© २०२३
राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव टोप अस्लामीले बर्तमान सरकारप्रति आम नेपाली जनताले राखेको अपेक्षा धरासायी हुने होकी भन्ने आशंका उत्पन्न भएको बताएका छन् ।रिपोर्टर्स क्लब नेपाल ५ नम्बर प्रदेश समितिद्वारा मंगलबार बुटवलमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उपमहासचिव अस्लामीले दुई तिहाई बहुमतको सरकारबाट आम नेपाली जनताको जीवनस्तरमा आमूल परिवर्तनको अपेक्षा गरेकोले जनताको अपेक्षा पुरा गर्नेतर्फ सरकार दृढतापूर्वक अगाडि बढ्नुपर्नेमा जोड दिए ।
अबको दशक निर्माणको दशकको रूपमा लिनुपर्ने बताउँदै उनले सत्तापक्ष, प्रमुख प्रतिपक्षी दल लगायत सबै दलमा निर्माणवादी चिन्तनको बिकास हुनुपर्ने आवश्यकता आंैल्याए । नयाँ प्रयोगको नाउमा पुरानै गल्ती दोहो¥याउँदै जानु खेदजनक रहेको भन्दै जनमुक्ति पार्टीका बिदेश बिभाग उपप्रमुख तथा जनमुक्ति एकेडेमीका उप प्रमुख समेत रहेका अस्लामीले निर्माणको अभियानमा आफ्नो पार्टी सरकारलाई सहयोग गर्न तयार रहेको बताए ।
नेपालको संबिधान २०७२ ले मुलुकको बिबिधता र बिशिष्ठतालाई आत्मसाथ गर्न नसकेको भन्दै उनले संबिधानको पुनर्लेखन गर्नुपर्नेमा जोड दिए । नेपालको बिबिधताको ब्यवस्थापनका लागि पाँच कलष्टरको आधारमा पाँच सदस्यीय राष्ट्रपति मण्डल गठन गर्नुपर्ने बताउँदै उपमहासचिव अस्लामीले भ्रष्टाचारीलाई देश द्रोही घोषणा गरी उसको सम्पत्ति राष्ट्रियकरण गर्ने संबैधानिक ब्यवस्था गर्नुपर्ने माग आफ्नो पार्टीले अगाडी सारेको जानकारी गराए । भ्रष्ट्राचार जस्तो जघन्य अपराधलाई कुनै एक आयोगको भरमा मात्रै छाड्न नहुने उनको तर्क थियो । रिपोर्टर्स क्लब नेपाल ५ नम्बर प्रदेश समितिका उपाध्यक्ष प्रकाश खनालको संयोजकत्वमा शुभकामना आदान–प्रदान कार्यक्रममा आदीवासी जनजाती पत्रकार महासंघ ‐फोनिज) रूपन्देहीका अध्यक्ष सोनु थापा, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सदस्य शिव डुम्रे लगायतले नेपालीहरूका मौलिक चाड पर्वहरूले सामाजीक सद्भाव कायम गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने बिश्वास ब्यक्त गरेका थिए ।
à