© २०२३
बुटवल, ८ फागुन । देवदहमा जारी खड्ग प्रसाद गौचन स्मृति पाचौ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम चारको टुगो लागेको छ । आईतबार भएको समुह ‘बि’ तर्फ भएको अन्तिम खेलमा धनगढी क्रिकेट एकेडेमीले क्रिकेट एक्सेलेन्स सेन्टर काठमाण्डौ माथि ७ बिकेटको जित निकालेको हो । योसंगै समुहबाट सिईसी र मदन भण्डारी दुई दुई खेलमा जित निकालेको छ । रन रेटकोटको आधारमा धनगढी विजेता र सिईसी उपविजेता बन्दै अन्तिम चारमा स्थान बनाएको हो । मंगलबार हुने पहिलो सेमीफाईनलमा काशी नोबेल एकेडेमीले सिईसी काठमाण्डौसंग खेल्ने छ । यसैगरि बुधबार दोस्रो सेमीफाईनलमा धनगढी र देवदह क्रिकेट युनिटसंग खेल्ने छन ।
देवदह क्रिकेट मैदानमा भएको लिगको अन्तिम खेलमा टस जितेर सिईसीले धनगढीलाई ब्याटिङको निम्तो दिएको थियो । धनगढीका ब्याट्सम्यानहरुले २०.५ ओभरमा सबै बिकेट गुमाएर केवल ८१ रनको लक्ष्य तयार पारेको थियो । उसका लागि आशिष लोहारले १४ बलमा १७ तथा निरज अएरले १८ बलमा १४ रन जोडेका थिए । कम स्कोरलाइ .रोक्न सिइसीका करन घर्ती मगरले ५ ओभरमा ३३ रन खर्चेर ४ बिकेट लिए । ओमकार यादव र स्वीकार श्रेष्ठले २–२ बिकेट लिए ।
कम स्कोरलाई पछ्याएको सिईसीका ब्याट्सम्यानहरु २०.५ ओभरमा केवल ८१ रनमा समेटियो । सिईसीका ओमकार यादवले ३२ बलमा ३४, सिद्धार्थ साउदले २८ बलमा १४ तथा स्मीथ बुढाले १९ बलमा १४ रन बनाए । धनगढीको जितमा निरज ऐरले ५ ओभरमा १ मेडल सहित १५ रन खर्चेर २ बिकेट, दिनेशराज जोशीले ३.५ ओभरमा १९ रन खर्चेर २ तथा निशान्त रेग्मीले १ ओभरमा ३ रन खर्चेर २ बिकेट लिएका थिए ।
खेलमा निरज ऐर म्यान अफ दी म्याच घोषित भए ।
प्रतियोगिताको लिग चरणका खेलहरु २५ ओभरको भएको थियो । यसैगरि फाईनल खेल ४० ओभरको खेलाइने छ । यसवर्ष रुपन्देहीको देवदह क्रिकेट युनिट, स्टार क्रिकेट एकेडेमी, काशी नोबेल एकेडेमी, सेन्टर क्रिकेट एकेडेमी कास्की, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौ, मदन भण्डारी स्पोर्टस एकेडेमी (प्रदेश टिम), न्यु होराईजन स्पोर्टस क्लब, धनगढी क्रिकेट एकेडेमीलाई दुई समुहमा राखेर ८ टिम बिच खेल खेलाईएको थियो ।