© २०२३
नगरसभा बस्न नसक्दा हालसम्म पनि तलब भत्ता खान नपाएको भन्दै सल्यानको वन्गाड कुपिण्डेमा शिक्षकहरू आन्दोलित बनेका छन् ।
जनप्रतिनिधिहरूको व्यक्तिगत स्वार्थ र लडाइँमा नगरका कुनै पनि कर्मचारीले तलब भत्ता खान नसकेको भन्दै नेपाल शिक्षक महासंघ बनगाड कुपिण्डे नगरले सोमबार नगरपालिकामा ज्ञापनपत्र समेत बुझाएको छ । दशैँ तिहारमा समेत तलब नपाउँदा निकै समस्या परेको जनाउँदै महासंघले ८ बुँदे ज्ञापनपत्र बुझाउँदै आन्दोलन थालेको हो ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा बोल्ने बक्ताहरूले नगरपालिका जनप्रतिनिधिको व्यक्तिगत स्वार्थमा अगाडि बढेको आरोप लगाएका छन् । अहिले सम्म शिक्षक कर्मचारीहरूले तलब भत्तादेखि शिक्षक दरबन्दी मिलान र शिक्षक भर्ना बन्द भएको बताएका छन् । अहिले सम्म नगरसभा बस्न नसक्दा नगरपालिका कर्मचारी, शिक्षकको तलबदेखि सिमान्तकृत समुदायका व्यक्तिले पाउने विभिन्न सामाजिक सुरक्षा भत्ता समेत रोकिएको छ ।
३ दिने अल्टिमेट दिँदै दरबन्दी मिलान, कर्मचारीको व्यवस्थापन, नगर शिक्षा कार्यालय व्यवस्थापन लगायतका माग राख्दै ८ बुँदे ज्ञापनपत्र पेश गरिएको महासंघका नगर सचिव शिवजंग शाहले जानकारी दिएका छन् । कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष मधुसुदन गिरि, नगर अध्यक्ष अकबर पुनले बोल्दै नगरका जनप्रतिनिधि संवेदनशील बन्नुपर्ने बताएका थिए ।
à