© २०२३
बुटवल, ३ फागुन । दाङको राप्ती गाउंपालिका–३ लालमटियामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सहित ९ वटा मन्त्रालय भवन शिलान्याश गरिएको छ ।
प्रदेश सरकार स्थापनाको छैठौं वर्ष प्रवेशको अवसर पारेर भवनहरु शिलान्याश गरिएको हो । २०७४ फागुन ३ गते प्रदेश सरकार स्थापना भएको थियो । बुटवलबाट स्थायी राजधानी दाङ पु¥याएपछि लुम्बिनी प्रदेश सरकारले ३ अर्ब बढी लागतमा १० वटा मन्त्रालय भवन बनाउन लागेको हो । भवनहरुको बुधबार मुख्यमन्त्री लिला गिरीले शिलान्याश गरेका छन् ।
प्रदेश सरकारको खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालय अन्तर्गत प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाईले निर्माण कार्य कार्यान्वयन गर्नेछ । भवनहरु बनाउन शर्मा ÷सगुन जेभी काठमाडौंले ठेक्का पाएको छ । भ्याट वाहेक ३ अर्ब ९ करोड एक लाख २९ हजार रुपैयांमा १० वटा भवनहरु बनाउने गरी गत मंसिर २८ गते ठेक्का सम्झौता भएको हो । २०८२ साल पुस २८ गते अर्थात तीन वर्षमा निर्माण पूरा गर्ने सम्झौतामा उल्लेख छ ।
भवन शिलान्याश गर्दै मुख्यमन्त्री गिरीले निर्धारित समयमै निर्माण पूरा गर्न निर्माण कम्पनीलाई आग्रह गर्दै यसमा स्थानीयको साथ हुनुपर्ने बताए । प्रदेश सरकारले राजधानीको गुरुयोजना अनुसार मन्त्रालय भवन र अन्य पुर्वाधार बनाउंदै जाने बताए ।