ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

स्टकटल्याण्डमाथि नेपालको शानदार जित

५ फाल्गुन २०७९, शुक्रबार
५ फाल्गुन २०७९, शुक्रबार

बुटवल,५ फागुन । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डमाथि तीन विकेटको सानदार जित हात पारेको छ ।

नेपाल २६ खेलमा १० मा जित र १४ मा हारसहित २२ अंकका साथ छैटौं स्थानमा छ ।
जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालको जितमा दीपेन्द्र सिंह ऐरी १ सय १६ बलमा ८ चौका र १ छक्कासहित ८५ रनमा अविजित रहे । दीपेन्द्रको यो ओडिआई करिअरको दोस्रो उत्कृष्ट प्रदर्शन हो । दीपेन्द्रको करिअरको उत्कृष्ट प्रदर्शन गत वर्ष मार्चमा पपुवा न्युगिनीविरुद्ध १ सय ५ रन थियो ।

सोमपाल कामी ३२ बलमा ३ चौकासहित २४ रनमा अविजित रहे । सोमपालले विजयी चौका प्रहार गर्दै खेल सकाएका थिए ।

बायाँ हाते अलराउन्डर कुशल मल्लले ६७ बलमा ९ चौका र ४ छक्कासहित ८१ रनको उत्कृष्ट इनिङ खेले । कुशल मल्ल स्पिनर मार्क वाटको बलमा ठूलो सट खेल्ने धुनमा टप एज लागेर हम्जा ताहिरबाट क्याच आउट भएपछि शतक नजिक पुगेर पेभेलिएन फर्किनु परेको थियो । त्यसअघि कुशल मल्लले ब्यक्तिगत ६ रनमा जीवनदान पाएका थिए ।

कुशल मल्लले ४२ बलमा आफ्नो ओडिआई करिअरको दोस्रो अर्धशतक पूरा थिए । कुशलको यो करिअरको दोस्रो ओडिआई अर्धशतक हो । कुशलको यो अन्तर्राष्ट्रिय कुनैपनि खेलको उत्कृष्ट प्रदर्शन हो । एक समय ७७–५ को अवस्थमा पुगेको नेपाललाई छैटौं विकेटका लागि कुशल र दीपेन्द्रसिंह ऐरीले १ सय रनको शतकीय साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्याएका थिए ।

तीव्र गतिका बलर क्रिस सोलको तेस्रो ओभरको पहिलो बलमा कुशल भुर्तेल एज लागेर विकेटकिपर म्याथ्यु क्रसबाट १६ रनमा क्याच आउट हुन पुगे । कुशल भुर्तेलले ८ बलमा ४ चौका हान्दै आउट भएका थिए ।

चौथो बलमा ज्ञानेन्द्र मल्ल एज लागेर क्रसबाटै ६ रनमा क्याच आउट भए । त्यसअघि इनिङको पहिलो ओभरमै सोलले २३ रन खर्चेका थिए । तेस्रो ओभरमा भने उनले खेल मोडेका थिए । पाँचौं ओभरमा आसिफ शेखलाई उनले ९ रनमा क्याच आउट गराए ।
कप्तान रोहित पौडेल ६ रनमा क्याच आउट भए । स्पिनर मार्क वाटको बलमा कट खेल्नेक्रममा रोहित प्वाइन्टमा ज्याक जार्विसबाट क्याच आउट हुन पुगेका थिए ।
सन्दीप जोरा ५ रनमा मार्क वाटको बलमा एलबीडब्लू आउट हुँदा नेपाल १०.५ ओभरमा ७७–५ को अवस्थामा पुगेको थियो । सातौं विकेटका लागि गुलशन झा र दीपेन्द्रले ४३ रनको साझेदारी गरेका थिए । माइकल लिस्कको बलमा गुलशन १६ रनमा कट एण्ड बोल्ड आउट भए ।

स्कटल्यान्डका स्पिनर मार्क वाटले १० ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । क्रिस सोलले १० ओभरमा ७२ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७४ रन बनाएको थियो । स्कटल्यान्डका सातौं नम्बरका ब्याटर माइकल लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १ सय ७ रनको सानदार अविजित शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् ।
उनको यो करिअरको कुनैपनि संरचनाको पहिलो शतक थियो । एक समय २४।२ ओभरमा १११–६ को दयनीय अवस्थामा पुगेको स्कटल्यान्डलाई माइकल लिस्कले अविश्वसनीय पूनरागमन गराउनेक्रममा उत्कृष्ट शतक प्रहार गरेका थिए ।
स्कटल्यान्डलाई माइकल लिस्क र ज्याक जार्विसले सातौं विकेटका लागि ८१ रनको साझेदारी गरेपछि खेलमा उत्कृष्ट पूनरागमन थियो । ४० औं ओभरको तेस्रो बलमा स्पिनर दीपेन्द्रसिंह ऐरीले डेब्यू खेल ज्याक जार्विसलाई २६ रनमा बोल्ड गर्दै साझेदारी तोडेका थिए ।
उनले ३८ बलमा १ चौका र १ छक्का हानेका थिए । आठौं विकेटका लागि मार्क वाटसँग माइकल लिस्कसले ७६ रनको साझेदारी गरेका थिए । मार्क वाट ३१ बलमा २० रनमा रन आउट भए ।
टियु एण्डबाट आएका स्पिनर कुशल मल्लले आठौं ओभरको चौथो बलमा कप्तान रिची बेरिंग्टनलाई १९ रनमा कट एण्ड बोल्ड आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । बेरिंग्टनले २५ बलमा २ चौका प्रहार गरे । कुशलले नै म्याकबड्रीलाई २२ रनमा आसिफ शेखबाट क्याच आउट भए । उनले २९ बलमा ३ चौका प्रहार गरे । त्यसपछि सन्दीप लामिछानेले दुई विकेट लिँदै धरासयी बनाएका थिए ।

सन्दीपले प्रमुख ब्याटर म्याथ्यु क्रसलाई दुई रनमा एलबीडब्लू आउट गरे । टम म्याककिन्टसलाई सन्दीपले १९ रनमा एलबीडब्लू आउट गरे । डेब्यू खेल खेलेका उनले २८ बलमा २ चौका प्रहार गरे । कुशल भुर्तेलले २४ औं ओभरको दोस्रो बलमा क्रिस ग्रेभ्सलाई १६ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच आउट गराएका थिए । पाँचौं विकेटका लागि क्रिस ग्रेभ्स र ब्रेन्डन म्याकमुलेनले ४६ रनको साझेदारी गरेका थिए ।
लगत्तै अर्को ओभरमा सन्दीपले म्याकमुलेनलाई कुशल मल्लबाट क्याच आउट गराएपछि २४.२ ओभरमा स्कटल्यान्ड १११–६ को अवस्थामा पुगेको थियो । तर त्यो अवस्थाबाट भने नाटकीय रुपमा पूनरागमन गरेको थियो।
नेपालका सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । कुशल मल्लले ९ ओभरमा १ मेडनसहित ४९ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ९ ओभरमा १ मेडनसहित ५२ रन खर्चेर १ विकेट लिए । कुशल भुर्तेलले ६ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ५ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । नेपालले शनिबार नामिबिया र मंगलबार स्कटल्यान्डसँग खेल्नेछ ।

स्कटल्यान्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ ।

पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । शीर्ष तीन टोली सोझै ग्लोबल छनोट खेल्नेछन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?