ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते
प्रतापपुरमा ३२ किलोमिटर चक्रपथः

कागजमा बन्न सुरु, जमिनमा कहिले ?

४ फाल्गुन २०७९, बिहीबार
४ फाल्गुन २०७९, बिहीबार

नवलपरासी फागुन –जिल्लाको प्रतापपुर गाउपालिकाले गाउपालिकाको सबै वार्ड जोड्ने गरि चक्रपथ(रिगँरोड)को विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाउने कार्य शुरु गरेको छ ।
यत्रतत्र झरिएर रहेका गाउपालिकाका सबै वार्डमा सहज र सुलभ तरिकाले पुग्न सक्ने र सजिलो गरि यातायात र सञ्चारको पहुँच पुर्याउने उदेश्यले चक्रपथको निर्माण कार्यलाई निरन्तरता दिनका लागि गाउपालिकाले सो चक्रपथको डिपिआर बनाउन लागेको हो ।

राज्यको पुर्नसंरचना अनुसार मुलुक संघिय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्थामा जाने क्रममा साविक प्रतापपुर,गुठीसुर्यपुरा,गुठिप्रसौनी,बैदौली,सोमनी,जमुनिया र ठूलो खैरेटवा गाविसलाई मिलाएर ९ वटा वार्ड कार्यगरि प्रतापपुर गाउपालिका बनेको छ । साविक ७ वटा गाविसका कार्यालयहरु वार्ड कार्यालय रहेको र थप दुई वटा वार्ड केही थपिएका छन् । ति सबै वार्डमा सहज ढंगले पुग्नका लागि चक्रपथको आवश्यकता महशुस गर्दै चक्रपथ निर्माण कार्य अगाडी बढाइएको गाउपालिकाका अध्यक्ष उमेश चन्द यादवले बताए । सबै वार्डमा सडक र बाटोले नजोडिएको भन्ने होईन,उनले भने,तर सम्बन्धित सबै वार्डमा सहज ढंगले यात्रा गर्न मिलोस भनि यस्तो चक्रपथ बनाउने अवधारणा ल्याएको छ । जुन चक्रपथको मापदण्डमा एकरुपता कायम रहोस । चक्रपथ वरिपरि आर्थिक,समाजिक,साँस्कृतिक गतिविधिहरु जोडिन सकियोस । बाहिरबाट आउने यात्रु हुन वा आन्तरिक सबैलाई सहज ढंगले यात्रा गर्न सकुन भन्ने लक्ष्य अनुसार नै यो चक्रपथ निर्माण हुन्छ । ३२ किलोमिटर भन्दा लामो सो चक्रपथले गाउपालिकाको सबै वार्ड र अधिकाँश गाउटोललाई पनि जोड्ने छ ।

चक्रपथ बनाउदा केही पुरानै सडकसँग जोडिने छन् । केही नयाँ सडकहरु थपिने छन् । केही समान्य बाटोलाई पनि स्तरोन्तती गरि सडकमा एकरुपता कायम हुन्छ । एकै बर्षमा सम्भव नभए पनि चक्रपथको डिपिआर निर्माण भए पछि क्रमशः ति चक्रपथमा बजेट थप्दै बनाउने जाने कार्य हुन्छ । केही गाउपालिकाको बजेट विनियोजन गर्दै संघ सरकार र प्रदेश सरकारसँग पनि लागत सहभागितामा साझेदारीमा पनि काम गर्न सकिन्छ । यसले यो ग्रामिण क्षेत्रको अर्थतन्त्रसँग जोडिन्छ । अधिकाँस भाग ग्रामिण बस्तीसँग जोडिएको हुदा ति ग्रामिण बस्तीका कृषि उपजलाई सहज ढंगले उत्पादन बजारसम्म पुग्छ । गाँउलाई आवश्यकता हुने समाग्रिको पनि सहज ढंगले पुर्याईन्छ । प्रशासनियक रुपमा पनि एक वार्ड आर्को वार्डसँग यो चक्रपथले जोड्ने गरि काम भई रहेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी घिमिरेले बताए ।गाउसभाले निर्णय गरि अवधारणा पास गरे पछि अहिले चक्रपथ निर्माणका लागि डिपिआर बनाउने कार्य भईरहेको जनाउदै प्राविधिक रुपमा सर्वेक्षण गर्ने कार्य भई रहेको छ । सर्वेक्षणबाट आएका सुझावलाई आधार मानी थप परिमार्जन सहित डिपिआर गाउकार्यपालिकाले स्वीकृति प्रदान गरे पछि अन्तिम रुप पाउने छ । तत पश्चात ति चक्रपथको वरिपरि विद्यालय,खानेपानी,स्वास्थ्य सस्था,बजार,उत्पादन क्षेत्रको निर्धाण हुन्छ । चक्रपथकै सेरोफेरोमा विद्युतीकरण कार्य पनि हुन्छ । चक्रपथमा सम्भाब्यताको आधार सिचाई क्षेत्रलाई पनि जोडेर लैजान सकिन्छ,प्रमुख प्रशासकिय अधिकृत घिमिरेले भने,यो गाउपालिका अध्यक्ष यादवले आफ्नो कार्यकालमा गरिने प्रमुख पाँच काम मध्येको दोश्रो प्राथमिकतामा परेको पालिका गौरवको आयोजना हुनेछ ।

पहिलो काममा गाउपालिकाको ११ करोड लागतको प्रशासनिक भवन रहेको छ,उनले भने,सो भवन निर्माण प्रकृया अगाडी बढाई सकिएको छ । भवन निर्माणका लागि टेण्डर समेत भई सकेको हुदा भवन बन्ने स्थानमा केही पुराना स्वास्थ्यचौकीको जिर्ण भवन थियो । ति भवन भत्काउने र सफा गर्ने कार्य भई रहेको छ । त्यो सफाई हुने वित्तिकै भवनको शिलान्यास हुनेको भनाई थियो । त्यसै गरि चक्रपथको काम पनि डिपिआर पछि त्यसको शुभारम्भ गर्ने कार्य हुन्छ, उनले थपे,हालसम्म चक्रपथको अनुमानित लागत ३१ करोड हुन सक्छ । तर त्यो नै अन्तिम होईन् । कार्यपालिकामा प्रस्तुत गरिए पछि आएको सुझावको आधारमा रकम थपघट पनि हुन सक्छ । चक्रपथ निर्माणमा संघिय साँसद विनोद चौधरी र प्रदेश साँसद देवकरण जैसवाल समेतले चाँसो लिइने गरेका छन् । सडकमा आवश्यक बजेटका लागि संघ सरकार र लुम्बिनी प्रदेश सरकारबाट पनि लगानी ल्याउन सकिने आशमा गाउपालिकाले यो कदम चालेको प्रमुख प्रशासकिय अधिकृत घिमिरेले जानकारी गराए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission