© २०२३
हरप्रहर गाउँ र नगर टोलटोलमा प्रहरी अभियान अन्तर्गत नेपाल प्रहरीको पहलमा एक समाजसेवी द्वारा रूपन्देहीमा अशक्त मुश्लिम महिलालाई स्कूटी प्रदान गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक चिन्तामणि न्यौपानेको पहलमा अष्ट्रेलियामा बस्दै आएका प्यूठान जिल्ला निवासी लक्ष्मण शर्माद्वारा लुम्बिनी साँस्कृतिक नगरपालिका–४ सानो महुवारी अशक्त मुश्लिम महिला २१ बर्षीया हसीना खातुनलाई एक थान स्कूटी मोटरसाईकल प्रदान गरिएको हो । केही महिना अगाडी आफू प्रहरी चौकी कालीदहमा छँदा अशक्त मुश्लिम महिला खातुनको हिँडडुल गर्ने समस्या देखेर काठमाडांै सरुवा पश्चात दाता शर्मा दशैंतिहार मनाउन नेपाल आएको बेलामा आफूले उनलाई भेटेर चार पाँग्रे स्कूटी उपलब्ध गराएको सई न्यौपानेले जानकारी गराए ।
यस्तै थप शारीरिक अशक्त, अतिगरीब तथा सामाजिक बहिष्कृत ब्यक्तिहरूलाई मूलधारमा ल्याउन प्रहरीको अभियान गाउँटोलमा संचालन गरि पीडितलाई खोजेर सहयोग गर्न लगाउने ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक शंकर पोखरेलले बताए ।
सो अवसरमा वडा अध्यक्ष बिनोद श्रीवास्तव, समाजसेवी जुबेरअहमदखान लगायतले दाता शर्मालाई बधाई तथा धन्यबाद ज्ञापन गरेका थिए ।
à