© २०२३
बुटवल, ९ फागुन । आइसीसी विश्वकप क्रिकेट लिग एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा स्कटल्याण्डले घरेलु टोली नेपाललाई २१३ रनको लक्ष्य दिएको छ ।
सिरिजको अन्तिम खेलमा बलियो मानिएको स्कटल्याण्ड २१२ रनमै अलआउट भएको हो । किर्तीपुरस्थित त्रिवि क्रिकुट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्याण्ड ४६.१ ऋोभरमा २१२ रनमा अलआउट भएको हो ।
नेपालका लागि स्पीनर सन्दीप लामिछाने एक्लैले ४ विकेट लिए । करण केसीले ३ विकेट हात पारे । कुशल मल्ल र ललित राजवंशीले समान १–१ विकेट लिए । सन्दीपले आफ्नो स्पेलमा ४५ रन खर्चे ।
८.१ ओभरमा करण केसीले ४२ रन दिएर ३ विकेट लिए । स्कटल्याण्डका ओपनर केर्ली कोट्जर २२ रनमा सन्दीपको हातबाट एलबीडब्लु धरापमा परे । पहिलो विकेटका लागि ओपनर कोटजर र जर्ज मुन्सेले ४२ रनको साझेदारी गरेका थिए । सन्दीपले सातौं ओभरको पाँचौ बलमा ओपनर कार्ल कोट्जरलाई आउट गरेका हुन् ।
सन्दीपले नै १३ औं ओभरको पाँचौं बलमा जर्ज मुन्सेलाई बोल्ड आउट गरे । नेपालविरुद्ध आक्रामक ब्याटिङ गरिरहेका मुन्सेले ५० बलमा ९ चौका र २ छक्का मद्दतमा ६० रन बनाएका थिए ।