ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

गौमुखी मिडिया सम्मेलन स्थानीय उत्साहित

२९ कार्तिक २०७५, बिहीबार
२९ कार्तिक २०७५, बिहीबार

जिल्लाको दुर्गम क्षेत्र गौमुखी गाउँपालिकाको अर्खामा हुने ‘गौमुखी मिडिया सम्मेलन’ को खवरले यस क्षेत्रका स्थानीय उत्साहित भएका छन् । संभावना भएरपनि प्रचार प्रसारको अभावले ओझेलमा परेका सम्पदाहरूको प्रवद्र्धन हुनेभएपछि स्थानीय हौसिएका हुन् । स्वर्गद्धारी पछिको दोस्रो धार्मिक एवं पर्यटकीय गन्तव्य गौमुखी मन्दिर हो । गौमुखी सहित यससँग जोडिएका अन्य पर्यटकीय क्षेत्रको प्रवद्र्धन र राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले आउदो मंसीर १४ र १५ गते गौमुखीमै सम्मेलन हुँदैछ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठान र गौमुखी गाउँपालिकाले संयूक्त रूपमा सम्मेलनको आयोजना गर्दैछन् ।

‘गाउँमा मन्त्री सहितको टोली आउने खवर सुनेका छौँ’,अर्खाका सामाजिक अगुवा रतिमान रानाले भने,‘हामी अर्खाबासीलाई यसले खुसी बनाएको छ ।’ गाउँमै आयोजना हुन लागेको मिडिया सम्मेलनलाई सफल बनाउन स्थानीयले साथ दिएर तयारीमा जुटेको समेत उनले विश्वास बताए । झिमरुक नदीको उद्गमस्थल गौमुखी सहित पुँजाको तामाखानी, नांगीलेक, झाक्रीढुंगा, बाइसमुल झरना र स्थानीय कलासंस्कृतिको प्रचारप्रसार हुने उनले आशा व्यक्त गरे । गाउँमा उत्पादन हुने कृषिजन्य उपजहरूको समेत बजारीकरणमा मद्दत पुग्नेमा स्थानीयको आशा छ । निर्माण प्रक्रियामा रहेको त्रिदेसिय मार्ग बाग्दुला–भिमगिठे सडकसँग जोडिएको उक्त गाउँबाट ‘ढोरपाटन’ समेत नजिकै पर्छ । नांगीलेकबाट धौलागिरी हिमाललाई आँखा नजिकैबाट नियाल्न सकिन्छ ।
के हो गौमुखी ?
गाईको मुखजस्तै आकारबाट ‘छ्वाङछ्वाङ’ गर्दै झर्ने पानीको मुहान नै गौमुखीको प्रमुख आकर्षण हो । माघ १ गते गौमुखीमा स्नान गर्नका लागि हजारौँ भक्तजन पुग्ने गर्छन् । पुसको अन्तिम दिन जाग्रामबसी भक्तालुहरू गाइको आकारजस्तैको मुखबाट झर्ने पानीले नुहाउने पुग्छन् । नुहाएपछि वर्षभरीको पाप पखालिने जनविश्वास रहेको अर्खा अर्तुवाङका स्थानीय चन बहादुर रानाले सुनाए । बाग्लुङको बडीघाट गाउँपालिकासँग जोडिएको दुई पहाडको खोँचमा गौमुखी मन्दिर रहेको छ । माघी मेलामा छिमेकी जिल्ला बाग्लुङ सहित अर्घाखाँची, गुल्मी, दाङबाट भक्तजनहरू गौमुखी पुग्ने गर्छन् ।

जिल्लाको प्रमुख बजार बाग्दुलादेखि करिव ४० किलोमिटर गाडीको यात्रापछि अर्खाको ठूलाचौर पुग्न सकिन्छ । ठूलाचौरबाट करिब पौने एक घण्टाको पैदल यात्रापछि गौमुखी मन्दिरमा पुग्न सकिन्छ । बृद्धबृद्धाहरूका लागि पैदल हिँड्दा ‘रेलिङ’ को समेत निर्माण गरिएको छ । पत्रकार महासंघ प्यूठानले दुइवर्ष अघि भिंगृमा स्वर्गद्धारी मिडिया सम्मेलन गरेको थियो । यसपटक गौमुखी गाउँपालिकासँग सहकार्य गरेर हुन थालेको गौमुखी मिडिया सम्मेलन उत्तरी क्षेत्रमा रहेका दुर्गम गाउँहरूको विकासमा कोशेढुंगा सावित हुने महासंघका जिल्ला अध्यक्ष महावीर रानाले विश्वास व्यक्त गरे ।

‘अझैपनि गौमुखी क्षेत्रको विकासमा राज्यको नजर पुग्न सकेको छैन्’,उनी भन्छन्,‘देशभरका पत्रकारहरूलाई गौमुखी पु¥याउने सोँच छ ।’ संघीय सरकारका पर्यटनमन्त्री सहित पर्यटनसँग सम्वन्धित विभिन्न निकाय, व्यक्तिहरूलाई समेत सम्मेलनमा सहभागी गराउने योजनामा रहेको उनले जानकारी गराए । सम्मेलनको तयारीका लागि अर्खामा विभिन्न उपसमितिहरू समेत गठन भइसकेका छन् ।स्थानीय परिकारको स्वाद सम्मेलनमा आउने पाँहुनालाई आयोजकले स्थानीय परिकारको स्वाद चखाउने योजना बनाएको छ ।

कोदोको ढिडो, रोटी, रायोको साग, फापरको रोटी, सिस्नो, लोकल कुखुराको मासु, सखरखण्ड, सिंकीको रस लगाएत परिकारले पाँहुनाको सत्कार गरिने गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी गराए ।

‘जिल्लाका अन्य स्थानीय तहकोे तुलनामा हाम्रो गाउँपालिका विकटमै पर्छ’,उनले भने,‘सवैको साथले सुगम गाउँपालिका बनाउने अठोटमा छौँ ।’ गौमुखी क्षेत्रमा रहेका संभावना र अवसरलाई उजागर गरी स्थानीयको जनजिविकालाई माथी उठाउन सम्मेलनले साथ दिने उनले विश्वास व्यक्त गरे । सम्मेलन अवधिभर बस्ने अतिथीहरूलाई आयोजकले होमस्टेमा राख्ने व्यवस्था समेत मिलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?