ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
बुटवलले मनायो ६४औं स्थापना दिवस

भष्ट्राचार गर्ने नेतालाई जनताले कारवाही गर्छनः गुरुङ्ग

३ फाल्गुन २०७९, बुधबार
३ फाल्गुन २०७९, बुधबार

बुटवल, फागुन –  बुटवल उपमहानगरपालिकाले ६४औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर उपमहानगरपालिकाले विभिन्न क्षेत्रका व्यक्ति र उत्कृष्ट कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

बुधबार आयोजित स्थापना दिवस कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भष्ट्राचार गर्ने  नेता लाई जनताले कारवाही गर्ने बताएका छन् ।उनले पछिल्लो समयमा   मुलुकको अर्थतन्त्र कमजोर हुँदै गएकाले जनता सचेतना बढ्दै जाँदा  नेता सच्चीनुको विकल्प नभएको बताए ।

उनले  जनप्रतिनिधिहरु सुविधाभोगी हुन नहुने भन्दै मुलुक र जनताको सेवामा प्रतिबद्ध रही भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्ने बताए । संघ, प्रदेश र स्थानीय सरकारबीचमा सहकार्य गरी अर्थतन्त्रलाई उकास्न प्रयत्न गर्नुपर्ने बताए ।  ‘मुलुक श्रीलंकाको बाटोमा जाने त हैन भन्ने आमचासो र चिन्ता देखिन्छ, उनले भने  भन्नुभयो–यस्तो अवस्था मुलुकमा आउन नदिन हामी सबै राजनीतिक दलहरु, जनप्रतिनिधि र उद्योगी व्यवसायीहरुले समेत सामुहिक प्रयास गर्नुपर्ने देखिन्छ ।’

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइँले स्थानीय सरकारलाई बलियो बनाएमा मात्रै मुलुक समृद्ध बन्ने बताए । उनले  संघीयता सफल पार्न स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई मुलुककै अगुवा शहर बनाउने योजनाका साथ अगाडि बढेको बताए । उनले ऐतिहासिक, औद्योगिक र पर्यटकीय नगर बुटवललाई समृद्ध बनाउनका लागि सबैको साथ, सहयोग जरुरी रहेको बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बुटवलले देशमै अगुवाई गरिरहेको बताउँदै अझै अग्रणी शहरका रुपमा स्थापित हुनेतर्फ अग्रसर रहेको बताए । बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई साझा सहरका रुपमा स्थापित गर्ने गरी योजना अगाडि सारेको र सबैको साथ जरुरी रहेको बताईन ।

कार्यक्रममा निवर्तमान नगर प्रमुख शिवराज सुवेदी, निवर्तमान उपप्रमुख गुमादेवी आचार्य, नेकपा एमाले बुटवल नगर अध्यक्ष किसन ज्ञवाली, माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भुसाल, नेपाली कांग्रेस बुटवल नगर उपसभापति ज्योति भण्डारी, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष चिनबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजुलगायतले बोल्दै बुटवललाई समृद्ध बनाउने सपना पूरा गर्ने गरी जनप्रतिनिधिले भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।

स्थापना दिवसको अवसरमा पर्यटन प्रवद्र्धन पुरस्कार, विपद सचेतना पुरस्कार, उत्कृष्ट टोल विकास संस्था र उपभोक्ता समितिलगायतलाई पुरस्कृत गरिएको थियो । यस्तै उत्कृष्ट कर्मचारीहरु महाशाखा प्रमुख मित्रमणि खनाल, तुलसा अर्याल, कर्मचारीहरु रामप्रसाद अर्याल,  संगीता अर्याल, गुनाकर खनाल, रुक्मागत बस्याल, गंगाधर सापकोटा, कमला भुसाल, गोविन्द पंगेनी, प्रसान्त भट्टराई, टंक आचार्य, सुजाता पन्थी, मीन खनाल, मनिसा रोकाया, हरिकला बेल्बासे, कमल पुरी, विरबहादुर थापालगायत २५ जनालाई सम्मान गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।

बटौली बजारलाई २०१६ साल फागुन ३ गते बुटवल–खस्यौली नगरपालिका नाम राखिएपछि हरेक वर्ष फागुन ३ गते बुटवलले स्थापना दिवस मनाउँदै आएको छ । उपमहानगरपालिकाले सप्ताहव्यापी कार्यक्रमअन्तरगत अन्तरपालिका जनप्रतिनिधि मैत्रीपूर्ण फुटबल, पत्रकार र राजनीतिक दलबीच भलिबल, कर्मचारीहरुका बीचमा भलिबल, टेबुलटेनिस, घैटोफोरलगायतका कार्यक्रम गरेको थियो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?