा हिँड्दा ध्यान दिनुपर्ने कुराको विषयमा सचेतीकरण गरिएको थियो । कार्यक्रममा अस्थायी ट्राफिक पोष्ट चन्द्रौटाका सहायक प्रहरी निरीक्षक रामशरण कुमालले ट्राफिक नियमबारे सहजीकरण गर्दै पैदल यात्री, साइकल तथा मोटर साइकल चालक सडकमा हिँड्दा विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिएका थिए । जेसिजको १ वर्षको अवसरमा सप्ताहव्यापी अभियान अन्तर्गत विद्यालय तहमा ट्राफिक सचेतना कार्यक्रम संचालन गरिएको जेसिज अध्यक्ष सरोज कुमार पौडेलले बताए । à